प्रस, वीरगंज, ११ कात्तिक/
मुस्लिम समुदायको चाड ईद–उल– फित्र अर्थात् बकर ईद आजबाट शुरू भएको छ। मुस्लिम धर्मावलम्बीहरूले बकर ईद हर्षोल्लासका साथ मनाइरहेका छन्।
बकर ईद मुस्लिम समुदायले हज तीर्थाटन र बलिदानको रूपमा मनाउँछन् । रमजानको ठीक दुई महिना १० दिनमा मनाइने यो पर्वमा हज गर्न जान चाहने मुसलमानहरू साउदी अरबको मक्का र मदिना जाने गर्छन्।
यस्तै नेपालमा मुसलमानहरूले खसी, बोका, भेंडा वा बाख्राको बलि दिन्छन् भने अरबी मुलुकहरूमा भने ऊटको बलि दिने चलन छ। यो पर्व तीन दिनसम्म मनाइन्छ तर व्रत (रोजा) भने बस्नुपर्दैन । मुसलमान समुदायको महान् चाड बकर ईदको अवसरमा सरकारले आइतवार देशभर सार्वजनिक बिदाको घोषणा गरेको छ। ईद–उल–फित्र (बकर ईद)को आज पहिलो दिन हर्षोल्लासपूर्वक मनाइएको छ।
पर्साको ग्रामीण भेग लङगडी, सेढवा, पोखरिया, अलौं, बिन्दवासिनी, बहुअर्वाभाटा, भिस्वा, सोनवर्सालगायत नगरक्षेत्रमा मुर्ली, श्रीपुर, छपकैया, गण्डक–बहुअरीस्थित ईदगाहहरूमा मुस्लिम समुदायले नमाज अदा गरी पर्व मनाएका छन्। अल्लाहको आदेशअनुसार हजरत इब्राहिमले ८० वर्षको उमेरमा पाएको आफ्नो छोरा इस्माइललाई कुर्बानी दिन तयार भएपछि यो पर्वको सुरुआत भएको मानिन्छ।
इस्लाम धर्मावलम्बीको ‘इदुल आजाहा’ बकर ईद अरेबियन क्यालेन्डरको १२ औं महिनामा पर्छ।
इस्लाम धर्मावलम्बीले आज स्नान गरी पवित्र भई मस्जिदमा गई नमाज इदुल आजाहा पढेर घर फर्केपछि एकापसमा आशीर्वाद तथा शुभकामना आदानप्रदान गर्ने प्रचलन रहेको छ। साउदी अरबमा शुक्रवारदेखि नै शुरू भएको सो पर्व एसियामा भने एक दिनपछि पर्ने गर्दछ।
प्राचीन समयमा मक्कानजिक रहेको मिनाह भन्ने स्थानमा इब्राहिम अलेहिस सलामले आफ्ना छोरालाई अल्लाहको नाममा कुर्बानी (बलि) गरेको स्मरणमा खसी, बोका राँगालाई कुर्बानी गरी त्यसको एक भाग आफूलाई, एक भाग आफन्तलाई र एक भाग गरीबलाई बाँडेर खुसियाली मनाउने चलन रहेको नेपाली जामे मस्जिदका इस्लामगुरु नियाज अहमदले बताए।
इस्लाम धर्मावलम्बीले हजलाई धार्मिक पुण्यप्राप्ति गर्ने ठूलो अवसरका रूपमा लिने गरेको पाइन्छ र हजबाट फर्केका तीर्थयात्रीलाई हाजीको सम्मान प्रदान गर्ने गरिन्छ।
यो पर्वमा हज गर्न चाहने र पर्याप्त मात्रामा सम्पत्ति सञ्चय गरेका धर्मावलम्बीले मक्का र मदिनामा हज गर्ने गर्दछन् भने नेपालबाट पनि हज गर्नका लागि केही साता अघि ८०० भन्दा बढी धर्मावलम्बी सो स्थानमा गएको बताइएको छ। रासस