–कुमार रुपाखेती
नेपालीले हर्षोल्लासका साथ लामो समयसम्म मनाउने चाड बडादशैं हो।
लामो बिदा, आफन्तहरूको आगमन, रक्सी, मासु र तासको सङगम आदि इत्यादि कारणहरूले गच्छेअनुसार रमाइलो गरी मनाउने बडादशैं–२०६९ भर्खरै हामी माझबाट बिदा भएको छ। प्रत्येक वर्षभैंm यसपालि पनि वीरगंज नगरीमा देखिएका केही कुराहरू तल उल्लिखित छन्।
१) बहुचर्चित गहवामाई मन्दिर यस वर्षसमेत व्यवस्थित देखिएन। मन्दिर वरपर घटस्थापनादेखि नै फोहरका डुङ्गुर थुप्रिएको देखिन्थ्यो। तर वीरगंजेलीले आफ्नो घरदैलो आँगन सफा राखे।
२) दशैं मान्न नेपाल फर्कनेहरूलाई भारतीय लुटेरा र सुरक्षाकर्मीहरूले दु:ख दिने, लुट्ने गरेकाले यसपल्ट वीरगंज नाकाबाट नेपाल भित्रिनेहरूको सङ्ख्यामा वृद्धि भएको थियो। यसअघि पश्चिमी नेपाली नाका प्रयोग हुन्थ्यो।
३) सिलाएको लुगा महँगो हुने भएकोले यसपल्ट रेडिमेड कपडा धेरै बिक्यो । टेलर मास्टरहरूले कम काम पाए।
४) यसपल्ट कालाबजारी चरममा रहेकोले सबैथोक महँगोमा किन्नुपर्यो । कुखुरा र खसीको मासुमा समेत भाउ वृद्धि गरियो।
५) सुरक्षाकर्मीको सतर्कताका बाबजुद मेला अव्यवस्थित थियो। तर मेलामा चोरी चकारी भएन। बरु व्यवस्था मिलाउन महाअष्टमीका दिन मन्दिर क्षेत्रमा लाठीचार्ज गर्नुपरेको थियो।
६) गहवामाईलाई यस क्षेत्रकै धनाढ्य र सम्पन्न मन्दिर मानिन्छ। तर मन्दिरबाहिर गरिएको सजावट मन्दिर व्यवस्थापनले गरेको नभई स्थानीय श्रद्धालुहरूले प्रदीप किराना पसलको नेतृत्वमा गरेका थिए।
७) विगत वर्षभन्दा बढी बलि चढे पनि गहवामाईमा व्यवस्थित तर सुरक्षित काटमारको अभाव खड्कियो। वीरगंजको माउन्ट एडमन्ड स्कूल र जिल्ला प्रहरी कार्यालय परिसरमा लिङगेपिङ राखिएको थियो।
८) यसपटक वीरगंजमा मासु, मदिरा र तासको उल्लेखनीय खपत भयो। तर बजारमा रक्सी खाएर बहकेर हिंड्नेहरू न्यून थिए।
९) प्रतीक दैनिकको कात्तिक ४ गते शनिवारको कार्टुनले मगन्ते, घुमन्ते, फिरन्ते र लेखन्तेहरूलाई समेत प्रभावित गरेको देखियो। भीड होइन क्वालिटी जिन्दाबाद।
१०) मेलामा सहयोगी बनेका भातृ सङगठनका कार्यकर्ताहरूको ‘आम्दानी अठन्नी, खर्चा रुपैयाँ’ देख्दा अचम्म लाग्यो।
११) मेलामा टेन्ट राख्नेहरूले निकै ध्वनि प्रदूषण फैलाए। धर्म कमाउन सित्तैमा चना–चिउरा ख्वाउनेहरूबीच प्रतिस्पर्धा नै थियो । केहीले सित्तैमा पानी पनि पिलाए ।
१२) मेलाको फोहर उठाउन नगरपालिकाले कञ्जुस्याइँ गरेकोले टीकाको दिनसम्म मेलाको फोहर असरल्ल थियो। मेला भर्न आएका र फुटपाथे व्यापारीहरूले मूल सडकलाई नै शौचालय बनाएका थिए।
१३) दशैंको बेला मात्र देखिने र प्रेस काउन्सिलको कार्यालयमा मात्र पुग्ने पत्रिकाहरूले पत्रिकापसल सजिसजाउ थियो।
१४) स्थानीय पत्रकारहरूको यसपल्टको दशैं फिक्का भो रे। दिनेभन्दा लिने बढी भए रे। त्यस्तै बेला कुबेला प्रेस कन्फ्रेन्स, प्रेस विज्ञप्ति लिएर पत्रकारको घरदैंलो गर्नेहरू दशैंमा पत्रकार बन्धुहरूले खोज्दा नदारत थिए रे।
१५) धेरै ठाउँमा विज्ञापनलाई लिएर पत्रकार र व्यापारीबीच बाझाबाझ भयो। विवाद थियो ‘नभनेर किन विज्ञापन छापेको ?’ तथा ‘आदेश लिएर विज्ञापन छापेको हो’।
१६) भन्सार, मालपोत, कर कार्यालय, नगरपालिका, जिविस, जिप्रका र यस्तै सरकारी संस्थाका कर्मचारीहरूको चुरीफुरी यो दशैंमा उल्लेखनीय रह्यो। हुलाक, खानेपानी आदिका कर्मचारीहरूमा तुजुक देखिएन।
१७) स्थानीय पत्रकारहरूका अनुसार धेरै व्यापारीहरूले लिस्टअनुसार दशैं खर्च बाँडे रे। दशैं खर्च पाउने भाग्यमानी पत्रकारहरूको दररेट दुई सयदेखि लाखसम्म थियो रे। मलाई त सुन्दा नै अचम्म लाग्यो। यस्तो पनि हुँदोरै’छ ।
१८) यसपटक बिहारी पाकेटमारहरूले मेलामा त्यति विघ्न उधूम मच्चाउन पाएनन् तर भारतीय भिखारीहरूले मेला भर्न आउनेहरूलाई हायल–कायल पारे। यसपटक केहीले ‘शाकाहारी दशैं’ मनाए।
१९) नक्कली सामानलाई सक्कलीजस्तो बनाएर बेच्नेहरूले अष्टमी मेलामा लूट नै मच्चाए। बडादशैंको अवसरमा यहाँ पनि अरविन्द केजरीवाल उत्पत्ति होस् भन्ने धेरैको चाहना देखियो।
२०) यसपालि मेलामा केटाकेटीको खेलौना बेच्ने फुटपाथे पसलभन्दा भुजा र जिलेबीको पसल धेरै देखियो।
२१) चन्दा असुलेर माटोको दुर्गा बनाएर दुर्गापूजा गर्नेहरू यसपालि अलि हच्केको देखियो। यसपालि बकरीद र दशैं सँगसँगै परेकोले खसी खरिद गर्न मुसलमान र हिन्दू सँगसँगै देखिए । जुन राम्रो प्रसङग हो।
२२) भूमिगतरूपमा रकम असुल्ने गिरोहबाजहरूले यसपालि सबैभन्दा असली दशैं मनाए । भूमिगत भनिनेहरूसँग सम्बन्ध भएकाहरूले समेत यसपल्ट खास्साको दशैं मनाए।
२३) पूर्वलडाकू रामचन्द्र मैनालीले जनयुद्धपछि पहिलोपल्ट आमाको हातबाट टीका लगाए।
२४) कार्ड छापेर ‘शुभकामना’ दिने प्रचलन हराउँदै गएको छ। अब त मोबाइल, एफएम, टिभीमा शुभकामना दिने प्रचलन बढेको छ। वीरगंजमा फूलपातीको बढाइँमा पुरानो रौनक रहेन।
२५) यसपालि पनि थुप्रै प्रकाशन गृहहरूले पत्रकारहरूको पारिश्रमिक दिन कञ्जुस्याइँ गर्नाले लेखेर बाँच्नेहरूको दशैं कारुणिक बन्यो। नेता हुन निर्वाचन र पत्रकार हुन मात्र नागरिकता चाहिंदो रहेछ।
२६) दशैंको बेला वीरगंजमा त केही ठाउँहरूमा हकरहरूसमेत पत्रकार बने ।
२७) ग्रामीण मेलामा कुस्तीको प्रभाव अझै कायम रहेछ।
२८) वीरगंजको मेलामा भक्तजन श्रद्धालुहरूका साथसाथ प्रेमी, प्रेमिकाहरूको घुँइचोसमेत उत्तिकै थियो। दशैंभन्दा तीजको रौनक देखियो।
२९) हिमाञ्चल केबिनअगाडि मोहन मार्केटनजिकको ‘नैनसुख क्लब’ मा यसपल्ट ‘आँखाले मजा लिनेहरूको’ बिहान ५:०० बजेदेखि १०:०० बजेसम्म घुँइचो नै देखियो। यहाँ वीरगंजका पत्रकारहरूको जमघट सदाबहार रूपमा रहन्छ। यो क्षेत्रलाई नैनसुख क्लब नामाकरण स्थानीय पत्रकारहरूले गरेका हुन्।
३०) यसपटकको दशैं बिदा यो दशककै लामो बिदामा परेको छ। पहिलोपटक १० दिन दशैं बिदा परेको छ।
३१) यसपालि राष्ट्र बैंकले मनग्गै नयाँ नोट बाँड्यो। जुवाखालमा छ्यापछ्याप्ती नयाँ नोट देखिए। टीकाको थालमा पनि नयाँ नोटको गड्डीले धमाल मच्चायो।
३२) नेशनल ट्ेरडिङको छुटको विदेशी
रक्सीले यसपल्ट राम्रो बजार लियो । बारा जिल्ला लिपनी चैनपुरमा दुर्गा भवानीको दाहिने आँखाबाट आँसु झरेको चर्चा निकै चल्यो। धेरैले यसलाई अद्भूत घटना माने।
३३) दशैंको उपलक्ष्यमा दूषित मासु, दूषित रक्सी, नक्कली ब्रोडवे तास र मरेका प्रदूषित कुखुरा राम्रै खपत भयो।
३४) यसपल्ट दशैंमा फलफूलको दाम बढेको तथा दाम बढाइएका मिठाइहरूको स्तर र साइज घटेको थियो। तपाईं थाहा पाउनुभयो, दशैंको उपलक्ष्यमा कान्तिपुर दैनिकले सुन, चामल र दालको गोप्य व्यापार गर्न थालेछ।
३५) अष्टमी मेलामा यसपल्ट स्थानीय थोरै, ग्रामीण र विहार क्षेत्रबाट धेरै मान्छेहरू मेला भर्न आएका देखियो। बलिप्रथा हिंसासरह भएर पनि बलिप्रथामा कुनै कमी आएन।
३६) गहवामाई सञ्चालक समितिमा समेत फेरबदल भयो। मदन गुप्ताको ठाउँमा वसन्त अधिकारी आए। यसपटक अष्टमीसम्म उल्लेखनीय नगद, जिन्सी चढावा चढेछ।
३७) आफूलाई पुराना र रैथाने पत्रकार भन्ने एकजनाले बडादशैंको मौकामा आफ्नो मीनाबजारनिरको घर बेचेछन्। स्थानीय पत्रकारहरूको भैंmझगडा अहिले मत्थर भएको छ ।
३८) दशैंताका वीरगंज वरपर दुर्घटना न्यून भयो। तर दशैंमा मासु किन्न नसक्दा चितवन माडीका धनबहादुरले झुन्डिएर आत्महत्या गरे। उनी धेरै गरीब थिए।
३९) यसपल्टको दशैंमा मासुपसलेले डन्डी मारेर हैरान गरे। अनुगमन नहुँदा यस्ता तृतीय श्रेणीका ठगहरूले पूरा मूल्य लिएर कम तौल दिए।
४०) दूरसञ्चारपछाडि र माईस्थान मन्दिरपछाडिको गल्लीमा यसपटक करोडौंको खसी, बोका, परेवा, हास, कुखुरा बिके।
४१) के गर्नु पोथी बासेको राम्रो हुँदैन भन्छन्। यसपालिको दशैंमा हिसिला यमीले भनिछन्,“बाबुराम जोगी हुनुपर्ने मान्छे हो।”
४२) अनुमान गर्नुस् त यसपालिको दशैंमा वीरगंजमा रक्सी, मासु र तासमध्ये कुन बढी बिक्यो ? एक सर्वेक्षणअनुसार अन्य समयभन्दा १० गुणा बढी मगाइएका रक्सी, बियर यसपल्ट सबैभन्दा बढी बिक्यो।