- फुलमहम्मद मिया
नेपालमा रेडक्रसको आवश्यकता धेरै अघिदेखि महसुस हुँदै आएको थियो र विभिन्न समयमा नेपालमा रेडक्रसको स्थापना गर्ने प्रयास हुँदै आएकोमा वि.सं. २०२० साल भाद्र १९ गते नेपाल रेडक्रसको निम्ति ऐतिहासिक दिन साबित भयो । २०२० भाद्र १९ गतेका दिन तत्कालीन श्री ५ को सरकार स्वास्थ्य मन्त्रालयको आह्वानमा तत्कालीन स्वास्थ्यमन्त्री डा. नागेश्वरप्रसाद सिंहको सभापतित्वमा बसेको सभाले तत्कालीन अधिराजकुमारी प्रिन्सेप शाहको अध्यक्षतामा नेपाल रेडक्रस तदर्थ समिति गठन गरेको थियो ।
संस्थाको स्थापना नेपालको निम्ति समयको माग भएकोले नेपाल रेडक्रसको स्थापनालाई नेपालीहरूले स्वागत गर्नु स्वाभाविक थियो । नेपाल रेडक्रस तदर्थ समितिद्वारा उठाइएका कदम अनुरूप वि.सं. २०२० माघ २४ गते (७ फ्रेब्रुअरी १९६४) मा श्री ५ को सरकारले जेनेभा कन्भेन्सन (जेनेभा लोकसम्मति) मा हस्ताक्षर गरी अनुमोदन पाएपछि तदर्थ समितिले साधारणसभा बोलाई रेडक्रस केन्द्रीय कार्यसमितिको निर्वाचन हुनुभन्दा अघि प्रशस्त मात्रामा साधारण सदस्य बनाउने काम भयो ।
सन् १९६४ को अप्रिल महिनामा लिग अफ रेडक्रस सोसाइटी (रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासङ्घ)को पहिलो प्रतिनिधि मोनी निस्काननले नेपाल भ्रमण गर्नुभई नेपाल रेडक्रसको प्रारम्भिककालको अध्ययन गर्नुभयो । उहाँले नेपालमा स्थापित नेपाल रेडक्रसको प्रारम्भिक गतिविधि सन्तोषप्रद पाउनुभयो । उहाँको अध्ययन–भ्रमण नवजात संस्थाको निम्ति अति उपयोगी सिद्ध भएको थियो ।
यसैगरी नेपाल रेडक्रसको निम्ति ८ मे १९६४ पनि अविस्मरणीय दिन हुन पुग्यो । त्यस दिन तत्कालीन राजा श्री ५ महेन्द्र त्रिपुरेश्वरस्थित नेपाल रेडक्रसको सानो कार्यालयमा सवारी भई पीडित मानवताको सहायतार्थ रक्तदान गरिबक्स्यो । यसरी मौसूफ सरकारबाट नेपालमा रेडक्रसद्वारा सञ्चालित रक्तदान अभियानको शुभारम्भ गरिबक्स्यो ।
नेपाल रेडक्रसको इतिहासमा २०२१ असार २८ गते (११ जुलाई १९६४) लाई अर्को महत्त्वपूर्ण दिन मान्नुपर्दछ । त्यसैदिन नेपाल रेडक्रसको तत्कालीन विधानअनुसार केन्द्रीयसभाको निम्ति चुनाव सम्पन्न भयो । त्यसपछि उक्त सभाले तत्कालीन श्री ५ अधिराजकुमारी प्रिन्सेस शाहलाई रेडक्रसको अध्यक्ष पदमा सर्वसम्मतिले चुन्यो । नेपाल रेडक्रसको गठन तथा गतिविधि सँगसँगै यसको राष्ट्रिय–अन्तर्राष्ट्रिय मान्यताका लागि पनि त्यतिकै प्रयास गरिंदै थियो । तदनुरूप वि.सं. २०२१ साउन १५ गते नेपाल रेडक्रस काठमाडौं मजिस्ट्रेट अफिसमा दर्ता भयो र दर्ता प्रमाणपत्र नं. १/०२१ प्राप्त गर्यो ।
वि.सं. २०२१ असोज १६ गते (१ अक्टोबर १९६४) नेपाल रेडक्रस सोसाइटीलाई रेडक्रसको अन्तर्राष्ट्रिय समिति (क्ष्लतभचलबतष्यलब िऋयmmष्ततभभ या तजभ च्भमऋचयकक)ले मान्यता प्रदान गर्यो । नेपाल रेडक्रसलाई लिग अफ
रेडक्रस सोसाइटी (हालको रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासङ्घ) को सदस्यता सोहि दिन प्राप्त भएको थियो । १९६४ अगस्त महिनामा भियनामा भएको अन्तर्राष्ट्रिय रेडक्रसको बीसौं अधिवेशनमा नेपाल रेडक्रसको प्रतिनिधिमण्डलले पहिलोपटक भाग लियो । यस अवसरमा बसेको बोर्ड अफ गभर्नर्सको बैकठले अन्तर्राष्ट्रिय रेडक्रस र लिग अफ रेडक्रस सोसाइटी (हालको रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासङ्घ) ले नेपाल रेडक्रस सोसाइटीलाई प्रदान गरेको सदस्यतालाई अनुमोदन गर्यो ।
नेपाल रेडक्रसको विकास हुँदै आइरहेको थियो । यसैबीच तत्कालीन श्री ५ महेन्द्रबाट सङ्घीय गणतन्त्र जर्मनीको राजकीय भ्रमण सम्पन्न भएको थियो । त्यस यात्राको समयमा नेपाल रेडक्रसका निम्ति ४ वटा एम्बुलेन्स गाडी मौसूफमा उपहारस्वरूप प्रदान गरिएको कुरा उल्लेखनीय छ । राजाबाट ती एम्बुलेन्सहरू रेडक्रसका अध्यक्षलाई हस्तान्तरण गरिबक्स्यो । यसरी नेपालमा ‘रेडक्रस अभियान’ शनै:शनै: विस्तार भयो ।
नेपाल रेडक्रसको स्थापनाले अन्तर्राष्ट्रिय रेडक्रसको इतिहासमा नयाँ अध्याय थपेको छ भन्दा अत्युक्ति हुनेछैन । रेडक्रसका साझा सिद्धान्त मानवता, निष्पक्षता, तटस्थता, स्वाधीनता, ऐच्छिक सेवा, एकता र विश्वव्यापकतालाई अँगालेर संसारमा यो संस्था अग्रसर भएको छ ।
सबै धर्मावलम्बीहरूले रेडक्रस र यसका विश्वव्यापी सिद्धान्त अँगालेका छन् । बौद्ध, हिन्दू, क्रिश्चियन, कन्फ्युसियन, जुडाइस्ट, मोहम्मद, पारसी, सिख, शिन्तोइन्ट, तालोइन्ट, इत्यादिले रेडक्रसका सिद्धान्तलाई स्वीकार गरी सदस्यता ग्रहण गरेको हामी पाउँछौ ।
यो विश्वव्यापक मानवीय संस्था नेपाल अधिराज्यमा पनि सक्रियताका साथ अग्रसर हुनु सम्पूर्ण रेडक्रसकर्मीको लागि खुशीको कुरा हो ।
त्यसैले भदौ १९ गते प्रत्येक वर्ष नेपाल रेडक्रस दिवसको रूपमा मनाउँदै आइएको छ । नेपालको ७५ वटै जिल्लामा शाखा स्थापना भई सबैभन्दा ठूलो सञ्जालको मानवीय सेवा गर्ने संस्थाको रूपमा अगाडि रहेको र हरेक क्षेत्रमा सेवा प्रदान गर्दै आएको छ ।