सुषमा शर्मा, वीरगंज, २४ असोज/
“यस्ता लेख्नेहरू धेरै आए, सोधपुछ पनि धेरैले गरे तर कसैले केही गर्न सकेन, हाम्रो दु:खलाई सुखमा परिवर्तन गर्न कसैले सकेन”, लाल पर्सा–७ की डोम समुदायकी महिला मायादेवीले सञ्चारकर्मीलाई देख्ने बित्तिकै गुनासो पोखिन् ।
लालपर्सा–७ मा डोम समुदायको पाँच घर छ । प्रत्येक घरमा ४–४ जना बालबालिका छन् । बालबालिका विद्यालय जाँदैनन् । उनीहरू आफ्ना बाबुआमाले गर्ने काममा सहयोग गरेर समय बिताउँछन् ।
बालबालिका विद्यालय किन नपठाएको भनी सोधिएको एक प्रश्नको जवाफमा एकजना डोम अभिभावक बताउँछन्– “बच्चाहरूलाई विद्यालय भर्ना गर्न विद्यालयले जन्म दर्ता माग्छ । हाम्रो बच्चाहरूको जन्म दर्ता छैन ।”
जन्म दर्ता गराउने प्रक्रियाबारे जानकारी नभएको र गाविस सचिवकोमा जाँदा कहिल्यै भेट नहुने उनीहरूको भनाइ छ ।
ज्याला मजदुरी बनिबुतो गरेर बिहान बेलुकीको छाक टार्नुपर्ने भएकोले पनि सचिव खोजेर बस्ने फुर्सद नभएको किसुन डोमले बताए । डोम समुदायलाई घरमैं आएर जन्म दर्ता, मृत्यु दर्ता तथा विवाह दर्ता बनाइदिने व्यवस्था सरकारले गरिदिए राम्रो हुने उनले बताए ।
त्यस समुदायका १६ बालबालिकामध्ये एकजना मात्र विद्यालय जाने गरेका छन् । उनको जन्म दर्ता रहेकोले विद्यालयमा भर्ना गरिएको नेरानिमाविका प्रधानाध्यापक नूरे आलमले बताए । सबै समुदायका बालबालिकालाई विद्यालयमा भर्ना लिने गरिएको तर जन्म दर्ता अनिवार्य रहेको प्रअ आलम बताउँछन् ।
डोम समुदायका सदस्यहरू भने सामाजिक विभेदका कारण डोम बालबालिकालाई विद्यालयबाट वञ्चित गराइएको आरोप लगाउँछन् । सो गाउँका चापाकलमा पानी भर्न डोम समूदायलाई पछि पार्ने, पसलमा सामान किनमेल गर्दा समेत टाढैबाट सामान दिने गरेको र सोही विभेदको उपज विद्यालयसम्म पुगेको उनीहरूको तर्क छ ।
विद्यालयका एक शिक्षकले भनसुन गर्ने र बोल्न सक्नेहरूका बालबालिकाको लागि बिना जन्मदर्ता भर्ना लिने गरेको र पछि जन्मदर्ता दिंदा पनि हुने बताए । प्रअ आलम भने उक्त कुरा अस्वीकार गर्छन् ।
उक्त विद्यालयमा जन्मदर्ता बिनाका बालबालिकाहरू पनि अध्ययन गरिरहेका र रजिस्ट्रेशन फारम भर्ने बखत मात्र जन्मदर्ता पेश गर्ने गरेको स्थानीय बासिन्दाले पनि बताएका छन् ।
तर जन्म दर्ताको प्रावधानबारे डोम समुदायलाई नै किन कडाइ गरिएको हो सोबारे आफूहरूलाई जानकारी नभएको उनीहरूको भनाइ छ ।
विद्यालयका प्रधानाध्यापक आलमले भने यस्ता झिनामसिना कुरालाई समाचार बनाउनुभन्दा विद्यालयमा विद्यार्थी धेरै तर शिक्षक कम भएको विषयलाई समाचार बनाइदिन आग्रह गरे ।