प्रस, वीरगंज, १५ कात्तिक/
वीरगंज–काठमाडौं चल्ने टाटा सुमोले ठगी गरेको यात्रुहरूको गुनासो छ ।
शुभयात्रा यातायात सङ्घद्वारा सञ्चालित टाटा सुमो बोलेरोले निर्धारित भाडा दरभन्दा दोब्बर भाडा असुल गरिरहेको खुलासा भएको छ ।
आज बिहान वीरगंजबाट काठमाडौं हिंडेको २७६९ नम्बरको टाटा सुमोले सुमोमा सवार दशजना यात्रुमध्ये आठजना यात्रुसँग प्रतिव्यक्ति रु. ८०० को दरले भाडा लिएको थियो ।
भाडा रु. ८०० लिएको भए तापनि टिकटमा रु. ४९० मात्र उल्लेख गरेको सिट नं. १ का यात्रु हीरालाल श्रेष्ठले काठमाडौंबाट टेलिफोनमार्फत् प्रतीकलाई जानकारी गराएका छन् ।
त्यसैगरी सोही सुमो सिट नं. २ का यात्रु डम्बरबहादुरले पनि सुमोले प्रतिव्यक्ति रु. १ हजार मागेको र अन्तमा ८०० मा सहमति भए पनि टिकटमा ४९० मात्र उल्लेख गरेको जानकारी गराएका छन् ।
काठमाडौं जाने प्राय: सुमोहरूले हजार वा आठ सय भाडा माग्ने गरेकाले वास्तविक भाडा कति हो अन्योल उत्पन्न भएको यात्रुहरूले बताएका छन् ।
टिकटमा थोरै भाडा लेखेर बढी असुली गरेकोबारे यात्रुले सोध्दा सुमो चालकहरूले बढी भत्ता माग्न थालेकाले बढी रकम असुल गर्नुपरेको वीरगंज काउन्टरका कर्मचारीहरूले यात्रुलाई बताएको जानकारी प्राप्त भएको छ ।
“ट्राफिक प्रहरी या अन्य जो कसैले सोधेमा ४९० रुपियाँ मात्र भाडा तिरेको बताउनु अन्यथा ट्राफिकले गाडी पक्राउ गरेमा तपाईंहरू गन्तव्यसम्म पुग्न सक्नुहुन्न । गाडी छुटाउन दुईचार दिन लाग्छ”– चालक र कर्मचारीले यात्रुलाई चेतावनी दिएको कारण बाटोमा ट्राफिक प्रहरीलाई गुनासो नगरेको यात्रुहरूको भनाइ छ ।
मध्य क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय पथलैयाका ट्राफिक प्रहरी निरीक्षक लक्ष्मण सिंह ठकुरीले वीरगंज–काठमाडौं सुमोको भाडा प्रतिव्यक्ति अधिकतम ४९० रुपियाँ भएको र निर्धारित भाडा दरभन्दा एक रुपियाँ पनि बढी लिएमा त्यस्ता सुमो चालक कारबाईको भागिदार हुने बताए ।
प्रनि ठकुरीले सुमोमा छड्के चेकजाँच गरिने गरेको भए तापनि यात्रुकै असहयोगका कारण सुमो चालकहरू उम्कने गरेको गुनासो गरे । सुराकको आधारमा पक्राउ गरिसकेका कतिपय सवारीलाई यात्रुहरूले नै बढी भाडा तिरेका छैनौ भन्दै छुटाएर लैजाने गरेको बताए ।
सुमो सञ्चालकले यात्रुलाई अत्याएकाले सही सूचना प्राप्त हुन नसकेको बताउँदै प्रनि ठकुरीले यात्रुले गुनासो गरेकोमा बढी भाडा फिर्ता गराउने र सुमो चालकलाई नियमानुसार दण्ड जरिवाना गर्ने कार्य दश मिनट भित्रै सम्पन्न हुने बताए ।
समयमैं गन्तव्यमा पुर्याउने शर्तमा नसिहतसहित त्यस्ता सुमोलाई छोड्ने गरेको र यदि चेकजाँच तथा गुनासोका कारण यात्रुलाई दु:ख दिएको थाहा भएमा त्यस्ता सवारी सञ्चालकलाई तुरुन्त पक्राउ गरी कडा कारबाई गर्ने व्यवस्था रहेको पनि उनले बताए ।