–कुमार रुपाखेती
केही समयअघि मैले हिरो अक्षय खन्ना अभिनित एउटा फिल्म हेरेको थिएँ, जसमा अक्षयको ‘डबल रोल’ थियो । त्यो सिनेमामा अक्षयको छोराले एकैपल्ट एकै अनुहारको दुईवटा अक्षय देख्दा – “मेरे दो–दो बाप, मेरो दो–दो बाप” भन्दै हिरोइन (आमा)लाई सुनाउँदा हिरोइन आमा झन्डै–झन्डै बेहोश भएकी थिइन् । विचरीलाई ‘ओरिजनल बाप’ पत्ता लगाउन हम्मेहम्मे परेछ ।
अहिले नेपालको राजनीति पनि त्यै अक्षयको सिनेमाको ‘मेरे दो–दो बाप’ को अवस्थामा पुगेको छ । राष्ट्रपतिको आह्वान र प्रधानमन्त्रीको प्रतिकारपूर्ण भाषा सुनिहाल्नुभो होला । वर्तमान अवस्थामा बहालवाला बाबुराम आफूलाई विकल्पविहीन प्रधानमन्त्री ठानिरहेका छन् भने राष्ट्रपति रामवरण यादव सहमतिको नाममा अर्कैलाई प्रधानमन्त्री बनाउने हाउगुजी देखाउँदै छन् । तर नेपालको संविधानमा एउटा मात्र प्रधानमन्त्रीको व्यवस्था छ ।
बाबुरामले नछोड्ने र रामवरणले अर्को भित्र्याउने भएपछि मुलुकमा पक्कै दुईवटा प्रधानमन्त्री हुनेछन् । एउटा ब्याइते र अर्को ल्याइते । अनि त अक्षय खन्नाको छोराझैं झस्किदै हामीले पनि ‘मेरे दो–दो प्रधानमन्त्री’ भन्नु परेन त ।
यस्तै अड्डी, जिद्दी र राजनैतिक अदूरदर्शिताले गर्दा कतिपय सरकारी संस्थानहरूले मेरे दो–दो बापझैं दुई–दुईवटा ‘अध्यक्ष’ का दाबेदार खेप्नुपरेकै हो ।
नेपालमा नेताहरूमा ‘माईबाप’ भन्ने भूत सवार छ । यस्तै ‘बुखार’ अहिले प्रधानमन्त्री र राष्ट्रपतिमा देखिएको छ । ‘बाप’ मात्रको भूमिका निर्वाह गर्न असमर्थ भएकाहरूले ‘माइबाप’को दोहोरो भूमिका निर्वाह गर्न सक्छन् भनेर कसैले कल्पना गर्नु वाहियात हो । राष्ट्रपति र प्रधानमन्त्री दुवैको अलग–अलग कार्यक्षेत्र र अलग–अलग अधिकारको संविधानमैं व्याख्या हुँदाहुँदै जानिंदो अथवा नचाहिंदो किसिमले यी दुवै महामहिमहरू एकअर्काको क्षेत्रमा चियाउने र घुसपैठ गर्न थालेका छन् । ‘तूँ डाल–डाल मैं पात–पात’ प्रदर्शन गर्न थालेका छन् ।
राष्ट्रपतिको आह्वानपछि को ठीक को बेठीकको मनस्थितिमा आम जनता पुगेको छ । यसअघि कटुवाल प्रपञ्चमा पनि रामवरण विवादमा आएका थिए र नैतिकताको आधारमा प्रचण्डले प्रधानमन्त्री पदबाट राजीनामा टक्र्याएका थिए । ज्ञानेन्द्रलाई नेता बन्ने र रामवरणलाई राजा बन्ने सनक चढेको चर्चा अहिले मुलुकभर चलेको छ । सहमति भए जुनसुकै त्याग गर्न तयार रहेको भन्ने बाबुरामले, राष्ट्रपतिले जबरजस्ती गलहत्याउन खोजे मुलुक दुर्घटनामा पर्ने र आफू गोली खान तयार तर, अवैधानिक तरिकाले कुर्सी नछोड्ने बताएपछि शीतल निवास र सिंहदरबार आमने–सामने भएका छन् । अहिले मुलुक सरकार पक्ष र राष्ट्रपति पक्षमा विभाजित भएको छ । राष्ट्रपति नटेर्ने प्रधानमन्त्री र प्रधानमन्त्री नटेर्ने राष्ट्रपतिले मुलुकमा ठूलै विपत्ति ल्याउने पक्कापक्की छ । यो सत्य हो, बाबुराम मुलुकको होइन ए. माओवादीको मात्र प्रधानमन्त्री बने र ‘खिसियाइल बिल्ली खम्बा नोचे’ भन्ने रामवरण यादवले राष्ट्रपतिको होइन, काङ्ग्रेसी आचरण देखाए । पतिव्रता नारीको एउटा मात्र लोग्ने भनेझैं गणतन्त्र नेपालमा समेत एउटा मात्र प्रधानमन्त्रीको व्यवस्था छ । त अब इतिहासले कहिल्यै नबिर्सिने गरी ‘मेरे दो–दो बाप’ को अवस्था विकसित हुँदैछ । नारायणहिटी हत्याकाण्डमा दीपेन्द्रको धुकधुकी रहुन्जेल ज्ञानेन्द्रले श्रीपेंच लगाउन नपाएको इतिहास छ । तर भागबन्डाको राजनीतिमा डुबुल्की मार्न पल्केकाहरूलाई लोकलाजको के चिन्ता ? भोलिका दिनमा सिंहदरबारको झ्यालबाट दुईवटा प्रधानमन्त्री चियाउन सक्छन्, चरित्रहीन आइमाईको दुईवटा लोग्नेझैं । ‘अजब नेपाल गजब काशी’ भन्ने उखान नै छ । केही परजीवी नेता र दलहरू त भारतको पनि नारी छाम्न थालेका छन् । सङ्क्षेपमा भन्ने हो भने भारतको मुख ताक्न थालेका छन् ।
सिनेमा त एक छिनको मनोरञ्जन मात्र हो । मनोरञ्जन र वास्तविकतामा आकाश–पातालको फरक हुन्छ तर मनोरञ्जनका पात्र बन्न रुचाउने हाम्रा राजनेताहरूलाई आफ्नो कट्टु खुस्केको पत्तै हुँदैन । अब प्रधानमन्त्री र राष्ट्रपतिलाई सहमतिमा ल्याउन जरुरी छ । तर झर्ला र खाउँला भन्नेहरू ‘ताक परे तिवारी नत्र गोतामे’ बन्न सक्रिय भइसके । त्यसैले प्रधानमन्त्री र राष्ट्रपतिबीच पनि असहमति बढ्ने निश्चित छ । मेरे दो–दो बाप, पक्कापक्की छ । अस्तु १