जीतलाल श्रेष्ठ, बारा, १३ कात्तिक/
‘शिक्षामा लगानी बालुवामा पानी’ भन्ने वाक्यांशलाई यो विद्यालयले प्रस्ट पारेको छ ।
राज्यले शिक्षा क्षेत्रमा गर्दै आएको लगानीको सदुपयोग नभएपछि विद्यालयको भवन बनाउन नसक्दा हावाहुरी, गर्मी, जाडो, वर्षाका बेला पनि विद्यार्थीहरू यसरी नै भुइँमैं बसेर पढ्न बाध्य हुनुपरेको छ ।
बारा उत्तर झिटकैया–४ स्थित श्री विद्या मन्दिर नेराप्राविका अधिकांश विद्यार्थीहरूले केही वर्ष यतादेखि नै भुइँमैं बसेर पढ्नुपर्ने बाध्यता रहँदै आएको अभिभावकहरू बताउँछन् ।
जिल्ला शिक्षा कार्यालय बारामा विद्यालय निर्माण, विकास, सुधारका लागि आर्थिक रकम आउने गरेपछि आर्थिक चलखेलले विद्यालयले पाउनुपर्ने रकम भ्रष्टाचार हुँदै दुब्लाउन पुग्दा विद्यालयको अवस्था दयनीय बन्ने गरेको छ । जिल्ला शिक्षा कार्यालयमा व्याप्त कमिशनको खेलले कतिपय प्रअ, विद्यालय व्यवस्थापन समितिका जिम्मेवार पदाधिकारीहरूलाई भने, चलखेल गर्ने मौका मिलेको स्रोतले जनाएको छ ।
२०६६ सालमा स्थापना भएको विद्या मन्दिर नेराप्राविमा कुल १२५ विद्यार्थी रहेका विद्यालयका प्रअ रामनारायण प्रसाद यादव बताउँछन् । जसमा ७५ प्रतिशत दलित रहेको उनले बताए । त्यसताका गाविस सचिव र सचेत स्थानीय बासिन्दाको पहलमा विद्यालय स्थापना भएको थियो । बाहिरबाट पक्की भवन देखिएपनि पानी पर्दा चुहिने समस्या रहेको प्रअ यादव बताउँछन् । त्यसमा पनि दुई वटा मात्र कोठा छ । विद्यार्थी अटाउँदैनन् । त्यसैमा अफिस सञ्चालन अनि बाल विकास केन्द्र पनि सञ्चालन गरिएको छ ।
विद्यार्थीलाई बस्न डेस्क, बेन्च त कहाँ हो कहाँ ? प्रत्येक विद्यार्थीले पलेटी कस्नका लागि किताबसँगै घरबाट बोरा, चटाई ल्याउनुपर्छ ।
पक्की भवनको बरन्डाभरि र छेउमा निर्मित खरको छाप्रोमा विद्यार्थीहरू पढ्छन् । पानी, हावा, हुरीमा विद्यार्थी, शिक्षकहरूको बिचल्ली हुन्छ– अभिभावकहरू बताउँछन् । विद्यालयमा एकजना प्रअ सरकारी दरबन्दीमा रहेपनि तीनजना शिक्षकले निजी स्रोतबाट तलब पाउनेगरी अध्ययन गराइरहेका छन् । जिशिअ कार्यालयलाई ताकेता गर्दा–गर्दा बल्लतल्ल विद्यालय भवन निर्माणका लागि रकम निकासा हुन्छ, त्यसमा जिल्ला शिक्षा अधिकारी, प्राविधिक, कर्मचारीलाई कमिशन दिनुपर्ने हुन्छ, जसले गर्दा प्रअ, विद्यालय सञ्चालक समिति विवादमा पर्ने गरेको पीडित प्रअ, समितिका पदाधिकारीहरू बताउँछन् ।
विद्यालयले पाउनुपर्ने रकममध्ये कम्तीमा २० देखि ४० प्रतिशत कमिशन बुझाउनुपर्छ । बचेको रकमले काम गर्दा भवन अधूरो हुने र विवाद निस्किने उनीहरू बताउँछन् । कागजमा प्रअ वा समितिका जिम्मेवार पदाधिकारीले सम्पूर्ण रकम विद्यालयको नाममा झिकेको देखाउनुपर्छ तर कमीशन बुझाउनुपर्ने रकमको प्रमाण, कागजात नहुने हुँदा कानुन र अभिभावकबाट समेत पीडित हुनुपरेको दु:खेसो प्रअ तथा ब्यवस्थापन समितिका पदाधिकारीहरू पोख्छन् । जसले गर्दा छानबिन हुँदा प्रअ, विद्यालय व्यवस्थापन समितिका जिम्मेवार पदाधिकारी कानुनी दायरामा पर्ने सम्भावना हुन्छ ।
यस्ता गैरकानुनी कार्यलाई राज्यले बेलैमा नियन्त्रण नगर्दा कमिशन दिनुपर्ने बहाना बनाउँदै प्रअ र समितिका जिम्मेवार पदाधिकारीसमेत मिलेर रकम झ्वाम्म पार्ने गरेको स्थानीय अभिभावकहरू बताउँछन् । त्यस्तैको बोलवाला बढेपछि सोझासाझा अभिभावकहरू विरोध पनि गर्न सक्दैनन् । विद्यालयजस्तो क्षेत्रमा चलखेलको फाइदा उठाउने कर्मचारी, शिक्षक समूहले शिक्षा क्षेत्रलाई बेहाल बनाउँदै विद्यार्थीहरूको जीवनसँग खेलवाड गरिरहेका छन् । जिल्लाकै कतियप विद्यालयका प्रअ हिसाब किताब बुझबुझारत नगरिकनै अर्को विद्यालयमा सरुवा हुने र गराइने प्रथाले पनि विद्यालय, शिक्षा क्षेत्रमा ठूलो समस्या देखिएको छ ।
एक वर्ष अघि रतनपुरी–४ स्थित मञ्जुश्री प्राविको खातामा रहेको रकम मध्ये १ लाख तत्कालिन प्रअ अम्ेरशकुमार पाण्डेयले विद्यालयकी शिक्षिका र व्यवस्थापन समितिको अध्यक्षको किर्ते हस्ताक्षर गरी झिकेको जिल्ला शिक्षा कार्यालय, जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालय बारामा उजुरी दिएका थिए ।
उजुरी दिएको महिनौं बितेपनि प्रहरी प्रशासनले छानबिन गर्न चासो देखाएको छैन । सम्बन्धित निकायले समयमैं छानबिन नगर्दा विद्यालय सञ्चालनमा समस्या आऐको छ भने दण्डहीनता मौलाउँदै गएको छ ।