प्रस, जीतपुर, १४ कात्तिक/
“मानव जातिको सबभन्दा ठूलो सम्पत्ति शारीरिक तन्दुरुस्ती हो । मानव स्वास्थ्यको लागि विश्वभरि हामी सेवारत छौं, नेपाल र नेपालीलाई रोगमुक्त बनाउने अभियानमा लागेका छौं ।” यस कार्यमा सबै पक्षको सहयोग जरुरी भएको महिला पतञ्जलि योग समिति नेपालकी प्रमुख हेमा ढु·ानाले आज जीतपुरमा आयोजित एक समारोहमा बताइन् ।
बारा उद्योग वाणिज्य सङ्घ, जीतपुरद्वारा आयोजित स्वागत कार्यक्रमका प्रमुख अतिथि ढु·ानाले नेपाल र नेपालीलाई रोगमुक्त तथा कृषि उत्पादन विकासको लागि काठमाडौं उपत्यका, विराटनगर, पोखरामा करिब एक सय बिघा खेती योग्य जग्गा खरिद भइसकेको र जडीबुटी उत्पादन तथा प्रशोधन भइरहेको र यस क्षेत्रमा पनि सोको उत्पादन, प्रशोधन, बिक्री गर्ने
लक्ष्य भएकोले इच्छुक नागरिकले सम्बन्धित निकायमा सम्पर्क गर्न आग्रह गरिन् ।
विश्व पतञ्जलि योग समितिका महामन्त्री बालकृष्ण शिरोमणि नेपाली भएकाले आफू जन्मेको नेपाल र नेपालीहरूलाई रोगमुक्त पार्न यो अभियान थालिएको बताइन् । आफ्नो जन्मथलो वीरगंज भएकोले यस भेगलाई रोगमुक्त गर्ने व्यक्तिगत स्वार्थ छ भन्दै यस काममा सक्दो सहयोग गर्ने महिला पतञ्जलि योग समिति नेपालकी प्रमुख हेमा ढु·ानाले सहभागीहरूलाई बताएको युवा पतञ्जलि योग समिति जीतपुरका अध्यक्ष मनोज कुमार शाहले बताए ।
सो स्वागत कार्यक्रममा बारा उद्योग वाणिज्य सङ्घ कलैयाका उपाध्यक्ष कपिलदेवप्रसाद यादव, निवर्तमान उपाध्यक्ष गणेशजीप्रसाद साह, बारा उद्योग वाणिज्य सङ्घ जीतपुरका सचिव रफिअहमद अंसारीले मन्तव्य व्यक्त गर्ने क्रममा पतञ्जलि योगले विभिन्न रोगीहरूलाई राहत भएको बताए ।
समारोहमा सिमरा जीतपुरका प्रहरी अधिकृतहरू प्रनि राजेन्द्र श्रेष्ठ, सप्रनि चन्द्रबहादुर खत्री, प्रनानि रविभूषण यादव, उद्योगी, व्यापारी, व्यवसायी, जनप्रतिनिधि तथा नागरिक समाज सहभागी रहेको युवा पतञ्जलि योग समिति जीतपुरका अध्यक्ष मनोजकुमार शाहले बताए ।
बारा उद्योग वाणिज्य सङ्घ जीतपुरका अध्यक्ष घनश्याम गिरीको सभापतित्व र उपाध्यक्ष सञ्जयकुमार साहको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको सामाचारमा जनाइएको छ ।