प्रस, वीरगंज, १० कात्तिक/
मुडली गाविस निवासी दशरथप्रसाद कमकरको अपहरणमा संलग्न दोषीहरूलाई प्रहरीले रकमको भरमा उम्काउन खोजिरहेको आरोप पीडित परिवारले लगाएको छ ।
कमकरको अपहरण भएको ७ दिन बित्नलाग्दा पनि प्रहरीले खोजी गर्न कुनै पहल नगरेको आरोप परिवारजनले लगाएका छन् ।
उनको अपहरणमा रानीघाट निवासी प्रदीपप्रसाद कलवार र भारतीय नागरिक मुनि खातुनलाई पक्राउ गरेपनि कलवारलाई छोडिएको परिवारले जानकारी दिएको छ ।
भारतीय महिला खातुनलाई अहिलेपनि प्रहरी नियन्त्रणमा राखेको छ ।
कमकरलाई राति अबेरसम्म ४० लाख फिरौती तथा पक्राउ परेको महिलालाई छोड्न पीडितको छोराको मोबाइलमा निरन्तर फोन धम्की आइरहेको छ । कमकरलाई कामको बहानामा ७ दिन पहिले अपहरणकारीले फोन गरेर वीरगंज बोलाएको थियो ।
सोही दिनदेखि उनी बेपत्ता छन् । शुरुमा अपहृतको मोबाइलबाट २ लाख फिरौती माग भइरहेको उनका छोराले बताए । हिजो रातिदेखि भारतीय मोबाइलबाट ४० लाख तथा नेपाल प्रहरीको हिरासतमा रहेका भारतीय महिलालाई नछोडे ज्यान मार्ने धम्की आइइरहेको परिवारजनले बताएका छन् ।
यसबारे पर्सा प्रहरी उपरीक्षक पीताम्बर अधिकारसँग बुझ्दा घटनाबारे अनुसन्धान भइरहेको बताए ।