ओमप्रकाश चौधरी, सेढवा, १२ असोज/
पर्साको थरुहट क्षेत्रमा ‘अनन्त व्रत’ पर्व श्रद्धा र भक्तिका साथ आजदेखि शुरु भएको छ ।
उक्त पर्व खासगरी शिक्षा आर्जन गरिरहेका बालबालिकाहरूले मनाउने गरेका छन् भने शिक्षा आर्जन गरिरहेका विद्यार्थी अवस्थामा रहेका अन्य उमेर समूहकाले पनि व्रत बस्ने गरेका छन् ।
विद्यालयका बालबालिकाहरू व्रत बसेपछि थरुहट क्षेत्रका अधिकांश विद्यालय आज बन्द रहे । विद्यालय बिदा नरहे पनि विद्यार्थी अनुपस्थित भएकाले विद्यालयका पठनपाठन बन्द गर्नुपरेको शिक्षकहरूले बताएका छन् ।
हरेक आश्विन त्रयोदशीको दिन थारु विद्यार्थी अनन्त पर्व मनाउने गर्छन् । परम्परागतरूपमा मनाउँदै आएको यो पर्व अब थरुहट क्षेत्रका अन्य जातजाति तथा समुदायका बालबालिकाहरूले पनि श्रद्धा र भक्तिपूर्वक मनाउन थालेका छन् ।
व्रत बस्नुभन्दा एक दिन अगाडि नुहाई धुवाई बालबालिका दर खान्छन् । भोलि पल्ट दिनभर निराहार व्रत बसी विभिन्न मठ, मन्दिर र देवीदेवताको पूजा गर्ने र मठमन्दिरबाट फर्केपछि ‘अनन्त’
(धागोबाट बनेको डोरी) को पूजा गरी नुन बिनाको हल्का फलफूल खान्छन् ।
व्रतको भोलिपल्ट अनन्त डोरी फुकाएर मात्र खाना खाइन्छ । अनन्त डोरीलाई शिक्षाको वरदानको रूपमा विद्यार्थीहरूले मानेर पूजा गरेका हुन् । पढाइलेखाइका साथै भविष्य उज्ज्वल होस् भन्ने कामनासहित यो पूजा गरिन्छ ।