पहिले–पहिले मानिस आफ्नो आवश्यकताको वन्यसामग्री बडो कठिनाइका साथ बयलगाडा वा अन्य शक्तिशाली साधन प्रयोग गरेर गाउँ–घरसम्म ल्याउने गर्दथे । यद्यपि हिजोका मानिस अनुकूल हावापानी, भोजनको शुद्धता आदिले आजका भन्दा बलिया र सङ्घर्षशील थिए । कसैकसैमा अतुलनीय शक्ति हुन्थ्यो उसले जेसुकै गर्न सक्दथ्यो त्यो बेग्लै कुरा हो । कीकर (बबुल) को रूख नै उखेल्ने एकजना व्यक्ति थिए, उनको नाउँ नै पछि कीकर पहलवान रहन गयो । सामान्यत: मानिसहरू आफ्नो आवश्यकताको काठ–दाउरा ल्याउन ज·लसम्म कुनै ठूलै साधन लग्ने गर्दथे । आज काठ–दाउरा ल्याउन यी शक्तिशाली साधनको कुनै आवश्यकत पर्दैन । एउटा सानो साइकलमा पनि अपत्यारिलो किसिमले मानिसहरू ज·लबाट ठूला–ठूला फन्टा बोकेर ल्याउने गर्छन् । किनकि उनमा इच्छाशक्ति छ । त्यही इच्छाशक्ति हाम्रो प्रहरी जवानहरू, वन कार्यालयका कर्मचारीहरूमा हुँदो हो भने चोरी तस्करीका काठ–दाउरा समात्न उनीहरूलाई नागरिकको सहयोग, विदेशी गाडी र शक्तिशाली हतियार चाहिने थिएन ।
आज वन–ज·ल विनाश भइरहेकोबारे जताततै गुनासो सुनिन्छ । सरकारले सम्बद्ध निकायलाई पर्याप्त साधन–स्रोत नजुटाइदिएको आरोप लगाइन्छ । आज गाउँ–गाउँमा प्रहरी चौकीहरू खुलेका छन् । जति बढी सुरक्षा कर्मचारीको वृद्धि भइरहेको छ, वन–ज·लबाट चोरी तस्करी त्यति नै मात्रामा वृद्धि भइरहेको छ । यसरी चोरी–तस्करी वृद्धि हुनुमा चोर र सिपाहीको मिलोमतो त हुन्छ नै, सिपाहीको इच्छाशक्तिको कमी पनि मूल कारण हो । हिजो दाउरा ल्याउन छुट भएको बेला मानिसहरू सकी नसकी साइकल र आफ्नो शक्तिभन्दा बढी दाउरा ल्याएर शहर–बजारमा बेच्थे । अहिले अलि कडाइ भएको छ, शहरका कुनाकाप्चा भएर साइकलमा चढी दाउरा आइ नै रहेको छ । आज परिमाण कम हुनुमा दाउरा बेच्नेहरूको इच्छाशक्ति कम भएको होइन, अपितु कुनै इमानदार सिपाहीले नियन्त्रणमा लिन खोज्यो भने दाउरासहित साइकल कुदाएर भाग्न सजिलो होस् भनेर हो । तिनको इच्छाशक्ति यहाँ पनि कम देखिएन । सरकारको काम गर्ने अर्थात् सरकारी जागिरेहरूमा इच्छाशक्ति कम देखिनुमा नीति निर्माताहरूको दोष हो । काम गर्नेले जस नपाउने र लोलोचोपो गर्नेको उन्नति हुँदै जाने अवस्थाले यस्तो भएको हो । होइन भने हिजोको जनसङ्ख्याको तुलनामा आज सुरक्षाकर्मीको निकै वृद्धि भएको छ । तर पनि सुरक्षाको स्थिति दयनीय छ ।
मानिसको गलत क्रियाकलाप बढी सुरक्षाकर्मीबाट नियन्त्रण हुन सक्छ भन्ने गलत मानसिकता हामीकहाँ बसेको छ । सुरक्षाकर्मीको सङ्ख्या बढाएर अपराध वा गलत क्रियाकलाप रोकथाम हुँदैन । मानिसमा कानुन उल्लङ्घन गर्ने मनोवृत्ति बढेको र कानुनको भय नभएकोले यस्तो भएको हो । कानुनोल्लङ्घन गर्दा दण्डित हुनुपर्छ भन्ने निष्पक्ष उदाहरण पेश गर्न सकियो भने धेरै सुरक्षाकर्मीको आवश्यकता नै पर्दैन । उनीहरूलाई आवश्यकताभन्दा बढी साधन स्रोत पनि दिनुपर्दैन । एकताका ठाकुर राम क्याम्पसमा एकजना पियन थिए । उनी बरन्डामा निस्के भने विद्यार्थीहरू खुरुक्क कक्षामा पस्दथे । यस कारण होइन कि ती पियन शक्तिशाली पहलवान थिए, अपितु उनी निस्कनु विद्यार्थीहरूलाई अनुशासित राख्ने अपेक्षा निहित हुन्थ्यो । आज पियन त के प्राचार्य निस्के पनि कसैले टेरपुच्छर लाउँदैन । किनकि कानुन र मर्यादाप्रति विश्वास र आदरको अभाव भएको छ ।