प्रस, वीरगंज, १३ असोज/
नेपाल पत्रकार महासङ्घ पर्साको अध्यक्ष पदका लागि भएको विवादको मुख्य जड पर्सा बार एसोसिएसन रहेको क्रान्तिकारी पत्रकार महासङ्घ पर्साले ठहर गरेको छ ।
पत्रकार महासङ्घ पर्साको विवाद र सृजित समस्याबारे आधिकारिक धारणा तय गर्न आज बसेको क्रान्तिकारी पत्रकार महासङ्घको बैठकले सो निष्कर्ष निकालेको हो । “कुनै पनि निर्णय वा सहमतिमा परस्पर पक्षधरले भोलिको दिनमा विवाद सृजना नगरून् भनेर नै साक्षी रोहबर राखिन्छ । यदि विवाद भएमा सही तथ्य बताएर विवाद समाधान गर्ने दायित्व साक्षी रोहबर बस्नेहरूको हुन्छ । यसर्थ साक्षी वा रोहबरमा सम्मानित वा निर्णायक व्यक्ति वा संस्थालाई राख्ने गरिन्छ ।”
क्रान्किारी पत्रकार महासङ्घको बैठकपछि जारी आधिकारिक धारणामा अगाडि भनिएको छ,“पत्रकार महासङ्घ पर्साको चुनावमा साक्षी वा रोहबरमध्येका पर्सा बारले आफ्नो गरिमामय सम्मानित स्थानलाई बिर्सेर झूट र किर्तेको मतियार बनेको कारण विवादले बल पाएको हो ।”
बराबर मत पाएका दुवै उम्मेदवारले आधा–आधा कार्यकाल अध्यक्षको जिम्मेवारी सम्हाल्ने सहमति बारका प्रतिनिधिको रोहबरमा भएको सत्यतथ्यलाई बारले साथ दिएको भए शुरूमैं विवाद टु·िने क्रान्तिकारी महासङ्घको निष्कर्ष छ । पर्सा बारका पदाधिकारीहरूको इशारामा लागेर पत्रकार महासङ्घलाई बदनाम गराउने प्रपञ्चमा लागेका व्यक्तिहरूबारे नेपाल पत्रकार महासङ्घको स्पष्ट धारणा यथाशीघ्र सार्वजनिक गर्न पनि बैठकले माग गरेको छ ।
नेकपा–माओवादी निकट क्रान्तिकारी पत्रकार महासङ्घले सम्मानित अदालत परिसरमा विरोध प्रदर्शन तथा नाराबाजी गर्नु गलत कार्य भएको ठहर गर्दै सम्बन्धित पक्षले गल्ती महसुस गरी सार्वजनिकरूपमा माफी मागेको कुरालाई सकारात्मक कार्य भनेको छ ।
पर्सा बारले १२ जना सञ्चारकर्मी र एकजना बारकै सदस्यविरुद्ध दायर गरेको मुद्दा बिनासर्त फिर्ता गर्नुपर्ने र त्यसो गरे मात्र सम्बन्ध सुधारका लागि नेपाल पत्रकार महासङ्घ बारसँग वार्तामा बस्न उपयुक्त हुने सुझाव दिंदै क्रान्तिकारी पत्रकार महासङ्घले पर्सा जिल्ला अदालतको पछिल्लो निर्णय सत्यको पक्षमा रहेको भन्दै स्वागत गरेको छ ।
कार्यक्रम क्रान्तिकारी पत्रकार महासङ्घ पर्साका संयोजक प्रताप श्रेष्ठ ‘दर्पण’को सभापतित्वमा एवं महासङ्घका केन्द्रीय सदस्य सरोज खड्का र नेकपा एमाओवादी पर्साका सहइन्चार्ज सेक्रेटरी सन्तोष श्रेष्ठको आतिथ्यमा सम्पन्न भएको थियो ।