Posts

Showing posts from November, 2012

जनताको गुनासो सुन्दै जिल्ला प्रमुख गाउँमा, समस्या समाधान गर्ने प्रतिबद्धता जाहेर

Image
ओमप्रकाश चौधरी/प्रेम लामा, १५ मङ्सिर/     पर्साका प्रमुख जिल्ला अधिकारी कैलाश बजिमयको नेतृत्वमा जिल्लाका उच्च पदाधिकारीहरूले आज ग्रामीण क्षेत्र घुम्दै जनताको गुनसो सुनेका छन् ।     वीरगंज ठोरी अनुगमन निरीक्षक तथा गुनासो सड्ढलनमा निस्केको टोलीले ठोरी, सेढवालगायत स्थानमा अन्तक्र्रिया तथा भेटघाट गर्दै जनगुनासो सड्ढलन गरेका थिए ।     ठोरीमा आयोजित अन्तक्र्रियामा स्थानीय बासिन्दाले हुलाकी सडक निर्माणमा भएको ढिलाइ, निर्मलबस्ती–ठोरी ग्रामीण विद्युतीकरणमा भइरहेको विलम्ब र सीमा विवादका कारण ठोरी खोलामा पुल नबनेकोमा गुनासो गरेका थिए ।     त्यसैगरि गाउँघरमा खुला तास–जुवा खेल्ने, जाँड–रक्सी बिक्री गर्नेहरूलाई कारबाई हुन नसकेको र पछिल्लो समय ठोरी नाका हुँदै चेलीबेटी बेचबिखनको घटना दोहरिएकोमा प्रमुख जिल्ला अधिकारी बजिमय र जिल्ला प्रहरी प्रमुख पीताम्बर अधिकारी समक्ष गुनासो गरेका थिए ।     इलाका प्रहरी कार्यालय ठोरीको संयोजकत्वमा सम्पन्न कार्यक्रममा स्थानीय बासिन्दाको तर्फबाट निवर्तमान गाविस अध्यक्ष उद्धव सापकोटा, पारालिगल कमिटि ठोरीका अध्यक्ष मीना गिरीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

गौर नगरपालिकामा छाडा कुकुरको बिगबिगी

Image
प्रस, रौतहट, १५ मङ्सिर/     रौतहट जिल्लाको गौर नगरपालिकाका विभिन्न एरियामा छाडा कुकुरको बिगबिगी बढेपछि स्थानीय विद्यालयमा पढ्न जाने बालबालिका त्रसित बनेका छन् ।     स्थानीय बासिन्दाले पाल्दै आएका कुकुरहरू खुला छाड्ने गर्दा दर्जनौं कुकुरहरू भेला भएर बाटो हिंड्नेलाई आक्रमण गर्ने, झम्टने र टोक्नेसमेत गरेको लोरेटो बोर्डिङका बालबालिकाले बताएका छन् ।     अदालत रोड, नगरपालिका कार्यालय, तैयब नर्सिङ होमलगायत कैयौं ठाउँमा कुकुरहरू ठूलो सङ्ख्यामा भेला हुने गरेका छन् ।     कैयौं वर्षदेखि नगरपालिकामा भुस्याहा कुकुर मार्ने कार्य बन्द भएकोले कुकुरको बिगबिगी बढेको जिल्ला पशु सेवा कार्यालय, गौरले जनाएको छ । कुकुर मार्ने व्यक्तिमाथि कार्यवाही हुने भएकोले भुस्याहा कुकुरले संरक्षण पाएका छन् । केही दिन यतादेखि कुकुरको टोकाइ बढेकोले जिल्ला अस्पतालमा एन्टीभाइरस खोपको कमी महसुस गरी निश्शुल्क दिने खोपमा शुल्क लिने प्रावधान गरिएको छ ।

एन प्याब्सनको आयोजनामा क्रिकेट प्रतियोगिता

प्रस, वीरगंज, १५ मङ्सिर/     एन प्याब्सनको आयोजनामा विद्यालयस्तरीय लिग क्रिकेट टुर्नामेन्ट प्रतियोगिता आजदेखि आदर्शनगर खेल मैदानमा शुरु भएको छ ।     जिल्ला शिक्षा अधिकारी प्रमोदकुमार साह तथा प्रहरी नायब उपरीक्षक राजेन्द्र विष्टले संयुक्तरूपमा प्रतियोगिताको उद्घाटन गरेका थिए ।     एन प्याब्सनका जिल्ला अध्यक्ष नन्दन यादवको सभापतित्वमा शुरु भएको समारोहमा नेपाल पत्रकार महासङ्घका मध्यमाञ्चल संयोजक तथा केन्द्रीय सदस्य महेश दास, रिपोर्टर्स क्लब पर्साका कन्हैया गुप्ता, त्रिभुवन हनुमान माविका प्रधानाध्यापक शत्रुघ्न गिरी, राजेशकुमार लिम्बू, रामविनय चौरसिया, इन्द्रदेव साह, रामसुन्दर चौधरीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।     ४ दिनसम्म चल्ने खेलमा १३ वटा विद्यालयले भाग लिएका छन् ।

प्रश्न शकहरूको कुरा नेपाली संस्कृतिको

गतअङ्कको बाँकी - शीतल गिरी    कनिष्कले चीनलाई हराएर चिनियाँ राजकुमारहरूलाई ल्यायो र उनीहरूलाई बस्नको लागि कपिशा (कोहदामन) उपत्यकामा डाँउ बनायो, जसलाई शे–लो–क–विहार भन्दछौं । स्वेन–चाङले आफ्नो यात्रामा सातौं शताब्दीको पूर्वार्धमा यो देखेका थिए । गन्धारको प्राचीन देश (पख्तुनिस्तान) पाकिस्तान र स्वतन्त्र कबिलाहरूमा बाँडिएको थियो । फर्गानको उर्वर र समृद्ध उपत्यका मात्र कनिष्कको मातहत नभएर, सिङ क्यानको पूर्वी सीमादेखि पार्थिव (इरानी) सीमासम्मको रेशम मार्ग कनिष्कको हातमा थियो । फर्गान तथा सोग्दको समरकन्द आदि व्यापारिक नगर उसको हातमा थियो । ठूला नदी मात्र हैन, यस्ता नदीहरू पनि उसले प्रयोगमा ल्याएको थियो जसमा वर्षाको दुई तिन महिनामात्र डु·ा चल्न सक्दथ्यो ।     शकहरूलाई पराजित गरेर कनिष्कले शासन गर्न थालेपछि शुरु भएको संवत् नै शक संवत् हो । कनिष्कको सिक्काको अग्रभागमा लामो लवेदा, चुच्चो टोपी, घुँडासम्मको शकीय जुत्ता लगाएको भाला, अंकुश लिएको कनिष्कको मूर्ति अड्ढित छ, जसमा ग्रीक लिपि र भाषामा वेसीलियोस् वेसीलियोन शाओ कनिष्को कुषाणे लेखिएको छ । बिभाषाहरूलाई ताम्रपत्रमा लेखाएर कश्मीरको कुण्डलवनक

प्रतीक: प्रतिष्ठापूर्ण पचीस वर्षमा

– लेखनाथ भण्डारी  मृत भस्म नबन्दैमा झिल्को भैकन बल्नुछ ।     नेपाली पत्रकारितामा प्रतीक दैनिक एउटा उदाहरण हो– सफलताको । निर्वाध र प्रतिष्ठापूर्ण  पच्चीस वर्षको यात्रा तय गर्न सफल मोफसल अर्थात् राजधानी बाहिरको अखबार प्रतीकले उद्घोष गरेको नारा हो– मृत भस्म नबन्दैमा झिल्को भैकन बल्नुछ ।     नेपाली साहित्यका अग्रज व्यक्तित्व बालकृष्ण समको यो उद्धरणको पर्याय हो– प्रतीक ।     नेपाली पत्रकारिताको इतिहासको चर्चा गर्दा शताब्दीऔं अर्थात् स्वर्ण महोत्सव मनाउने अवसर प्राप्त भएको भए पनि राजधानी बाहिर पच्चीस  वर्ष निर्वाध, नियमित तथा मौलिक पहिचान कायम गर्न सक्नु चानचुने कुरा होइन ।     सब की खबर लें, सब को खबर दें – एउटा हिन्दी अखबारको टाउकोमा टाँसिएको सन्देश हो । अमेरिकी भूमिमा प्रकाशित सो अखबारबारे थप जानकारी अहिले सम्झनामा छैन । सबको खबर लिएर सबलाई खबर दिनु आफैंमा एउटा चुनौती हो । निडरताका साथ निष्पक्ष यो जिम्मेवारी पूरा गर्ने सतत प्रयासमा प्रतीकको पचीस वर्ष सफल र उदाहरणीय मान्नुपर्छ ।     प्रतीक निर्वाध सफलताको उदाहरण हो भन्दा अरू धेरै पनि हाँस्नु होला, तर सबैभन्दा बढी त जगदीश दाइ अर्थात् प्रती

अनौठो सजाय

विश्वराज अधिकारी अड्ढितले भने–“मैडम, म एक किसिमले पागलजस्तो भएको छु, न ठीकसँग बाँच्न सकिरहेको छु, न मर्न सकेको छु, आत्महत्या गरेर । तपाईंले मलाई केही पनि नगरेकोले त झनै विचलित तुल्याएको छ मलाई । मैले त विचार गरेको थिएँ, तपाईंले अवश्य पनि प्रहरीलाई खबर गर्नुहुनेछ । अनि मैले जेलमैं बसेर भए पनि आफ्नो पापको प्रायश्चित्त गर्न पाउँछु, तर तपाईंले त्यस्तो केही पनि गर्नु भएन । मप्रति अति नै असाधारण गाँधीवादी दृष्टिकोण राख्नुभयो ।     दिलाशा मैडमले अड्ढित कुरा सुन्नुभयो तर उसलाई केही पनि भन्नुभएन ।     अड्ढितले भने – साथीहरूको लहैलहैमा लागेर तपाईं आमाजस्ती मान्छेलाई मैले त्यस्तो गरें । नर्कमा पनि ठाउँ नहुने किसिमको महापराध, अति नै घृणित कार्य भयो मबाट । त्यसैले मेरो त्यो अपराधको लागि मलाई अवश्य पनि सजाय दिनुस्, दिलाशा मैडम । अहिले नै प्रहरीलाई बोलाएर मलाई गिरफ्तार गर्न लगाउनुस् । प्रहरीलाई सबै कुरा भन्नुस्, हामीले एक महिना पहिले, शनिवारको रात तपाँईसँग कस्तो व्यवहार गरेका थियौं । आफ्नो कलेजको शिक्षकसँग पनि कसैले त्यस्तो व्यवहार गर्छ ? तर हामीले त्यस्तो घृणित कार्य गर्‍यौं । कालो इतिहास बनायौं ।

साहित्योत्थानमा गोष्ठीहरूको भूमिका

Image
- सञ्जय साह ‘मित्र’ सहितस्य भाव: साहित्यम्     संस्कृतमा साहित्यलाई सहितको भाव भनी अथ्र्याएको कुरालाई पूर्वीय संस्कृति विचरणस्थलका बौद्धिक व्यक्तित्वहरूले सम्झिरहनुपर्ने हुन्छ । धेरै विद्वान्हरूले यसलाई अहिलेसम्म उत्तम तर्क नै मानिरहेका छन् । कतिपय प्रगतिशीलहरूको दृष्टिले यसमा आफ्ना हितसमेत समेटिएकोले प्रगतिशील मानेका छन् भने कतिपय कलावादीले यसलाई बिलकुलै कलावादी परिभाषा मानेका छन् । यी दुवै अर्थमा यो परिभाषालाई कालजयी मान्न सकिन्छ । सफल परिभाषा भन्न सकिन्छ ।     साहित्य र कलाको जीवनमा अत्यन्तै ठूलो भूमिका र स्थान हुने कुरालाई छर्लङ्ग्याउादै भर्तृहरिले भनेका छन्–     साहित्य–स·ीत–कला विहीन:     साक्षात् पशु: पुच्छविषाणहीन:     अर्थात् साहित्य, कला र स·ीतले रहित व्यक्ति पुच्छर र सिङबिनाको साँच्चै पशु हो । पूर्वीय साहित्यले त साहित्य र कलालाई निकै महत्त्व दिएको पाइन्छ नै । यसै कारण पूर्वीय साहित्यको रूपमा संस्कृतले त्यत्ति धेरै उन्नति गरेको थियो । साहित्य र कला जीवनको हरेक क्षेत्रमा प्रवेश गरेको थियो । जस्तोसुकै मानिसका लागि साहित्य र कला अनुरागको विषय हुन्थयो । राजादेखि प्रजासम्म सबै

वीरगंजको सवारी, मज्जाको प्यारी

Image
- चन्द्रकिशोर वीरगंज एउटा पुरानो शहर । यहाँको आफ्नै तौरतरिका । आफ्नै तरिकाले इतिहास बन्दै गएको । आज हामी वीरगंजमा सवारी साधनको बदलावको सम्बन्धमा खोजतलास गर्ने प्रयास गर्छौं । यस आलेखको प्रस्तुतिपछि यस बहसलाई अगाडि बढाउन जानकार पक्षबाट सूचनाहरू प्राप्त हुनेछन् भन्ने विश्वास लिइएको छ । यस विषयमा त्यति गहिरिएर त्यति लेखिएको पनि भेटिएन । नेपाली सन्दर्भमा शहरहरूको इतिहास खोतल्ने, सँगाल्ने र सम्प्रेषण गर्ने चलन नै छैन त्यसैले यस्ता विषयमा खोजिएका–लेखिएका सामग्रीहरूको अभाव छ ।     वीरगंजले आफ्नो नाम वीरगंज पाएदेखि नै यो बस्ती गुलजार हुने क्रम बढ्दै गयो । तत्कालीन समयमा यातायातका कस्ता साधनहरू थिए ? आन्तरिक आवागमनका लागि बस्तीमा कस्तो–कस्तो साधन प्रयोग हुन्थ्यो ? तत्कालीन समयमा स्थानीय राणा र शाहहरू के कस्ता वाहन प्रयोग गर्थे ? त्यसको रूप कस्तो थियो ? साहु–महाजनहरू कस्ता साधन प्रयोग गर्थे ? सार्वजनिक यातायातको माध्यम के थियो ? शहरी र गाउँले साधनहरूमा के भिन्नता थियो । गाउँबाट अनाजहरू केमा ढुवानी भएर आउँथ्यो ?     रक्सौलसम्म भारतीय रेलको सम्पर्क भएपछि वीरगंज बाहिरी संसारसँग जोडिन सहज भएको मा

सरकारी निकाय र भष्टाचार

    सरकारी निकायप्रति आम मानिसको धारणा फरक किसिमको रहेको छ । सरकारी निकायमा कुनै पनि काम लिएर जाँदा घूस दिनुपर्ने धारणा आम मानिसको बुझाइमा छ । हुन पनि हो, भ्रष्टाचारीलाई कार्यवाही गर्नुपर्नेमा स्वयं भ्रष्टाचारमा संलग्न भई जेलयात्रामा परेकाहरूको लामो लिस्ट जनतासँग छ । माथिल्लो तहदेखि तल्लो तहसम्म भष्टाचार, कमिशनतन्त्रमा लिप्त छ ।     जुनरूपमा जनताप्रति उत्तरदायित्व वहन गर्नुपर्ने हो त्यो हुन सकिरहेको छेैन । मानिस जब लोभ, लालच, अहड्ढारमा लिप्त हुन्छ, तब उसले भ्रष्टाचार गरी सम्पत्ति आर्जन गर्नेतर्फ ध्यान केन्द्रित गर्छ, कमाएको धनबाट आफ्नो जीविकोपार्जन गर्न सक्दैन तब उसले भ्रष्टाचार अँगाल्छ । समय अनुसार आफूलाई परिर्वतन गर्दा वा जाँड–रक्सीको कुलतमा लाग्दा तब उसले भ्रष्टाचारलाई महत्त्व दिन थाल्छ ।     भ्रष्टाचार यस्तो रोग हो, जसले सदीयौंदेखि हाम्रो देशमा जरा गाडेर सर्वव्यापी ढ·ले फैलिएको छ । यसलाई नियन्त्रण गर्न आम मानिस अग्रसर हुनुपर्छ । जबसम्म हामी स्वयं सचेत हुँदैनौं तबसम्म भ्रष्टाचारजस्तो रोगबाट मुक्त हुन सक्दैनौं । समस्या हामीभित्रै छ, हामीहरूले पनि यस्ता कार्यलाई उत्साहित गर्छौं । कुनै

‘तेल पनि दिनु खुट्टा पनि मल्नु’ को राजनीति कहिलेसम्म ?

Image
- बैद्यनाथ ठाकुर    शान्ति सबैलाई प्यारो हुन्छ । हिंसाको प्राय: सबैले विरोध नै गर्ने गर्छन् तर पनि शान्ति र हिंसाबीच गहिरो सम्बन्ध रहेको सत्यताप्रति जोकोही पनि आँखा चिम्लिन खोज्छ । राणा शासकविरुद्ध होस् वा राजा महेन्द्रविरुद्ध नै किन नहोस् नेपाली काङ्ग्रेसले उठाएको हतियार तथा गरेको सशस्त्र विरोधलाई तत्कालीन समाजले पनि नराम्रै भनेको थियो । गर्दै जाँदा निरङ्कुश पञ्चायती शासनविरुद्ध तत्कालीन नेपाल कम्युनिस्ट पार्टी मालेले चलाएको सशस्त्र सङ्घर्ष (झापा विद्रोह)लाई पनि राम्रो मानिएन । समाजमा एउटा ठूलो तप्का हिंसाको विरोधमैं रहन्छ । पछिल्लो चरणमा दसबर्से जनयुद्धमा झन् १५/१६ हजारको सङ्ख्यामा नेपाली सन्तानले शहादत दिने अवस्था बेहोरेपछि अहिंसावादीहरूलाई ठूलो धक्का लागेको थियो । यसपटक बडो उग्र प्रतिक्रिया पनि देखिएको थियो । विद्रोहीहरूमाथि रेड कर्नर नोटिस जारी हुनु, उनीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियरूपमा आतड्ढवादी घोषणा गरिनु, टाउकोको मूल्य तोक्नुजस्ता कार्यले हिंसाप्रतिको मनोविज्ञानलाई झन् उजागर गर्दछ । यसको मतलब त्यतिबेला राज्यले मचाएको नरसंहार ठीक थियो वा त्यसप्रति जनसमर्थन थियो भन्ने

राष्ट्रको जग नै निर्बल

    कुनै पनि राष्ट्रका लागि सुरक्षा जति आवश्यक छ, त्यतिकै आवश्यक शिक्षा र स्वास्थ्य व्यवस्थापन पनि हो । देशमा सुरक्षा छ, नागरिक शिक्षित र स्वस्थ छन् भने जस्तोसुकै विपन्न र साधनस्रोतहीन राष्ट्रले पनि उन्नति गर्न कसैको मुख ताक्नुपर्दैन । स्वास्थ्य भनेको मानिस ऊर्जावान् हुनु हो, शिक्षाले मानिसलाई आफ्नो, परिवारको तथा राष्ट्रको उन्नतिको लागि सहस्रौ ढोका खोलिदिनु हो । यसरी एउटा शिक्षित मानिस स्वस्थ छ भने उसले जे पनि गर्न सक्छ । यी दुवैमध्ये कुनै एकको अभावमा मानिस पङ्गु बन्न पुग्छ । त्यसैले प्रत्येक सरकारले आफ्नो नागरिकको शिक्षा र स्वास्थ्यमा नाफारहित लगानी गरेको हुन्छ । शिक्षा र स्वास्थ्यमा प्रत्यक्ष लगानी देखिन्छ भने यसबाट हुने परोक्ष लाभको तुलनामा अन्य कुनै उद्योग वा लगानीले त्यति नाफा दिंदैन । सरकारको लाभ भनेको राजस्व वृद्धि हो । राजस्व वृद्धिका लागि सरकारले नागरिकसँग कर लिन्छ । नागरिकले कर त्यै बेला तिर्छ जब उसले कमाउँछ । कमाउनका लागि मानिसले उच्च शिक्षित हुनुपर्छ र स्वस्थ पनि हुनुपर्छ । शिक्षित मानिसले नयाँ–नयाँ आविष्कार, खोजी गर्छ जसले गर्दा राष्ट्रमा विभिन्न थरीका उत्पादन बढ्दै जान्छ

निजामती कर्मचारी र शिक्षकशिक्षिकाले निर्धारित पोशाक नलगाएको आरोप

Image
प्रस, वीरगंज, १४ मङ्सिर/     नेपाल सरकारले निजामती कर्मचारी एवं शिक्षकहरूलाई गत वर्षदेखि पोशाक उपलब्ध गराउँदै आए पनि पर्साका अधिकांश निजामती कर्मचारी एवं शिक्षकहरूले पोशाक नलगाएको पाइएको छ ।     पर्सा जिल्लाका ८० वटा सरकारी कार्यालयहरूमा करिब २ हजार कर्मचारी कार्यरत छन् । त्यस्तै सामुदायिक विद्यालयमा १२ सय स्थायी शिक्षक शिक्षिकाहरू कार्यरत छन् । तर जिल्लाका अधिकांश सरकारी कार्यालय र सामुदायिक विद्यालयहरूमा पोशाक नलगाएर कर्मचारी एवं शिक्षकहरू कार्य गरिरहेका जो कोहीले देखेको हुनुपर्छ । निजामती कर्मचारी र शिक्षकहरूले पोशाकबापत रकम बुझेर पोशाक नलगाएको पाएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोशाकबापत रकम बुझेर पोशाक नलगाएर काम गर्ने कर्मचारीहरूलाई हाजिर गर्न नदिनुका साथै जिम्मेवारीबाट वञ्चित गर्न गत भदौमा निर्देशन दिएको थियो ।     अख्तियारको निर्दैशनको परिपालना गर्न क्षेत्रीय प्रशासनले जिल्ला प्रशासन कार्यालय पर्सालाई निर्देशन दिएको र जिप्रकाले पर्साका सबै कार्यालयहरूलाई सो निर्देशन परिपालनाका लागि पत्राचार गरेको भएपनि पोशाक नलगाएकै कारण कुनै कर्मचारी एवं शिक्षक कारबाईमा परेका छैनन् ।

पीडकको बयानको आधारमा पीडित माथि मुद्दा

प्रस, वीरगंज, १४ मङ्सिर/     अभियुक्तले प्रतिशोधपूर्ण तरिकाले दिएको बयानको आधारमा प्रहरीले पीडितमाथि नै मुद्दा चलाएको समाचार प्राप्त भएको छ ।     पीडित बैरिया बिर्ता–८ पिपरा गाउँ निवासी ध्रुव साह रहेका छन् । साहलाई प्रहरीले हिजो पक्राउ गरी हातहतियार खरखजाना मुद्दा लगाई कारबाईका लागि जिल्ला प्रशासन कार्यालय पर्साको जिम्मा लगाएको छ।     घटना विवरण अनुसार कात्तिक–८ गते राति अन्दाजी १० बजे सामान्य विवादमा सोही गाउँका विष्णुप्रसाद साहले ग्क्ब् लेखिएको पेस्तोल देखाउँदै ध्रुव साहलाई धम्काउन खोजेका थिए । स्थानीय गाउँलेहरूले विष्णुप्रसादलाई तत्कालै पक्राउ गरी हतियारसहित सुगौली बिर्ता प्रहरीको जिम्मा लगाएका थिए ।     विष्णु साहलाई पुर्पक्षको लागि कारागार पठाइसकिएको छ । विष्णु साहसँग फेला परेको सिक्सर हतियार ध्रुवसँग किनेको विष्णुको बयानको आधारमा प्रहरीले ध्रुव साहलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षक द्वारिका घिमिरेले बताए । त्यसबारे अनुसन्धार भइरहेको पनि घिमिरेले बताए ।     यता बैरियाका बासिन्दाहरूले भने अभियुक्त विष्णुको बयान प्रतिशोधपूर्ण र पीडक ध्रुव साहलाई फँसाउने

जग्गा विवादमा झडप दुई घाइते

Image
प्रस, पोखरिया, १४ मङ्सिर/     वसन्तपुर गाविस–५ फुलवरियास्थित जग्गाबारे मुडली गाविस र वसन्तपुर गाविसका बासिन्दाबीच झडप भएको छ ।     आज बिहान झडपमा परी मुडलीका दुईजना घाइते भएका छन् । घाइते हुनेमा मोहन चमार र सोहन चमार छन् । दुई गाउँको झगडा सुल्झाउन इलाका प्रहरी कार्यालय ल·डी तथा पोखरियाले आज दिनभरि कसरत गरेपनि केही उपलब्धि नभएको इप्रका ल·डीका इन्चार्ज नारायण थापाले बताए ।     मुडली–५ को कित्ता नं. १५,१६, १७, १८ र २६ को अन्दाजी ६ बिघा जग्गा २०६० सालमा श्री नेराप्रावि फुलवरियाको नाउँमा दर्ता भएपछि उक्त विवाद चुलिएको हो ।     विद्यालयको नाउँमा दर्ता भएको जग्गा विगत ३० औं वर्षदेखि मुडली गाविसमा २५ जनाभन्दा बढी व्यक्तिहरू जोतखन गर्दै आएका थिए । केही दिन पहिले मात्र सो जग्गा विद्यालयको नाममा दर्ता भएपनि मुडलीका बासिन्दाले जग्गा छोड्न मानेका छैनन् । विद्यालयको नाउँमा दर्ता भएको जग्गा निजी हो भन्दै फुलवरियाका गाउँले दाबी गर्दै आएका छन् ।     उक्त जग्गामा मुडलीका किसानहरूले धानबाली लगाएका थिए । धान काटी सकेपछि उक्त धान बल जबरजस्ती फुलवरियाका बासिन्दाले लगिरहेको बेला रोक्न जाँदा दुई पक्षबी

स्थापनाभन्दा संरक्षण कठिन

Image
- विश्वराज अधिकारी   अधिकांश मुलुकमा भएको राजनैतिक परिवर्तनलाई हेर्दा के प्रस्ट हुन्छ भने जति गार्‍हो मुलुकबाट तानाशाही व्यवस्था हटाउन हुन्छ, त्योभन्दा कैयौंं गुणा बढी गार्‍हो प्रजातन्त्र स्थापना गर्न हुन्छ । सामान्य अवस्थामा कुनै पनि मुलुकमा जनताले एक वा दुई वर्ष सङ्घर्ष गर्दा तानाशाही व्यवस्था समाप्त हुन सक्छ । तर त्यही मुलुकमा स्थापना गरिएको प्रजातन्त्रलाई बलियो पार्न दशकौं लाग्दो रहेछ वा लागिरहेको छ । अझै केही मुलुकमा त कस्तो पनि देखिएको छ भने जनताले प्रजातन्त्र आउने आशमा मुलुकको तानाशाही व्यवस्थालाई समाप्त त पारे तर प्रजातन्त्र भने पाउन वा स्थापना गर्न सकेनन् । प्रजातन्त्र स्थापना गर्न एउटा तानाशाहलाई फाले तर अर्को, पूर्वभन्दा कठोर तानाशाह, मुलुकको शासन व्यवस्थामा हाबी हुन पुग्यो । कतिपय राष्ट्रहरूमा भने प्रजातन्त्रपछिको स्थितिमा मुलुक नै विभाजित भयो । केही राष्ट्रहरू भने गृहयुद्धको डरलाग्दो भुमरीमा जाकिए । तानाशाही व्यवस्था समाप्त भए पनि मुलुकमा अमन चयन स्थापना हुन नसक्नु, नागरिकको अधिकार र स्वतन्त्रता कुण्ठित हुनु, भ्रष्टाचार चुलिनुजस्ता उदाहरणहरू विभिन्न राष्ट्रमा देख्न सकिन

आर्थिक समृद्धिका लागि कृषि क्रान्ति

- शीतल महतो    सम्भवत: विश्वमा नेपाल एउटा मात्र यस्तो देश हो, जोसँग आर्थिक उन्नतिका प्रशस्त सम्भावनाहरू हुँदाहुँदै पनि यहाँको अधिकांश जनता दु:खी छ र मुलुक गरिबतममध्ये एक हो । नेपालको जलवायु, भू–बनोट र प्राकृतिक स्रोतहरू सबै नेपाललाई समृद्ध बनाउन सक्षम छ । तर यसको उचित र प्रभावकारी व्यवस्थापनको अभावमा नेपाल आर्थिकरूपले समृद्ध बन्न सकेको छैन । आर्थिक उन्नतिका लागि विद्यमान प्रशस्त सम्भावनाहरूमध्ये सबैभन्दा महत्त्वपूर्ण र सशक्त रहेको कृषि क्षेत्र आज पनि उपेक्षित छ । कृषि विकासमा देखिएको अवरोध नै नेपालको गरिबी र विपन्नताको मुख्य कारण पनि हो ।     कृषिलाई विकासको मूल उत्प्रेरक र निर्यात व्यापारको सम्भावना दुवै भएको क्षेत्र मानिन्छ । यसको विकासका लागि आवश्यक जलवायु, वातावरण र उर्वर भूमि नेपाललाई प्रकृतिले सित्तै दिएको छ । तर नेपालमा पश्चिमबाट आएको नवउदारवादको लहरका कारण राज्य कृषि क्षेत्रबाट पन्छिन खोज्दै जाँदा धेरै अर्थमा कृषि क्षेत्र तहसनहस हुन पुग्यो । कृषि प्रसार अलपत्र पर्‍यो । कृषि अनुसन्धानमा शिथिलता छायो र कृषि मन्त्रालय एव विभाग उदासीन बन्न पुग्यो । कृषि क्षेत्रमा नयाँ प्रयोग हराउ

सङ्क्रमणकाल र आर्थिक विकासको पूर्वाधार जोगाउने खाँचो

    मुलुकमा राजनीतिक चेतनाको विकास द्रुत गतिले भएपनि आर्थिक विकासको गति ठप्प छ । विकासको पूर्वाधार निर्माण गर्नुको साटो विनाश गर्नेतर्फ बढी अग्रसरता देखिएको छ । ग्रास रुटदेखि शीर्षस्तरसम्म कसैर्मा आर्थिक विकासका लागि खासै चासो र चिन्ता देखिएका छैन । मधेसको सन्दर्भमा यहाँको विकास निम्ति जति तीव्र गतिमा राजनितिक शक्तिको उदय हुँदैछ त्योभन्दा तीव्र गतिमा मधेसको आर्थिक विकासको पूर्वाधार विनष्ट हुँदैछ । आर्थिक विकासलाई पहिलो प्राथमिकता दिनुपर्छ । मधेस आन्दोलनपछि आर्थिक  विकासको पूर्वाधार समाप्त भएको छ । अमेरिकामा दुई करोड नागरिक बेरोजगार रहेपनि करौडौं विदेशीलाई हरेक वर्ष भित्र्याई रोजगार अमेरिकाले उदारता देखाएको होइन, उसमा आफ्नो आन्तरिक आर्थिक विकासको पनि लालच हो । नेपालकै हजारौ दक्ष जनशक्ति अमेरिकी नागरिक भएका छन् । उनीहरूले हासिल गरेको सीप त्यही खर्च गर्छन् । त्यसले व्यक्तिलाई फाइदा भएको छ भने राज्यलाई पनि । यसर्थ राज्यले आफनो जनशक्तिबाट मात्र होइन, विदेशी दक्ष जनशक्तिबाट पनि लाभ लिन सक्ने नीति अँगाल्नुपर्छ । यस मानेमा नेपाल पछाडि छ । मधेस त झन् पछाडि छ । भएको दक्षताको सदुपयोग गर्नुको सट्ट

तानाशाह जन्मने खतरा

    राष्ट्रपति डा. रामवरण यादवले राष्ट्रिय सहमतिको आधारमा नयाँ प्रधानमन्त्री तय गर्न दलहरूलाई दिएको सात दिने समयसीमा बिहीवार सकियो । राष्ट्रपतिको कदम वैधानिक भन्ने विपक्षीहरू र अवैधानिक भन्ने सत्तापक्षबीच दोहोरी चल्दाचल्दै सात दिन बित्यो । समयसीमा कटेपछि राष्ट्रपतिले केही गडबड गर्लान् भन्ने भयका कारण सत्तापक्षीय वर्गीय स·ठनहरूले राष्ट्रपतिको कदमविरुद्ध आन्दोलनको धम्की दिइरहेका छन् । प्रतिपक्षहरूले सहमति जुटाउन त सकेनन् नै, यहाँबाट अगाडि बढ्ने बाटो पनि पहिल्याउन सकेका छैनन् । राष्ट्रपतिले अगाडि कदम बढाए, र प्रधानमन्त्रीले अटेर गरे भने अप्ठ्यारो स्थिति निम्तिन सक्छ । निल्नु न ओकल्नुको दोसाँधमा परेका विपक्षीहरू समय अवधि बढाउँदै अगाडि लाने र सरकारभित्रकै शक्तिलाई फोडेर कमजोर बनाउने दाउमा छन् । सोही नीति अनुरूप राष्ट्रपतिलाई सीमा बढाउन प्रतिपक्षी दलहरूले आग्रह गरेका हुन् ।     संविधानको संरक्षक राष्ट्रपति हुन् । संवैधानिक सड्ढट या अप्ठ्यारो परिस्थितिमा संविधानको संरक्षण गर्ने र बाधा अडचन फुकाउने दायित्व राष्ट्रपतिको हो । यो अवस्थामा संविधानको धारा उपधारा अक्षरश: ठ्याक्कै मिल्नुपर्छ भन्ने छै

कमिशनभोगी डाक्टरहरू र प्याथोलोजी परीक्षण केन्द्रको चेपुवामा बिरामीहरू

Image
प्रस, वीरगंज, १३ मङ्सिर/     वीरगंजमा प्याथलोजीका तीनजना चिकित्सक भएपनि ल्याबहरू भने २५ भन्दा बढी खुलेका छन् ।     वीरगंजमा डा. रामावतार खेतान, अमरनाथ ठाकुर र रामानन्द चौरसिया गरी तीनजना प्याथलोजिस्ट छन्।  नेपाल हेल्थ प्रोफेशनल काउन्सिल काठमाडौंबाट इजाजत लिएर वीरगंजमा धमाधम प्याथोलोजी खुल्ने क्रम जारी छ ।     म्यानुअल, एनालाइजरपछि अहिले अटोएनालाइजर प्रविधिबाट दिसा,पिसाब, रगत र खकार परीक्षण गर्ने ल्याबहरू, खासगरी नाउक्षे अस्पताल, एडभान्स मेडिकेयर अस्पताल एरियामा अत्यधिक खुलेका छन् । यसबाहेक निजी अस्पताल, नर्सिङ होम र नाम चलेका चिकित्सकहरूको निजी क्लिनिकमा अनिवार्यरूपमा एक/ एकवटा ल्याब रहेका छन ।     सम्बन्धित चिकित्सकको अभावमा खुलेका यस्ता ल्याबहरूको रिर्पाेट भरपर्दो भने छैन । भरपर्दो नहुनुमा दक्ष जनशक्ति नहुनु हो भने पर्याप्त मात्रामा केमिकल प्रयोग नहुनु रहेको छ । नारायणी उपक्षेत्रीय अस्पताल जस्तो ठाउँमा पनि अहिले एकजना पनि प्याथलोजिस्ट छैन । प्याथलोजिस्टको अभावमा ल्याब टेक्निसियनले रिपोर्ट बनाउँदा बेला–बेलामा ल्याब विवादमा आउँछ ।     अस्पतालले प्याथलोजी चिकित्सकको माग गर्दै आएकोमा अ

समाज निर्माणको दायित्व विद्यार्थीको काँधमा

Image
प्रस, वीरगंज, १३ मङ्सिर/     कुशल समाजको निर्माण गर्ने दायित्व विद्यार्थी तथा बालबालिकाहरूको भएकोले दिगो सोच लिएर अगाडि बढ्नुपर्ने कार्यक्रममा प्रमुख अतिथि तथा पर्साका जिल्ला अधिकारी कैलाशकुमार बजिमयले बताएका छन् ।     सुरक्षा र कानुनी सुशासनको सबलीकरणका लागि विद्यार्थी जागरण विषयक अन्तक्र्रिया कार्यक्रममा प्रजिअ बजिमयले सो कुरा बताएका हुन् ।     स्वस्फूर्त भई समाज निर्माणका लागि अगाडि बढ्न समाजका सबै पक्षलाई उनले सो अवसरमा अनुरोध गरेका थिए ।     नागरिक सुरक्षा, कानुनी शासन स्थापना गर्नु, सुरक्षाकर्मी कर्मचारीहरूको काम मात्र नभई समाजमा रहेका सबैको दायित्व हो । एक आपसमा हातेमालो गरी अगाडि बढेमा समृद्ध समाजको विकास हुने यु.एस.ए.आइ.पी.का प्रतिनिधि शोभाकर पराजुलीले बताए ।     संसारमा परिवर्तन नै स्थायी हो । हामी आफूबाट परिवर्तन गरे मात्र सुशासन र समाजको विकास हुने पर्साका प्रहरी उपरीक्षक पीताम्बर अधिकारीले बताए । स्वागत मन्तव्यको क्रममा प्रउ अधिकारीले समाजको विकृतिको रूपमा रहेको लागू औषधर कुलत, साइबर क्राइम, रोड ट्राफिक, घरेलु हिंसा, यौनजन्य हिंसा, बाल अपराधलगायत विकृति रोक्न र भोलिको सम

भुस्याहा कुकुरको आतङ्कबाट सवारी चालकलाई आफत

Image
प्रताप श्रेष्ठ, वीरगंज, १३ मङ्सिर/     यस साता वीरगंज घण्टाघरदेखि उत्तर वीरगज चिनी कारखानासम्म मुख्य सडक खण्डमा सवारी साधनको ठक्करबाट ७ वटा कुकुर मारिएका छन् ।     सोही सडकखण्डमा भुस्याहा कुकुरको आक्रमणबाट जोगिन सास्ती सहनुपरेका सवारी चालकहरू पनि धेरै छन् ।     बितेको शनिवार राति १० बजेसिमराबाट घर आइरहेका वीरगंज–१३ निवासी जयकिसन यादव वीरगंज पावरहाउस चोक पुग्दा कुकुरको आक्रमणमा परेका थिए । खुला सडकमा एक सुरले मोटरसाइकल हुइँक्याउँदै आइरहेको बेला अकस्मात पछाडिबाट कुकुरको जत्था भुक्दै पछि लागेपछि के गरूँ, कसो गरूँं भएर आत्तिएको यादव बताउँछन् । यसरी आत्तिंदा मोटरसाइकलको सन्तुलन बिग्रेर सडक नजिकै माटोमा पछारिन पुगेका यादव तीन दिन उपचारपश्चात् अस्पतालबाट घर फर्केका छन् ।     मोटरसाइकल लडेपछि कुकुरहरू भुक्दै पछाडि हटेको उनले बताए ।     त्यसैगरी बितेको सोमवार बिहान ४ बजे बिरामी लिएर अस्पताल आइरहेका वीरगंज–१६ राधेमाई निवासी सुरेशप्रसाद साह त्रिमूर्ति चोक र मुडली चोक बीच भुस्याहा कुकुरको घेरामा परे ।     “शुरुमा त्रिमूर्ति चोकबाट भुक्दै दुईवटा कुकुर पछि लागे । बिरामीसहित  तीनजना चढेको मोटरसाइकल

मेरे दो–दो बाप

Image
–कुमार रुपाखेती        केही समयअघि मैले हिरो अक्षय खन्ना अभिनित एउटा फिल्म हेरेको थिएँ, जसमा अक्षयको ‘डबल रोल’ थियो । त्यो सिनेमामा अक्षयको छोराले एकैपल्ट एकै अनुहारको दुईवटा अक्षय देख्दा – “मेरे दो–दो बाप, मेरो दो–दो बाप” भन्दै हिरोइन (आमा)लाई सुनाउँदा हिरोइन आमा झन्डै–झन्डै बेहोश भएकी थिइन् । विचरीलाई ‘ओरिजनल बाप’ पत्ता लगाउन हम्मेहम्मे परेछ ।     अहिले नेपालको राजनीति पनि त्यै अक्षयको सिनेमाको ‘मेरे दो–दो बाप’ को अवस्थामा पुगेको छ । राष्ट्रपतिको आह्वान र प्रधानमन्त्रीको प्रतिकारपूर्ण भाषा सुनिहाल्नुभो होला । वर्तमान अवस्थामा बहालवाला बाबुराम आफूलाई विकल्पविहीन प्रधानमन्त्री ठानिरहेका छन् भने राष्ट्रपति रामवरण यादव सहमतिको नाममा अर्कैलाई प्रधानमन्त्री बनाउने हाउगुजी देखाउँदै छन् । तर नेपालको संविधानमा एउटा मात्र प्रधानमन्त्रीको व्यवस्था छ ।     बाबुरामले नछोड्ने र रामवरणले अर्को भित्र्याउने भएपछि मुलुकमा पक्कै दुईवटा प्रधानमन्त्री हुनेछन् । एउटा ब्याइते र अर्को ल्याइते । अनि त अक्षय खन्नाको छोराझैं झस्किदै हामीले पनि ‘मेरे दो–दो प्रधानमन्त्री’ भन्नु परेन त ।     यस्तै अड्डी, जिद्द

पलायनको महामारीले ग्रस्त समाज र बाध्यता

Image
- सञ्जय साह ‘मित्र’    हाम्रो समाजमा पलायनको महामारीले छोएको छ । यो पलायन एक किसिमले ठीक पनि होला । हाम्रो  समाजले स्वतन्त्रताको स्वाद चाख्न थालेको धेरै भएको छैन । उसो त नेपाल अनादिकालदेखि स्वतन्त्र मुलुकको रूपमा सामान्य ज्ञानमा गर्वपूर्वक अध्ययन गराइन्छ । यसको वास्तविकता ऐतिहासिक हो नै । तर राजा–रजौटाको युगपछि जुन साम्राज्यवादी, विस्तारवादी युगको जगजगी थियो, अर्थात् औद्योगिक क्रान्तिपछिको समयमा औद्योगिक उत्पादनले बजार पाउन विश्वमा जुन होड चलेको थियो, त्यो समयदेखि कसैको आँखामा ठूलो बजार नभएर हो वा यहाँको वीरतालाई उछिन्ने साहस नभएर हो, यसले एउटा स्वतन्त्र देशको रूपमा परिचय बनाइरहयो, बचाइरहयो । यद्यपि राणा शासनकालमा, कुनै पनि नागरिकको दृष्टिमा स्वतन्त्र देश थिएन नेपाल, राणाहरू मात्र स्वतन्त्र थिए । झन् मधेसीहरूको लागि त काठमाडौं उपत्यका प्रवेशमा पनि प्रवेशाज्ञा चाहिन्थ्यो । पञ्चायतकालमा पनि नेपाली नागरिकमाथि अनेक किसिमका बन्देजहरू थिए, नागरिक प्रजा थिए जनता थिएनन् । नेपालमा गणतन्त्र आएपछिमात्र यहाँका बासिन्दा नागरिक हुन पाएका हुन् । यसले भूगोलको रूपमा नेपाल अनादिकालदेखि स्वतन्त्र रहेक

सर्वत्र भाँडभैलो व्याप्त

    जिल्ला शिक्षा कार्यालय पर्सामा कार्यालय प्रमुखसहित १९ जना गयल र ओरिया खोलामा पुल निर्माण क्रममा एउटा पाया बा·िएपछि ठेकेदारले प्राविधिकलाई मिलाएर गरेको कामभन्दा तीन गुणा बढी रकम भुक्तानी लिएर आज दश वर्षदेखि काम अलपत्र छाडेको कुरा सुन्दा यस मुलुकमा भाँडभैलोबाहेक केही छैन भन्ने प्रस्टिएको छ । यी प्रतिनिधि उदाहरण मात्र हुन्, अन्यथा कुन यस्तो मुलुक छ, जहाँ वर्षमा दुई–चारजना उच्चपदस्थ व्यक्तिहरू अघोर भ्रष्टाचारमा संलग्न भएको आरोपमा दण्ड सजाय पाएका छन् ? विषम अवस्था तब प्रस्टिन्छ जब ठूला–ठूलाहरू यसरी अनैतिक कार्यमा मुछिएर सजाय पाउँदा पनि देशमा भ्रष्टाचार झन्–झन् बढ्दो छ । र उदेकलाग्दो कुरा के छ भने भ्रष्टाचार उन्मूलन गर्न लाग्नुपर्ने व्यक्तिहरू, अर्थात् मुलुकका नीति निर्माताहरू स्वयं जेलमा जाकिने गरी भ्रष्टाचारमा लिप्त हुन्छन् । जसको हातमा सत्ता हुन्छ उसले आफूलाई सदा सर्वदाका लागि सत्तामा रहिरहने सपना देख्दछ र जे गर्दा पनि हुने भ्रम पालेर आफ्नो दुनो सोझो गर्न लागिपर्छ । हुनत भ्रष्टाचारको मनोविज्ञान बडो विचित्रको छ । मानिस भ्रष्टाचार आफ्नो सुरक्षाका लागि गर्दछ, तर सत्ताबाट बाहिरिएपछि त्यही

ओरिया नदी पुल निर्माण प्रकरण, निर्माण कार्यभन्दा तीन गुणा बढी भुक्तानी

Image
प्रस, वीरगंज, १२ मङ्सिर/     धोबिनी–मिर्जापुर सडकखण्डमा विगत दश वर्षअघि निर्माण कार्य शुरु भएर अधूरो रहेको पुल निर्माणमा ठेकेदारले निर्माण गरेको कामभन्दा तीन गुणा बढी भुक्तानी लिएको तथ्य प्रकाशमा आएको छ ।                 ओरिया पुल निर्माण सङ्घर्ष समितिले पुल निर्माणबारे खोजबिन गर्दै जाँदा सो कुरा प्रकाशमा आएको हो । समितिले जनाए अनुसार नेपाल सरकारको भौतिक योजना तथा निर्माण मन्त्रालय तथा श्री हीराचन्द/दि कञ्नचङ्घा/बज्रगुरु कन्स्ट्रक्शन, जे.भी.काठमाडौंसँग आव २०५८/०५९ मा रु. २ करोड ५३ लाख ५२ हजार ९८६ ९० पैसामा सम्झौता भएको पुल निर्माण कार्य १२ प्रतिशत मात्र सम्पन्न गरी ठेकेदारले ३८ प्रतिशत काम गरेको देखाएर रकम निकासा गराएको थियो । पुलको निर्माण कार्य १२ प्रतिशत रहेको रेकर्डमा देखाइएको छ तर कार्यालयले रु. ९५ लाख ७५ हजार ३९१ भुक्तानी गरेको छ । डिभिजन सडक कार्यालय हेटौडाले गरेको सो भुक्तानी ३८ प्रतिशत हुन आउँछ ।      सडक कार्यालय तत्कालीन कर्मचारीबाट त्रुटि भएको भन्दै पन्छिने गरेको छ ।  ओरिया पुलको निर्माण कार्य रोकिएको आज दश वर्ष बितिसक्दा पनि पुलको निर्माण कार्य शुरु नभएपछि स्थानीय बा

जिशिकामा जिल्ला प्रशासनको छड्के जिशिअसहित अठार गयल

प्रस, वीरगंज, १२ मङ्सिर/     जिल्ला शिक्षा कार्यालय, पर्सामा आज जिल्ला प्रशासन कार्यालय, पर्साले हाजिरी छड्के गरेको छ । जिप्रकाको हाजिरी छड्के जिल्ला शिक्षा अधिकारीलगायत १८ जना गयल देखिएका छन् ।     सार्वजनिक सरोकारका कार्यालयहरूमध्ये जिशिकाबारे बारम्बार सेवाग्राहीको गुनासो आइरहेकोले जिल्ला प्रशासनले छड्के जाँच गरेको टोलीका सहभागीहरूले बताए ।     २६ जना कर्मचारीको दरबन्दी रहेको उक्त कार्यालयमा जिशिअ प्रमोद साहलगायत १९ जना अनुपस्थित फेला परेको छड्के टोली प्रमुख जिप्रकाका शाखा अधिकृत नरबहादुर खड्काले बताए ।     अनुपस्थित देखिएकाहरू उपर पहिलो पटक विभागीय कारबाईका लागि क्षेत्रीय शिक्षा निर्देशनालयलाई पत्राचार गरिएको प्रमुख जिल्ला अधिकारी कैलाश बजिमयले बताए । दोस्रोपटक पनि यस किसिमको लापरवाही देखिए ठाडो कारबाई गरिने प्रजिअ बजिमयले चेतावनी दिएका छन् ।

जनगणनाको नतिजालाई सरसर्ती हेरेपछि

- सञ्जयसाह मित्र   गत वर्ष सरकारले लिएको जनगणनाको तथ्याड्ढ सार्वजनिक भएको छ । नेपालमा करिब डेढ वर्षमा यो तथ्याड्ढ सार्वजनिक भएको छ भने भारतले लिएको जनगणनाको तथ्याड्ढ एक वर्षमा सार्वजनिक गरेको थियो । भारतको हेरी नेपालले केही विलम्ब गरी भए पनि जनगणनाको रिपोर्ट आएको छ र अहिले यो देशको गैरराजनैतिक विषयवस्तु अन्तर्गत केन्द्रबिन्दुमा रहेर चर्चा बटुलेको छ ।     यस तथ्याड्ढको अनेक किसिमले विश्लेषण गर्न थालिएको छ । जनगणनाबाट सकारात्मक र नकारात्मक दुवै किसिमको टिप्पणी र प्रतिक्रिया आएका छन् । तर पनि तुलनात्मकरूपले नेपालको जनसङ्ख्या पहिलेको अनुमान र विगतको वृद्धिदरभन्दा कम वृद्धि भएकोले केही सन्तोष पनि भएको छ ।  यसले केही क्षेत्रमा नेपालीलाई सोच्न बाध्य बनाएको छ । यसले बुद्धिजीवीहरूलाई नयाँ नेपालमा नयाँ किसिमले सोच्ने खुराक पनि प्रदान गरेको छ र केही क्षेत्रको अवधारणामा नै यो परिणामले परिवर्तन ल्याउने विश्वास गरिएको छ । नेपालको भविष्यको योजना तयार पार्न सहयोग गर्ने प्रमुख आधारस्तम्भको रूपमा रहनेसमेत स्पष्ट छ ।     नेपालको जनसङ्ख्या अब २ करोड ६४ लाख ९४ हजार ५ सय ४ पुगेको छ । यसमध्ये महिला १ करोड ३