जीतलाल श्रेष्ठ, निजगढ, १५ कार्तिक/
राज्यको ऐन कानुन र प्राकृतिक नियम मिचेर बारामा ख्क्द्यप् इँटाभट्टा सञ्चालनको तयारी भइरहेको छ ।
जिल्लाको रतनपुरी–२ स्थित मानवबस्तीबीच इँटाभट्टा सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको छ । इँटा उत्पादनका लागि भट्टीको स्थपना बस्तीबाट कम्तीमा ५ सय मिटर टाढा रहनुपर्ने घरेलु तथा साना उद्योग विभागको कार्यविधि दिग्दर्शन २०६८ मा उल्लेख भएको कानुन व्यवसायीहरूले बताएका छन् ।
रतनपुरी–२ मा जेठ २५ गते जय शक्तिश्वर इँटा उद्योग दर्ता गरी बस्ती आसपास चलाउन इजाजत दिइएको छ । उक्त इँटा उद्योग निर्माणस्थलको तीनै तर्फ सोही वडाका बस्तीहरू छन् । पूर्व तर्फ घनाबस्ती नभए पनि फाटफुट घरछन् ।
दिग्दर्शनको अपव्याख्य गर्दै घरेलु तथा साना उद्योग कार्यालय बाराले इँटा उद्योग सञ्चालन अनुमति दिएको विश्लेषकहरूको ठम्याइ छ । घरेलु तथा साना उद्योग कार्यालय र उद्योग सञ्चालकले भने चिम्नी राख्ने तयारीमा रहेको स्थानमा बस्ती नभएको जिकिर गर्दै प्राप्त गरेको इजाजतपत्र कानुनस·त रहेको बताउँछन् । आधुनिक प्रविधिबाट तयार हुने ख्क्द्यप् अर्थात् भर्टीकल सफ्ट ब्रिक क्लिन इँटा उद्योग सञ्चालनका लागि इजाजत प्राप्त स्थान संवेदनशील चुरे भावर क्षेत्रमा पर्छ । चुरे क्षेत्रमा भूक्षय भएमा उक्त क्षेत्र मरुभूमिमा परिणत हुनुका साथै त्यस भन्दा दक्षिणको तराई क्षेत्रमा बाढी, नदी कटान र सुख्खा भई ठूलो विनाश निम्तिने छ ।
चुरे जोगाउन राष्ट्रपति चुरे संरक्षण योजना अन्तर्गत राज्यको अर्बौं रुपिंयाँ लगानी भइरहेको बेलामा चुरे क्षेत्रको माटो तथा सतह विनाश हुने गरी इँटाभट्टा सञ्चालन गर्न इजाजत दिनुलाई वातावारणविद् र वातावरण पत्रकारहरूले चर्को विरोध गर्नुपर्ने बेला आएको निजगढका युवा अगुवा विनोद भारती बताउँछन् ।
एक इन्च प्राकृतिक माटोको सतह निर्माण हुनलाई करोडौं वर्ष लाग्ने कुरा अनुसन्धानकर्ताहरूले पत्ता लगाएका छन् । आधुनिक इँटा उद्योगले उत्पादन गर्ने इँटा माटोबिना सम्भव छैन । भौगोलिक स्थितिको ख्यालै नगरी धमाधम प्राकृतिक खेतीयोग्य जमीन बिगार्न, होच्याउन दिने र माटो कटान गर्ने हो भने उक्त स्थान केही वर्षभित्रै मरुभूमिमा परिणत हुने निश्चित छ ।
चुरेजस्तो संवेदनशील क्षेत्र बाहेकका अन्य पहाडी क्षेत्रमा यो प्रविधि उपयुक्त हुन सक्छ । तराई क्षेत्र, चुरे, खोलानाला, खेतीयोग्य जमीन, वनज·ल नजिक भने यस्ता उद्योगले प्राकृतिक विपत्ति निम्त्याउन सक्ने वातावरण अनुसन्धानकर्ता ग्याल्चे शेर्पा बताउँछन् ।
राज्यको कानुनले निर्दिष्ट गरेअनुरूप इँटाभट्टा सञ्चालनका लागि अनुमति दिएको घरेलु तथा साना उद्योग कार्यालय, बाराका प्रमुख नागेन्द्रप्रसाद चौधरीले बताए पनि संवेदनशील चुरे पहाड आसपास कुनै पनि प्रविधिको इँटाभट्टा सञ्चालन गर्न निषेध गर्ने किसिमको नीति राज्यले बनाउनुपर्ने बताए ।
इँटा उद्योग निर्माणले बस्तीको उद्योगीकरण हुन लागेकोमा स्थानीय बासिन्दा भने मख्ख परेका छन् ।
इँटा उद्योग सञ्चालन क्षेत्रमा पर्ने खेतको प्रतिकठ्ठा वार्षिक चार हजार रुपियाँ दिने, जग्गा सम्याइदिने, स्थानीयलाई रोजगार दिने र इँटा ढुवानीका लागि गाउँसम्म सडक सुविधा लगायत विकास निर्माणका कामहरू हुने इँटा उद्योग पक्षले आश्वासन दिएको स्थानीय बासिन्दाले बताएका छन् ।
आदिवासी जनजातिबहुल, अशिक्षा व्याप्त उक्त स्थानमा घरेलु तथा साना उद्योग कार्यालय, बाराका कर्मचारीहरूले सोझा जनतासँग उद्योग स्थापना गर्न कुनै बाधा नभएको भन्ने कागजमा फकाइफुलाई सहीछाप गराएको रतनपुरी–२ निवासी आइते तामा·ले बताए ।
इँटा बनाउन माटो खनिएको जग्गामा झन् राम्रो खेती हुने र उच्च पहाड गैरी खेतमा परिणत हुने कर्मचारीसँग हिंडेका गाउँका टाठाबाठाहरूले सुनाएको आइतेले बताए ।