- विनोद गुप्ता
यसपालिको दशैं मेरो लागि अत्यन्त उपलब्धिपूर्ण रह्यो । यस अर्थमा होइन कि हामीले धेरै खायौं–पियौ र मोजमस्ती गर्यौं । यस दशैं बिदाभरि घरमा बसिरहँदा अध्ययन र इडियट बक्स भनिने टेलिभिजनको कार्यक्रम निरन्तर हेरिरहँदा थाहा नभएका केही कुरा थाहा पाइयो । दशैं दुईवटा कारणले मनाइदो रहेछ । एउटा जगत्जननी माता दुर्गा भवानीबाट भएको महिषासुर वध र अर्को रावणको वधको लागि । पहिलो महिषासुर वधको लागि भगवान् शड्ढरले माता पर्वतीलाई अनुरोध गर्दै शक्ति प्राप्त गर्न आफ्नो वक्षस्थलमा पाइला टेकी अगाडि बढ्नुपर्ने शर्त राखेकोले माताले त्यसलाई आफ्नो पत्नी धर्म प्रतिकूल भएकोले यसलाई कदापि स्वीकार गर्न नसक्ने भनी अस्वीकार गर्नुभएको हो भन्ने कुरा थाहा पाइयो । आजसम्म ममा कमसेकम महिषासुर वधपश्चात् अन्य अनिष्ट नहोस् भनेर देवीलाई रोक्न महादेव अगाडि लम्पसार परेका हुन् भनेर मात्रै थाहा थियो । जे भए पनि माता पार्वतीको अस्वीकारलाई स्वीकारमा परिवर्तन गर्न महादेवले संसारको चर्चा गर्दै यसको सृष्टि, सञ्चालन र विकासको लागि ब्रह्मा, विष्णु एवं महेशको रचना गरेको र यी तीनै स्वरूपलाई निरन्तर शक्ति प्रदान गर्न लक्ष्मी, सरस्वती, शिवाको रचना भएको प्रस· उल्लेख गर्नुभएको पाएँ । शिवा को हुन् त भनेर विचार गर्दा कुनै आकार नभएका निराकार देवाधिदेव महादेवकी अर्धा·िनी नै हुनुपर्छ भन्ने लाग्छ । शिवाको पतिको स्वरूप ग्रहण गरेपछि महादेव शिव भएको हुनुपर्दछ भन्ने मेरो बुझाइ हो । यसै प्रस·लाई अगाडि बढाउँदै महादेवले जगत् जननी पत्नी मात्र नभएर माता हुनुभएकोले उहाँलाई मातृधर्मको सम्झना गराउँदा माता महिषासुर वधको लागि तयार भएर वध गर्नुभएको तथ्य उजागर हुन्छ । यसबाट कार्तिकेयको प्राणरक्षा हुन पुगेको हो । महिषासुर वधको लागि माता पार्वतीलाई मानसिक रूपले तयार गर्दा प्रभुले काम, क्रोध, लोभ, मोह र मायाको प्रस· कोट्याउँदै यी सबै आसुरी प्रवृत्ति मात्र नभई मानवोचित प्रवृत्ति भएकाले यसको जय वा पराजयको कुरा स्रोत र उद्देश्यमाथि निर्भर हुने भएकोले महिषासुरसँगको युद्धमा महिषासुर पराजित हुने तर्क अघि सारेर मातालाई युद्धको लागि उत्प्रेरणा प्रदान गरेको देखिन्छ । तसर्थ महिषासुर वधलाई प्रतीकात्मक रूपमा हेर्दा यसले नारी शक्तिलाई स्थापित गर्नुका साथै नारीको ‘अबला’ स्वरूपलाई अस्वीकार गर्दै लक्ष्य प्राप्त गर्न सही धारणा (त्जभ ब्ततष्तगमभ) बाट गरिने हरेक कार्यले जटिलभन्दा जटिल र विषमभन्दा विषम स्थितिको सामना गर्दै विजय प्राप्त गर्न सकिंदोरहेछ भन्ने सन्देश दिन्छ । हामीले अहिले नेतृत्व क्षमता विकास, उत्प्रेरणा र धारणाको आधुनिक व्यवस्थापन विज्ञानको मान्यतालाई महिषासुर वधको प्रस·सँग जोडेर हेर्दा व्यवस्थापन विज्ञान स्वयं नै हाम्रो धर्मग्रन्थबाट निस्सृत भएको हो जस्तो लाग्न थालेको छ मलाई । शायद हाम्रो धर्मग्रन्थको सूक्ष्म तत्त्वलाई बुझिएन वा बुझेर पनि यसलाई सही अर्थमा कुनै स्वार्थवश व्याख्या गरिएन, त्यसैले व्यवस्थापन विज्ञानलाई पश्चिमी सभ्यताको उत्पत्ति मानेर हामी र यसको अन्तहीन यात्रामा लागिपरेका छौं । हाम्रो धर्मग्रन्थहरूले समस्या पहिचान, योजना, नेतृत्व, धारणा एवं उत्प्रेरणाका मार्गदर्शक सिद्धान्तहरूका साथै प्रदान गर्ने ‘तनावमुक्त जीवनशैली’लाई नै आधुनिक व्यवस्थापनले त्भ्ल्क्क्ष्इल् ाच्भ्भ् :ब्ल्ब्न्भ्:भ्ल्त् को रूपमा अ·ीकार गरेर अहिले प्रयोगमा ल्याएको छ । त्यसैले ऋयचउयचबतभ ज्यगकभ हरूले आधुनिक व्यवस्थापनका साथ ध्यान, योग, विपश्यनाका अभ्यासहरू पनि सञ्चालन गर्न थालेका छन् ।
विजयादशमी मनाउने दोस्रो कारण रामको रावणमाथिको विजय हो । यसलाई हामी असत्यमाथि सत्यको विजयको रूपमा मनाउँदै आएका छौं । यस प्रस·मा प्रभु रामले रावणसँग युद्धको तयारी गर्न शक्ति प्राप्त गर्न नवौं दिन कुनै भेटी चढाउने वस्तु उपलब्ध नभएकोले आफ्नै आँखाको नानी अर्पण गर्ने तयारी गरिरहँदा ‘माता’ प्रकट भएर प्रभु रामलाई विजयको आशीर्वाद प्रदान गर्नुभएको थियो । भनिन्छ प्रभु रामसित यति शक्ति थियो कि उनले आफ्नो वाणको प्रहारबाट समुद्र यसपारिबाट नै लड्ढाको विध्वंश गर्न सक्नुहुन्थ्यो । तर यस्तो नगरी प्रभुले पवनपुत्र हनुमानको प्रयोग गरेर प्रतिपक्षी सेनाको बल आयुध, मानसिक अवस्था आदिको अनुमान गरेर योजना बनाई आफ्नो शक्तिको सन्तुलित प्रयोग गरेर संसारलाई शक्ति हुँदा ‘नमात्तिने’ प्रविधि र क्षमताको सन्तुलित उपयोगको पाठ दिनुभएको हो ।
माथिका दुवै पावन प्रस·लाई हामी उत्सवका रूपमा मनाउँछौं । तर वास्तवमा विचार गर्नुस् त के हामीभित्रको महिषासुर र रावण प्रत्येक वर्ष मनाइने विजयादशमीसँग थोरै भए पनि मर्दै गएका छन् ? हामी जति जति विजयोत्सव मनाउँदै छौं त्यति नै महिषासुर र रावणको प्रवृत्ति हामीभित्र सबल हुँदै गएको छ । काम, क्रोध, लोभ, मोह र माया मानवोचित प्रवृत्ति हुन् तर हामीभित्र इनको उद्गम इष्र्या, द्वेष र घृणाले हुन थालेको छ कि छैन ? यसरी आत्मिक सुख र शान्ति दिने यो पर्व अब क्रमश: नयाँ लुगा लगाउने, खानेपिउने, मोजमस्ती गर्ने उत्सवको रूपमा परिवर्तित हुन लागेको छ । मेरो तात्पर्य नयाँ लुगा नलगाउने, खानपिन, मोजमस्ती नगर्ने भन्ने कदापि होइन, बरु के मात्र हो भने यो सबै गर्दागर्दै प्रत्येक वर्ष हाम्रो सोचमा सकारात्मक परिवर्तन होस् घृणा, द्वेष, ईष्र्याबाट काम, क्रोध, लोभ, मोह र मायाको उत्पत्ति नभएर प्रेम, सुख, शान्ति र समृद्धिको लागि होस् र हामीभित्रको ‘म’ लाई ‘हामी’ मा परिवर्तन गर्न सकेमा सही अर्थमा हामीले नौ दिनसम्म पूजा गरेर प्राप्त गरेको शक्ति विजयादशमीका दिन ‘बहुजन हिताय बहुजन सुखाय’ मा परिणत भएको चरितार्थ गर्दै समाजबाट केही लिनुको सट्टा समाजलाई केही दिन सक्नेछौं र विजयादशमीको सार्थकता कायम हुनेछ ।