प्रस, वीरगंज, १४ कात्तिक/
म्याद गुज्रेको औषधि नेपाल भित्र्याउने गिरोहसँग वीरगंज भंसारको मिलेमतो रहेको कुरा पर्दाफाश भएको छ । वडा प्रहरी कार्यालय बिर्ताले दुई ठेला भारतीय औषधि पक्राउ गरी अनुसन्धान गरेपछि उक्त रहस्य
खुलेको हो ।
वडा प्रहरी कार्यालय बिर्ताको टोलीले आइतवार दिउँसो दुई ठेला भेटेनरी औषधि घडिअर्वा नजिक मुख्य सडकबाट नियन्त्रणमा लिएको थियो । भंसार कम मूल्याड्ढन गरी राजस्व छली गरेर नेपाल भित्र्याइएको सुराकको आधारमा नियन्त्रणमा लिएको उक्त औषधिको म्याद समेत नाघेको आज पत्रकार सम्मेलन गरी प्रहरीले सार्वजनिक गरेको छ । तीन मार्च २०१२ सम्म उपयोग मिति उल्लेख रहेको उक्त औषधिको मूल्य ५५ हजार भारु पर्छ । सात महिना म्याद गुज्रिसकेको औषधिको मूल्याड्ढन वीरगंज भंसारले नेरु. १० हजार मात्र गरेको छ ।
नेपाल भित्र्याउन वर्जित म्याद गुज्रिसकेको औषधि आयात गर्ने कार्यमा भंसारका कर्मचारीलगायत औषधि तस्करहरूको मिलेमतो रहेको र यसरी भित्र्याइएको औषधिमा उपभोग मिति नयाँ बनाएर बजार पठाउने गरेको नाम नछाप्ने शर्तमा वीरगंका एकजना औषधि व्यावासीले बताएका छन् ।
यसरी नयाँ उपभोग मिति तथा नयाँ रेपर फेरेर कतिपय भारतीय औषधिपुन: भारत जाने गरेको उनीहरूको भनाइ छ । भारतीय कम्पनीले अति सस्तो मूल्यमा दिने यस किसिमको औषधि मानवले सेवन गर्ने औषधिमा समेत भेटिने गरेको औषधि व्यवासायीहरू बताउँछन् ।
पक्राउ परेको औषधिको प्रज्ञापनपत्रमा नेशनल भेट केयर वीरगंजको नाम उल्लेख छ । उक्त औषधि आवश्यक कारबाईका लागि औषधि व्यवस्था विभाग काठमाडौं पठाउने तयारी भएको प्रहरीले जनाएको छ ।