- सञ्जय साह ‘मित्र’
धानको रोपाइ सकिएपछि नेपालमा चाडपर्वको दिन शुरु हुन्छ । चाडपर्वहरू मानवीय समाज र संस्कृतिका वास्तविक सम्पत्ति हुन् । यो सामाजिक–सांस्कृतिक सम्पदाहरू दिन प्रतिदिन संसारबाट लोप हुने र नयाँ नयाँ चलनहरू आउने समाजको प्रवृत्ति हो । हरेक समाजले नयाँपन चाहेको हुन्छ । नयाँपनको खोजीमा कोही पूरै अरूलाई नै अ·ीकार गर्न सकेको हुन्छ, यस प्रकारको अन्धानुकरणले सम्बन्धित समाजको स्वत्व लोप भएर जाने डर हुन्छ । कतिपयले सिर्जनात्मक अनुकरण गर्दछ जो कालान्तरमा कोलाज बन्न जाने हुन्छ । कतै यस्तो पनि देखिएको छ कि धेरै नक्कल हुने समाजबाट पनि अनुकरण भइरहेको हुन्छ । अहिले के सुनिन थालिएको छ भने पाश्चात्य जीवनमा साडी, सिउँदोमा सिन्दुर, चुरा, निधारमा रातो वा पहेंलो टीकाजस्ता कुरा देखिन थालिएको छ रे । यो फेसनमात्र पनि हुन सक्तछ वा पूर्वीय जीवन पद्धतिले मोहनी लगाएको पनि हुन सक्छ । सिन्दुर, साडी र चुरामा बाँधिएकी महिलामा पतिप्रति हुने असाधारण आस्थाले आकर्षण गरेको हुन सक्छ । कतिपयले निहुरेर गुड मर्निङ गरेको पनि देखिन्छ रे । पूर्वी एसिया मुख्य गरी जापानमा अभिवादन गर्दा शिर झुकाउने चलन उत्कर्षमा छ । दक्षिण एसियामा नमस्कार वा प्रणाम भन्दा पनि अब शिर ठाडै रहन्छ । हामीले बिस्र्यौं वा पूर्वले सिकायो भन्ने होइन । नयाँलाई अन्धानुकरण गर्नैपर्छ भन्ने होइन, पुरानोको गुण दोष केलाएर छाड्ने वा गर्वले शिर ठाडो पारेर सम्मान गर्ने भन्ने कुरो हामीले निर्णय गर्ने हो । यही कुरामा ध्यान दिन केही पछाडि परेजस्तो भएको छ ।
बसाइँ सरेर जाने विश्वव्यापी प्रवृत्तिले गर्दा अब कुनै पनि चाडपर्व कुनै एक ठाउँमा मात्र सीमित रहेन । दीपावली, दशैं र होलीजस्ता चाडपर्वहरू यतैबाट गएकाहरूले विदेशमा पनि लगेका छन् । लोकपर्व छठलाई पनि विश्वका धेरै देशका नागरिकले मान्न थालेको देखिएको छ । हो, यसै कारण के भनिन्छ भने मानिस कतै आफूमात्र जाँदैन, उसले आफूसित आफ्नो संस्कृति र भाषालाई पनि लगेको हुन्छ । संस्कृति मानिसको हार्दिकतासँग सम्बन्धित हुने भएकोले सितिमिति कुनै मानिसबाट यो हराइहाल्दैन । मानिस जहाँ पुग्छ त्यहाँ उसले आफूलाई समायोजन त गर्न खोजेको हुन्छ नै, मौका पाउनासाथ आफ्नो विगतलाई पनि मित्र बनाउँछ । विदेशमा एक्लै दुक्लै हुँदासम्म आफ्ना चाडपर्वहरू उतिसारो महत्त्वपूर्ण लाग्दैन । फेरि एक्लैदुक्लै कुनै चाडपर्व मनाउँदा हाँसको बथानमा बकुल्लो हुन जाने डर पनि हुन्छ तर सयौं, हजारौं र लाखौं मानिसहरू समान संस्कृतिका कुनै ठाउँमा भएपछि आफ्नो संस्कृतिलाई मान्ने वातावरण बन्छ र एकापसमा भेटघाटको राम्रो अवसर पनि संस्कृतिले जुटाइदिन्छ । उसो त हामीकहाँ पनि हाम्रा चाडपर्वहरू हाम्रा लागि भेटघाट र मिलनका पर्वहरू नै बन्ने गरेका छन्् । चाडपर्वको उल्लासले सबैलाई सामूहिक रूपमा उल्लसित तुल्याउने गर्दछ र यसको महत्त्व यसै कारण बढी हुन्छ । यस्ता चाडपर्वहरूले सामूहिक रूपमा सबैलाई उल्लसित तुल्याउँछ अर्थात् सर्वजन हिताय गर्दछ । यस कारण चाडपर्वले सर्वजन हिताय र सर्वजन सुखायको सन्देश दिन्छ ।
सर्वजन हिताय र सुखायको परिदृश्य सरसफाइमा पनि देखिन्छ । हामीकहाँको चाडपर्वमा सफाइको सबै रूप देख्न पाइन्छ । मानिसले चाडपर्वको प्रकृति हेरी मन र शरीर दुवै शुद्ध पार्न खोज्छ । के भने पर्व आउनुभन्दा केही दिन पहिलेदेखि शाकाहारी पनि बन्छ र सनातन नियर्म अवलम्बन गर्न थाल्छ । चाडपर्वमा नयाँ वा सफा कपडा लगाउने चलन पनि छ । नयाँ कपडाको तात्पर्य पनि पर्वमा सफा र शुद्ध हुनुपर्छ भन्ने नै हो । अर्थात् व्यक्ति चाडपर्वमा शारीरिक र मानसिक दुवै किसिमले शुद्ध हुनुपर्छ भन्ने परम्परागत प्रवृत्ति समाजमा विद्यमान छ । हामी बढी आधुनिक भएर जुनसुकै चाडमा पेय पदार्थ सेवन गर्दछौं र पर्वको संस्कृति र परम्परा अर्थात् संस्कारलाई प्रदूषित बनाउँछौं । कतिले यथार्थलाई नबुझी वा बुझ्नेमध्ये केहीले बेवास्ता गरी जानीजानी परम्परा बिगार्दछन् । संस्कार र संस्कृतिमा रहेका नराम्रा पक्ष सुधार गरेर राम्रा बनाउनुको सट्टा राम्रा पक्ष र कुरालाई पनि बिगारेर, देखिएका विकृतिलाई नै बढाएर संस्कृतिलाई झन् बिगारिरहेका छौं हामी नै । हाम्रो संस्कृतिले हामीलाई भित्र र बाहिर दुवैतिर सफा राख्न र रहन सिकाएको छ । हामी जति शिक्षित र तालिमप्राप्त अर्थात् प्रमाणपत्रधारी बन्दैछौं, उतिनै सांस्कृतिक र्हास किन भइरहेको छ भन्ने कुरोतिर सोच्न सकेका छैनौं । यसले हामी एकातिर प्रमाणपत्रले सफा भइरहेका छौं भने अर्कोतिर सांस्कृतिक प्रदूषण फैलाउने सामाजिक कार्यकर्ता पनि बनेका छौं । हैनभने कसको पालामा हाम्रो संस्कृति प्रदूषित भयो भनेर पत्ता लगाउने वा सोच्ने जिम्मेवारी पनि हाम्रै हो भन्ने जस्तो लाग्छ मलाई ।
हाम्रो समाजमा चाडपर्वको आगमन हुन थालेपछि सरसफाइको अर्को रूप पनि देखिन्छ । त्यो हो देखावटीजस्तो बन्दै गएको घरको लिपपोत र सरसफाइ । चाडपर्वको स्वागत गर्न ग्रामीणहरू निक्कै उत्साहित हुन्छन् । तर शहरतिर यो देखासिकीमा परिणत हुन थालेको अनुभूति हुन्छ । हरेक वर्ष घरको बाहिरको लिपपोत गरेर सफाइको प्रक्रिया त पूरा गर्छन् तर चाडपर्वको मर्म भने पूरा हुन पाउँदैन । अर्थात चाडपर्वले शरीर र मनमात्र नभएर वातावरणसमेत शुद्ध बनाउने अनि व्रत तिहार मान्दा पवित्रताले फल प्राप्तिको मार्ग प्रशस्त गर्दछ भन्ने बाटो देखाएकोमा आधुनिकहरू यसमा पनि डेढ अक्कल लगाइदिएर घरको बाहिरी आवरण त राम्रोसँग र·ाउँछन् तर वातावरण भने निकै फोहोर भएको वा बनिरहेकोतिर ध्यान दिंदैनन् । कुरो के भने जहाँ पायो त्यहीं फोहोर फालिदिने, घरको अगाडि तथा सडकमा फोहोरको डुङ्गुर लगाइदिने, नालाहरूमा जे पायो त्यही फालिदिने र डढाएमा फोहोर हुने तथा फालेमा गन्हाउनेजस्ता पदार्थको ख्याल नगर्ने हुनाले शहर भनेको देखावटीमा सीमित बनेको देखिन्छ । एक किसिमले शहरिया चाडपर्व नौलो संस्कृति निर्माणतिर लागेको छ जो आफ्नो होइन वा होको दोधारमा सधैं आधुनिकताको नाउँमा आफ्नोपन र मौलिकताबाट दिन प्रतिदिन टाढा हुँदै गइरहेको छ । यसै कारण शहरियाहरू कुनै गाउँमा जाँदा त्यहाँको पर्व उनीहरूलाई नौलो लाग्छ वा आफ्नोपनको अनुभूति हुँदैन । अर्थात् वास्तविकता पत्याउन छोड्ने, वास्तविकलाई नै नक्कली ठान्ने पुस्ताको निर्माण शहरले गरिरहेको छ ।
सरसफाइको महत्त्व जहाँ पनि र जहिले पनि रहेको छ । हाम्रा चाडपर्वहरू देखावटीरूपमा मनाइन्नन् । कतिपय पर्वहरू आध्यात्मिक दृष्टिले महत्त्वपूर्ण छन्, त कतिपय चाहिं आस्थाका दृष्टिले । हरेक समाजमा अनेक दृष्टिले महत्त्व राख्ने पर्वहरू रहेका छन् तर हामीले परम्पराबाट प्राप्त गरेका हाम्रा पर्वहरूले हामीलाई एकातिर शरीर र मन दुवै शुद्धिका सन्देश दिन्छन् भने अर्कोतिर घरभित्र र बाहिरका साथै वातावरणको शुद्धता र पवित्रताको सन्देश दिने हुनाले हाम्रा चाडपर्वहरू वैज्ञानिक दृष्टिले समेत निकै महत्त्व राख्दछन् । चाडपर्वसित जोडिएर आउने सरसफाइले झाराटराइ अर्थ राख्दैन, यसले के बताउँछ भने समाजमा स्वस्थ र सुन्दर बनिरहने तथा देवदेवी सरहको कल्पना र जीवन व्यतीत गर्न चाहने हो भने सबैले चाडबाडमा जस्तो व्यवहार गर्नु आवश्यक छ । दैनिक जीवनमा आत्मशुद्धि र बाहिरी शुद्धि जरुरी छ । आत्मशुद्धिभन्दा बाहिरी अर्थात् देखावटीपन कुनै पनि किसिमले अगाडि हुन सक्दैन । हाम्रो संस्कृति र समाजलाई आवरणमा मात्र बुझ्नेहरूले अर्थात् समाजका अबुझ बुझक्कडहरूले आफ्नो मनको फोहोर समाजमा फालेर समाजलाई प्रदूषित बनाइरहेको देखिरहेका छौं । यद्यपि हाम्रा चाडपर्वहरूले यस्ता सबै किसिमका फोहोरबाट समाजलाई सफा राख्नुपर्ने सन्देश दिइराखेकै छन् नि, हैन र ? अस्तु १