- सञ्जय साह ‘मित्र’
हाम्रो समाजमा पलायनको महामारीले छोएको छ । यो पलायन एक किसिमले ठीक पनि होला । हाम्रो समाजले स्वतन्त्रताको स्वाद चाख्न थालेको धेरै भएको छैन । उसो त नेपाल अनादिकालदेखि स्वतन्त्र मुलुकको रूपमा सामान्य ज्ञानमा गर्वपूर्वक अध्ययन गराइन्छ । यसको वास्तविकता ऐतिहासिक हो नै । तर राजा–रजौटाको युगपछि जुन साम्राज्यवादी, विस्तारवादी युगको जगजगी थियो, अर्थात् औद्योगिक क्रान्तिपछिको समयमा औद्योगिक उत्पादनले बजार पाउन विश्वमा जुन होड चलेको थियो, त्यो समयदेखि कसैको आँखामा ठूलो बजार नभएर हो वा यहाँको वीरतालाई उछिन्ने साहस नभएर हो, यसले एउटा स्वतन्त्र देशको रूपमा परिचय बनाइरहयो, बचाइरहयो । यद्यपि राणा शासनकालमा, कुनै पनि नागरिकको दृष्टिमा स्वतन्त्र देश थिएन नेपाल, राणाहरू मात्र स्वतन्त्र थिए । झन् मधेसीहरूको लागि त काठमाडौं उपत्यका प्रवेशमा पनि प्रवेशाज्ञा चाहिन्थ्यो । पञ्चायतकालमा पनि नेपाली नागरिकमाथि अनेक किसिमका बन्देजहरू थिए, नागरिक प्रजा थिए जनता थिएनन् । नेपालमा गणतन्त्र आएपछिमात्र यहाँका बासिन्दा नागरिक हुन पाएका हुन् । यसले भूगोलको रूपमा नेपाल अनादिकालदेखि स्वतन्त्र रहेको प्रमाणित भए पनि यहाँका नागरिकले भने स्वतन्त्रताको स्वाद पञ्चायती व्यवस्थाको अन्त्यपछि मात्र उपभोग गर्न पाएका हुन् भन्दा अत्युक्ति नहोला ।
नेपालमा प्रजातन्त्रको पुनरोदय पश्चात्का दिनहरूमा नेपालीहरूले केही खुलापनको अनुभव र अनुभूति प्राप्त गरेका हुन् । देशमा प्रजातन्त्र आएपछिका प्रजातान्त्रिक सरकारहरूले विभिन्न देशहरूसित अनेक किसिमका सम्झौताहरू गरेर सर्वसाधारणलाई विभिन्न देशमा पठाउने काम गर्न थालेका हुन् । नेपाली श्रमिकको माग विदेशमा बढ्न थालेको र नेपाली श्रमिकको पनि विदेशमा रोजगारीको अवसरप्रति विश्वास हुन थालेको पनि यही अवधिमा नै हो । पहिले महिनामा हजार दुई हजारमा विदेश जान सीमित हुने नेपाली अब एक दिनमैं यतिको सङ्ख्यामा जान थालेका हुन् । यसले नेपाली नागरिक, जो आफ्नो आयले आफ्नो गाउँभन्दा बाहिर जाने सपना देख्ने सामथ्र्य राख्दैनथे, आज विभिन्न देशमा रोजगारीको अवसरको खोजीमा गइरहेका छन् । गाउँमा आकाशमा हवाइजहाजलाई देख्दा टाउको लुकाउनेहरू आज घण्टौं आकाशमार्गमा तिनै विमानमा विराजमान भई पराइ देशमा कामको खोजीमा जान थालेका छन् । धेरै त भएको छैन, तर गाउँमा अब विदेश जानेमा दोस्रो पुस्ता देखिन थालिएको छ । विस्तारै विदेश जाने प्रवृत्तिले संस्कृतिको रूप लिन थालेको छ । अहिले हरेक गाउँमा मध्यम तथा निम्नवर्गीय दर्जनौं युवा विदेशमा कामको खोजीमा गएका छन् । एक किसिमले गाउँ भनेको विदेशको लागि श्रमिक तयार गर्ने थलो बनेको छ र युवाहरू केवल श्रमिक बनेर उड्ने तयारीमा लागेका जस्ता देखिन्छन् ।
दृश्य एक– अहिले छठ सकिएपछिको कुरा हो, एकजना ठूला मान्छेले आफ्नो एउटा छोरोलाई अमेरिका उडाएका छन् । उड्ने छोरोको भाइ अमेरिकामा छन् र त्यहींका स्थायी नागरिक भइसकेका छन् । दुई वर्षअघि यही दाइको विवाहमा भाइ अमेरिकाबाट आउँदा भिसा लिएर आफ्नो घर आएका थिए । कान्छो उहींको स्थायी वासी भइसकेपछि दाजुलाई पनि तान्ने विचार गरेछन् र छठपछि तानेछन् । घरमा बुबाको सरकारी नोकरी अधिकृतस्तरको । खेत र घडेरी पनि पर्याप्त छ ।
अर्को दृश्य– छठपछिकै कुरो हो, बसहरूमा मान्छे ठेलमठेल छन् । कामको खोजीमा दिनहुँ हजारौं मानिस बाहिर गइरहेका छन् । बाहिर जानेमा देशभित्र तथा भारत दुवैथरि छन् । देशभित्रका विभिन्न शहरहरूमा सानोतिनो काम गरेर आजीविका चलाउनेहरूको सङ्ख्या गनेर साध्य छैन । अत्यन्त निम्नस्तरका कामहरू गरेर घरपरिवारलाई पाल्नेहरूको व्यथा शहरले राम्ररी देखेको छ । यसैगरी ग्रामीण क्षेत्रमा पनि कृषि मजदुरको रूपमा काम गरेर आजीविकालाई सरल तुल्याउनेहरूको सङ्ख्या पनि ठूलै छ । यतिमात्र होइन, भारतमा पनि कामको खोजीमा जानेहरू धेरै छन् । भारतको पञ्जाब, उडिसाका ग्रामीण क्षेत्रमा कृषि मजदुरी गर्नेहरूदेखि लिएर महानगरहरू, नगरहरू तथा साना शहरहरूमा समेत नेपाली ग्रामीणहरू मौसमी कामको खोजीमा निस्कने मौसम अहिले नै हो । अहिले आफ्नो खेतमा उब्जेको धार्न भित्र्याउन महिलाको जिम्मा छोडेर साधारण कृषि मजदुरहरू यसरी पलायन भइरहेका छन्, मानौं यस्ता मजदुरहरूले पनि काम गर्ने थलो अब गाउँ रहेन । यो ठाउँ अब बाँच्नलाई साँघुरो भइसक्यो ।
मलेसिया र कतार त अब पानी–पधेंरोजस्तै भइसक्यो । पहिले घर छोडेर पहाडमा सरकारी नोकरी गर्न नरुचाउने समाज अब संसारको कुनै पनि कुनामा जान तयार छ, गइ पनि रहेको छ । यसले नेपालमा नेपालीले गर्ने कामप्रति विश्वास घटेको देखाएको छ । नेपालीको नेपालप्रतिको विश्वास घटेको छ । आज जो पनि विदेश जान उद्यत छ । यसले नेपालको भावी सन्तानलाई के प्रभाव पार्छ वा नेपालको भावी अर्थतन्त्र तथा समाजलाई कस्तो किसिमले प्रभावित पार्छ भन्ने कुरालाई राज्यले वास्ता गरेको देखिंदैन । राज्य केवल विप्रेषणरूपी ओछ्यानमा बच्चाले पिसाप गरेको तातो अनुभूति गरेजस्तो आम्दानीलाई मानेको देखिएको छ । सबैतिर भ्रष्टाचारको यो शैली मौलाएको छ, जुन विकास जति कागजमा मात्र सीमित भएको छ । विकासले गति लिने भनेको सरकारी टेन्डरमार्फत् मात्र हो । सरकारका अन्य निकायहरू त केवल कार्यकर्ता पाल्ने संयन्त्र भएका छन् कि जस्तो भएको छ । कहाँ, कसरी, कसले कति भ्रष्टाचार गर्ने र अरूले गरेको भ्रष्टाचारलाई पचाउन सहयोग गर्ने भन्ने ध्याउन्नभन्दा अरू बढी स्थानीय तहका राजनीतिक कार्यकर्तालाई हुँदो रहेन छ क्यारे । यसले यस्तो किसिमको युगको निर्माण गरिसक्यो कि कोही समाजमा इमानदार हुन खोज्छ भने उसलाई समाजले बहुलाहा भनिदिंदा सबैले पत्याउने अवस्था बहाल छ ।
हाम्रो समाजका सदस्यहरू आफ्नो गाउँघर छोडेर कामको खोजीमा जानेमात्र होइन, बसाइँ छोडेर पनि जान थालेका छन् । आज ठूला शहरका धेरैजना विदेशमा स्थायी बासिन्दा बनेका छन् । अहिले मानिस गाउँ छोडेर शहर पस्ने प्रवृत्ति जति छ, शायद त्यत्तिकै ठूलो महामारी शहर छोडेर विदेश जाने पनि रहेको छ । यो त बसाइँसराइको सामान्य प्रक्रिया हो भनेर पनि चित्त बुझाउन सकिन्छ, तर हाम्रो समाजबाट हाम्रो समाज नै पलायनको महामारीको शिकार भइरहेको छ । अलिकति गहिरिएर विचार गरौं त, हाम्रो समाजबाट इमानदारी, वफादारी, सामाजिकता, एकजुटता, सौहार्दताजस्ता कुराहरू पनि विस्तारै हटिरहेका छन् भन्ने हामी पाउँछौं । हो जीविका र रोजगारीको लागि मान्छे अर्को ठाउँमा जान्छ । एक ठाउँमा अप्ठ्यारो परेपछि अर्को ठाउँमा जान्छ । एक देशबाट अर्को देशमा जानु पनि त्यति गम्भीर कुरा होइन रे एक छिनको लागि, किनभने मानव समुदायको विकास यात्रामा यस्ता अनेकौं मोडहरू आएका छन्स अनि यी वर्तमान मानिसका बाध्यता पनि हुन् । तर मानवमा हुनुपर्ने मानवताका आधारहरू भत्किनु र मानव समाजका लागि आवश्यक आधारभूत खम्बाहरू दिनानुदिन भत्काउँदै जानु के मानव समाजका लागि बाध्यता नै भएको हो त ? यस्ता बाध्यताले मानिसलाई कहाँ पुर्याउला भन्नेतर्फ हामीले विचार गरेका छौं त ?