प्रस, रौतहट, ११ कात्तिक/
एकीकृत नेकपा माओवादीका भोजपुरा राज्य समिति इन्चार्ज तथा पूर्वभूमिसुधार तथा व्यवस्थामन्त्री प्रभु साहले मधेसी, दलित, जनजाति र मुस्लिम समुदायको पहुँच राजनीतिमा नभएसम्म उनीहरूको हकअधिकार सुरक्षित हुन नसक्ने बताएका छन्।
झुन्खुन्वा गाविसद्वारा आयोजित भेटघाट तथा स्वागत कार्यक्रममा उनले सामन्ती राज्य व्यवस्था, एकात्मक शासन प्रणाली विस्थापित गर्न किसान, उत्पीडित, जनजातिलगायत सम्पूर्ण समुदायको पहिचानसहितको सङ्घीयता आवश्यक रहेकोले प्रतिगामी, यथास्थितिवादीलाइ समाप्त पार्नका लागि जनजागरण आवश्यक रहेकोमा उनले जोड दिएका थिए।
भौतिक संरचना नभएसम्म मधेसको विकास नहुने बताउँदै उनले सरकार र सत्ताको जडमा नपुगेसम्म किसानको सुविधा, उत्पादनमा वृद्धि, बजारको आवश्यकता पूर्ति नहुने बताए।
सङ्क्रमणकालीन अवस्थाबाट गुज्रिरहेको देशमा तरलता र जटिलता वृद्धि हुँदै जाँदा देशका राजनीतिक पार्टीहरू अभागी सिद्ध हुने बताए।
स्वायत्तता र स्वतन्त्रता हासिल गर्न शान्तिप्रक्रिया टुङगोमा पुर्याउन एकीकृत नेकपा माओवादी लागिपरे पनि यथास्थितिवादी र प्रतिगमनकारीले सरकारको राजीनामा माग गरिरहेको बताए।
अल्पमतको पार्टीले बहुमतको पार्टीलाई सरकारबाट ढाल्न षड्यन्त्र गरिरहेको पनि उनले बताए। राष्ट्रपति डा. रामवरण यादवले संविधानसभाको निर्वाचन गराउनेतर्फ नगई आफ्नो पद लम्ब्याउने कोशिश गरिरहेको आरोप पनि उनले लगाए।
एकीकृत नेकपा माओवादी महाधिवेशन आयोजक समितिका सदस्य बिन्देश्वरराय यादवले संविधान मधेसीलाई नै आवश्यक रहेकोले संविधान बनाउन अग्रसर रहनु हाम्रो पार्टीको दायित्व रहेको बताए। यसैगरी महाधिवेशन आयोजक समितिका सदस्य उपेन्द्र साहले संविधान बन्न नसकेको कारण जनतामा निराशा छाएको बताए । जनताको इच्छा आकाङ्क्षा पूरा हुन नसकेको बताउँदै उनले जनताको इच्छा आकाङ्क्षा पूरा गर्न एकीकृत नेकपा माओवादीले जस्तोसुकै मूल्य चुकाउन तयार रहेको बताए। झुन्खुन्वाका वयोवृद्ध महादेव साहको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो।