दशैं समयावधिमा भएका दुर्घटनाहरूमध्ये मोटरसाइकल दुर्घटनाका समाचारले प्रमुखता पायो । आइतवार, १२ गते मात्र देशको थुप्रै ठाउँमा मोटरसाइकल दुर्घटना भएको छ । यीमध्ये एउटा मोटरसाइकल बसमा ठोकिएको छ, दोस्रो टायर गाडामा, तेस्रो भैंसीसँग, चौथो र पाँचौं आपसमा र एउटा तीव्रगतिका कारण दुर्घटनामा परेको छ । सानो, स्थानीय समाचारपत्रमा समेटिएका यी घटनाबाहेक देशभरिको तथ्याड्ढ निकाल्ने हो भने कहालीलाग्दो अवस्था देखिन सक्छ । सबै मोटरसाइकल दुर्घटना दिउँसो भएको हुँदा चालकले मादक पदार्थ सेवन गरेको भन्न सकिन्न । यी दुर्घटनामा दुई अलग–अलग ठाउँमा मोटरसाइकलमा सवार दुई महिलाको मृत्यु भएको छ । निश्चय नै यो खोजको विषय हो कि मोटरसाइकल कसरी बसमा ठोकियो, बसले सड्ढेत नै नगरी एक्कासि रोक्दा गति नियन्त्रण गर्न नसकेर मोटरसाइकल ठोकिन पुगेको हो कि ? वा बसले सड्ढेत दिंदादिंदै पनि मोटरसाइकल चालकले ध्यान नदिंदा वा ट्राफिकको ज्ञान नभएकोले दुर्घटना हुन पुगेको हो । जसरी सरकारले मोटरसाइकल चालकलाई हेलमेट लगाउन कडाइ गरेको छ, त्यसैगरी ट्राफिक नियमको जानकारी पनि हुनुपर्छ भनी कडाइ गर्न नसक्दा यस्ता दुर्घटना हुन्छन् ।
हाम्रा राजमार्गहरू त साँच्चै भन्ने हो भने दुर्घटनाका सबै सम्भावनाहरू बोकेर बसेको छ । राजमार्गहरूमा गाईवस्तुहरूलाई खुला छाड्नु पुरुषार्थ ठानिन्छ । शहरहरूमा सडकपेटीबाट नहिंडी मूल सडकमा जथाभावी हिड्नु शान मानिन्छ । मोटरसाइकलको हयान्डिल हातमा आएपछि मोटरसाइकलको क्षमताभन्दा बढी गतिमा कुदाउनु युवाहरूको शोख हुन्छ । आफूले कुनै नियमको पालना गर्नुपर्दैन, अरूले भने सबै नियम पालना गर्नुपर्छ भन्ने हाम्रो मानसिकता भएकोले पनि धेरैजसो दुर्घटनाहरू हुने गरेका छन् । हामीमा धैर्यको कमी छ, बिनासित्ति पनि अगाडि हुन खोज्ने हाम्रो मानसिकता बनेको छ । त्यसैगरी सवारीसाधनहरूमा नियमानुसार चाहिने उपकरणहरूको जहिले पनि कमी भएको पाइन्छ । राति हिंड्ने प्राय: गाडीहरूले डीपर प्रयोग गर्दैनन् । उनका टेललाइटहरू ब्रेक लगाउँदा बल्दैनन् । साइड लाइटहरू बेकम्मा भएका हुन्छन्, फेर्ने फुर्सत हुँदैन । आफ्नै सुरक्षा र लाभका लागि पनि नगरी नहुने कर्तव्य निर्वाहमा जब हामी पछि पर्छौं, दुर्घटना हुनु अवश्यम्भावी हुन्छ ।
यो सबै व्यवस्था हेर्ने, अव्यवस्था पन्छाउने जिम्मेवार निकाय ट्राफिक प्रहरी हो । ट्राफिक प्रहरीका पनि आफ्नै सीमाहरू छन् । पर्याप्त साधन, स्रोत र जनशक्तिको कमी छ । चाहे अनुसार सबै काम गर्न भ्याउँदैनन् । त्यसमाथि लोभानीपापानीले हाम्रो समाजको सबै अ· ग्रस्त छ, सबैभन्दा बढी नीतिनियामकहरू नै ग्रस्त छन् भने प्रहरी पनि यसै समाजको अ· हो । अन्य सबै निकायमा बेथीति र प्रहरीमात्रै चनाखो हुनुपर्छ भन्ने आग्रह पनि न्यायोचित होइन । समाजमा व्यवस्था बसाउन, प्रणालीमा हिंड्न त व्यक्ति–व्यक्तिमा विवेक हुनुपर्छ । नियम, कानुन र प्रहरी प्रशासनले गरेर मात्र सुव्यवस्था लागू हुन सक्दैन । यसका लागि नागरिक समाजसमेत सक्रिय र जागरूक हुनुपर्छ । नागरिक समाजलाई जागरूक र सक्रिय बनाउने जिम्मा राजनीतिक दलहरूको हो । तर दु:खको कुरो के छ भने हामीकहाँ सबैभन्दा बढी भाँडभैलो राजनीतिक दलहरूले नै गरिरहेका छन् । चाहिने नचाहिने सिफारिस उनीहरूलाई नै गर्नुपर्छ । उनीहरू नै सबैभन्दा बढी कानुन र नीति नियमको उपहास गर्छन् । राजनीतिक कार्यकर्ता नै जब नीति नियम उल्लङ्घनको पहिलो पात्र बन्छन् भने मुलुकमा तमाम किसिमका दुर्घटनाहरू भइरहन्छन् ।