प्रधान सम्पादकज्यू,
पत्रिका पढौं, रेडियो सुनौं अभियानका लागि नयाँ पुस्ताका लागि चन्द्रकिशोर झा सरको नियमित स्तम्भ कबिरा खडा बजारमा प्रकाशित ‘पत्रिका पढौं, रेडियो सुनौं’ प्रति केही प्रस· जोड्न चाहन्छु । वास्तवमा पाठकको सङ्ख्यामा कमी र पत्रिका अध्ययनप्रति कमी आएको होइन यो बढेकै छ । तर, क्रेता पाठकको सङ्ख्यामा कमी आएको छ ।
विशेषत: बारा, पर्सामा पत्रिका पढ्ने बानीको विकास जुन अनुपातमा हुनुपर्ने हो त्यो भएको छैन । पत्रिका पढ्ने बानीको विकास एकैपटकमा हुने होइन अध्ययनको निरन्तरता, बालबालिकालाई विषयगत ज्ञानबाहेक पनि अध्ययनका साम्रगीहरू उपलब्ध गराउनुपर्दछ । कतिपय अभिभावकहरूले बालबालिकाका लागि पत्रपत्रिका घरमा लग्छन् । मासिक बालपत्रिका मुना, कान्तिपुरको कोपिला वा नागरिकको जुनकिरी हामी हाम्रा बालबालिकाका लागि लग्ने र उनीहरूलाई अध्ययनको बानी बसाले यसले भोलिको हाम्रो समाजमा अध्ययनशील पुस्ताको आगमन हुन्छ ।
अब स्थानीय पत्रिकाको सन्दर्भमा समाजले स्थानीय पत्रिकालाई पत्याएकै छ तर पत्रिकाले त्यो विश्वासअनुसारको साम्रगीहरू दिन सकेका छैनन् । केही पत्रिकाबाहेक अधिकांश पत्रिकाले दलगत, व्यक्तिगत आग्रह पूर्वाग्रहबाट प्रभावित भई समाचार सम्प्रेषित गरिरहेका छन् वा अनलाइनबाट कपी पेस्टको भरमा पत्रिका प्रकाशित भइरहेका छन् । स्थानीय पत्रिकाको विषय कमिटी गठन, विस्तार, उद्घाटन आदिबाट बढ्न सकेको छैन । स्थानीय आकर्षणका विषयहरूमा कलम चलाउन कन्जुस्याइँ गर्छन् ।
रेडियोको सन्दर्भमा काठमाडौंबाट प्रसारित हुने रेडियो कार्यक्रमहरूमा विविधता छ तर स्थानीय रेडियोले स्थानीयस्तरमा गीत स·ीतका कार्यक्रमबाहेक स्थानीय स्तरीय कार्यक्रम उत्पादनमा अग्रसरता देखाउँदैनन् । काठमाडौंबाट प्रसारण हुने समाचारमा नै स्थानीयको प्रमुख आकर्षण रहन्छ । त्यसभन्दा माथि हामी उठ्न सकेका छैनौं ।
अन्त्यमा इन्टरनेटमा स्थानीयबाहेकका सबै समाचारको सर्वसुलभता र बदलिंदो नयाँ पुस्ताको कारण पनि पत्रिका अध्ययन र रेडियो आकर्षणमा कमी आएको हो जस्तो लाग्छ ।
विवेक बस्नेत, कलैया–७, बारा