– डा. रवीन्द्रकुमार ठाकुर
हामीमध्ये धेरैजसो मान्छेले डिप्रेसन रोगको नाउँ अवश्यक सुनेका छौं र मनोचिकित्साको क्षेत्रमा यो एउटा प्रचलित रोगको नाम हो । आखिर डिप्रेशन के हो ? यो किन हुन्छ ? र यसलाई कसरी थाहा पाउने भन्ने जिज्ञासा हुनु स्वाभाविक हो । विश्व स्वास्थ्य स·ठनको आँकडा अनुसार हाल संसारभरि बार्ह करोडभन्दा बढी मान्छे यो रोगबाट पीडित छन्, जसमध्ये पचीस प्रतिशत मान्छेमात्र सही उपचार पाइरहेका छन् । वर्तमान समयमा यो रोग संसारको चौथो ठूलो स्वास्थ्य समस्या हो र सन् २०२० सम्म दोस्रो ठूलो स्वास्थ्य समस्या हुनेछ । हाम्रो देश नेपालमा पनि पुरानो आँकडा अनुसार चारदेखि छ प्रतिशत मान्छे यस रोगबाट पीडित छन् । अत: हामीकहाँ पनि यो ठूलो जनस्वास्थ्य समस्याको रूपमा देखा परिरहेको छ । देशको लागि एउटा आर्थिक बोझ हो किनभने यो रोग लागेमा उपचार खर्चबाहेक मान्छेमा काम गर्ने क्षमतामा धेरै कमी आउँछ ।
डिप्रेसन के हो ?
हाम्रो मन सदैव एकनासको हुँदैन । कहिले हामीलाई खुशी लाग्छ त कहिले निराश हुन्छौं । परीक्षामा फेल हुँदा, आर्थिक हानि–नोक्सानी हुँदा, पारिवारिक सम्बन्ध बिग्रँदा, परिवारमा कुनै सदस्यको मृत्यु हुँदा, मन दु:खी हुनु स्वाभाविक हो तर यसलाई रोग भन्न मिल्दैन । केही दिनपछि यो सन्चो भएर जान्छ । यदि कुनै व्यक्तिको मन दुई वा दुई हप्ताभन्दा बढी खिन्न वा उदास रहन्छ भने त्यसलाई डिप्रेसन भनिन्छ । यो एक किसिमको मनको रोग हो । एउटा प्रश्न उठ्न सक्छ कि सामान्य उदासीनता र डिप्रेसनलाई कसरी छुट्याउने ? डिप्रेसन कडा खाले हुन्छ र लामो समयसम्म रहन्छ र व्यक्तिको दैनिक क्रियाकलाप र सामाजिक जीवनमा असर पारेको हुन्छ ।
डिप्रेसन जुनसुकै उमेरको मान्छेलाई हुन सक्छ यो बच्चा, वयस्क, बुढापाका कसैलाई पनि हुन सक्छ तर प्राय:जसो २० देखि ४० वर्षको उमेरमा बढी देखा पर्दछ । पुरुषको तुलनामा महिलामा यो रोग दुई गुणा बढी हुन्छ र कुनै पनि जात, धर्म र वर्णको मान्छेलाई हुन सक्छ ।
डिप्रेसन के कारणले हुन्छ ?
अहिलेसम्म यसको सही कारण थाहा हुन सकेको छैन तर विभिन्न मनोवैज्ञानिक, सामाजिक र जैविक कारणहरूलाई दोष लगाइएको छ ।
यो रोग वंशानुगत कारणले पनि हुन सक्छ । यदि आमा–बुवामध्ये एकजनालाई डिप्रेसन छ भने १५ प्रतिशत र दुवैजनालाई छ भने ५०–७५ प्रतिशत सन्तानमा हुने सम्भावना हुन्छ । तर यसको लागि कुन जीन वा क्रोमोजोम दोषी छ भन्ने थाहा हुन सकेको छैन ।
मस्तिष्कमा पाइने विभिन्न रसायन जस्तै: सेरोटोनिन, इपिनैफरिन, नौरइपिनैफरिन तथा डोपामिनको कमीले गर्दा पनि यो रोग हुन सक्छ । शरीरमा पाइने विभिन्न प्रकारका हार्मोनले समेत यस रोगमा असर पारेको हुन्छ । ओसट्रोजिन हार्मोनले मन नियन्त्रण गर्न ठूलो भूमिका खेलेको हुन्छ । त्यस्तै टेसररोन हार्मोनको कमीले पनि यो रोग हुन सक्छ । यो लेखमा मैले जैविक पक्षभन्दा पनि सामाजिक र मनोवैज्ञानिक कारकहरूमाथि बढी ध्यान केन्द्रित गरेको छु । डिप्रेसनलाई बढावा दिने विभिन्न सामाजिक तथा मनोवैज्ञानिक कारणहरू छन्:
१) महिला
२) आमा–बुवामा डिप्रेसन रोग हुनु
३) पहिले पनि यस रोगबाट पीडित हुनु
४) सामाजिक सहायताको अभाव हुनु
५) मानसिक तनाव हुनु
६) रक्सी तथा लागू पदार्थको सेवन गर्नु
७) सामाजिक तथा आर्थिक अवस्था धेरै कमजोर हुनु
८) विधवा, पारपाचुके तथा पारिवारिक सम्बन्ध बिग्रनु तथा प्रेम बिछोड हुनु ।
९) परिवारमा कसैको मृत्यु हुनु, जागिर, इज्जत वा सम्पत्तिको नोक्सानी हुनु
१०) यौन शोषण इत्यादि ।
डिप्रेसन कसरी थाहा पाउने ?
डिप्रेसन विभिन्न लक्षणहरूको आधारमा पहिचान गर्न सकिन्छ । डिप्रेसनका प्रमुख तीन लक्षणहरू यस प्रकार छन्:
१) मन नरमाइलो वा उदास हुनु
२) कुनै कुरामा खुशी वा आनन्दको अनुभव नहुनु
३) शरीर कमजोर हुनुको साथै थोरै काम गरेपछि धेरै थकाइको अनुभव हुनु ।
अन्य लक्षणहरू
१) आफ्नो काम कुरामा ध्यान पुर्याउन नसक्नु
२) आत्मविश्वास घट्ने र नैराश्यता बढ्ने
३) जीवन व्यर्थ हो जस्तो लाग्ने, आफूलाईर् दोषी ठानी पश्चात्ताप गर्ने
४) भविष्य अन्धकारमय देख्ने
५) निद्रा नलाग्ने
६) भोक कम लाग्ने तथा शरीरको वजन कम हुँदै जाने
७) यौन इच्छामा कमी हुने ।
यसका साथै हात–खुट्टा झमझम गर्ने, कब्जियत हुने, आत्महत्या गर्न इच्छा हुने र नकारात्मक सोचाइ पनि यस रोगको लक्षण हो ।
डिप्रेसनको उपचार नगर्दा के हुन्छ ?
१) पेशा, व्यवसाय वा घरमा काम गर्न नसक्दा आर्थिक हानि–नोक्सानी हुन्छ ।
२) आत्महत्या गर्ने सम्भावना बढी हुन्छ ।
३) नोकरी, व्यवसाय छोड्ने सम्भावना बढी हुन्छ
४) मदिरा तथा लागूपदार्थ सेवन गर्ने सम्भावना बढी हुन्छ ।
५) उपचार गरेन भने खर्च धेरै र समयको बरबादी हुन्छ र उपचार नगर्दा यो कहिले पनि सन्चो हुँदैन ।
डिप्रेसननको उपचारको लागि मनोचिकित्सकसँग सम्पर्क राख्ने र सही रोगको लागि सही औषधि, सही समय, सही मात्रामा दिनु आवश्यक हुन्छ । मलाई चिकित्सकको नाताले बिरामीको नातेदारहरूबाट बारम्बर एउटै प्रश्न सोधिन्छ– औषधि कहिलेसम्म खानुपर्छ । यदि पहिलोचोटी डिप्रेसन भएको छ भने रिमिसन अर्थात् सम्पूर्ण लक्षणहरू नियन्त्रण भइसकेपछि ६ देखि ९ महिनासम्म खानुपर्ने हुन्छ । यदि दोस्रोचोटी यो रोग लाग्छ भने तीनदेखि पाँच वर्षसम्म औषधि खानुपर्ने हुन्छ । अत: सही समयमा उपचार गराउन अनुरोध गर्दै लेखनी बन्द गर्ने अनुमति चाहन्छु ।