$type=ticker$count=12$cols=4$cate=0

वीरगंज भन्सार तथा पथलैया राजस्वमा करोडौंको सवारी साधन अलपत्र

SHARE:

प्रस, जीतपुर, ११ असोज/
     वीरगंज भन्सार कार्यालय तथा मध्यमाञ्चल राजस्व अनुसन्धान कार्यालय पथलैया परिसरमा करोडौं मूल्य बराबरको सयौं थान सवारी साधनहरू अलपत्र परेका छन्।
    विभिन्न मितिमा सुरक्षाकर्मीले पक्राउ गरेर बुझाएका महँगो मूल्य पर्ने कार, जिप, एस्कारपियो, सुमो, मोटरसाइकललगायत सवारी साधनहरू  खुला आकाशमुनि अलपत्र परेका छन्।
    सरकारी सवारी साधन तथा सम्पत्ति लिलाम बिक्रीका लागि  मूल्य निर्धारण गर्न जिल्ला, क्षेत्रीय, राष्ट्रिय स्तरमा मूल्याङकन समिति गठन गर्नुपर्ने सरकारी नीति छ। सो नीति बमोजिम लिलाम बिक्रीकर्ता, सरकारी कार्यालयका प्रमुखको संमयोजकत्वमा लिलाम गर्ने सम्पत्ति सम्बन्धी विषेशज्ञ एकजना, उद्योग वाणिज्य सङ्घका प्रतिनिधि एकजना, कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रतिनिधि एकजना र जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि वा सो कार्यालयले तोकेको सरकारी प्रतिनिधि एकजना गरी ५ सदस्यीय मूल्याङकन समिति गठन गरिन्छ। उक्त समितिले मूल्याङकन गरे बमोजिम सरकारी सवारी, साधन, सम्पत्तिको लिलाम बिक्री गर्ने व्यवस्था रहेको मध्यमाञ्चल पथलैया कार्यालयले जनाएको छ।
    मूल्याङकन समितिका पदाधिकारीहरूको कमी कमजोरी तथा मिलोमतोमा सरकारी सवारी साधनहरूको मूल्याङकन कुनैमा बढी त कुनैमा कम र केहीमा न्यायोचित गरिएको खरिदकर्ताहरूको गुनासो छ, भने न्यायोचित मूल्याङकनको कमीले गर्दा  सरकारी सम्पत्तिको लिलाम बिक्रीमा ढिलाइ हुनुका साथै पटक–पटक मूल्य निर्धारण गरी पटक–पटक लिलाम बिक्रीको लागि पत्रिकामा सार्वजनिक सूचना प्रकाशित गरेर आर्थिक भार बेहोर्न सरकारी कार्यालयहरू बाध्य छन् भने संरक्षण र सुरक्षाको कमीले गर्दा घाम, पानी, हावा, हुरी तथा ढुसी, खिया, जाम तथा पार्ट पुर्जाको चोरीले सरकारी सम्पत्तिको अवमूल्यन तथा नाश भएको छ। तसर्थ यी करोडौं मूल्यका सवारी साधनहरूको न्यायोचित मूल्याङकन गर्ने काममा समिति सजग र संवेदनशील हुन जरुरी भएको गैरसरकारी संस्था मानव अधिकार तथा नागरिक सरोकार प्रतिष्ठानका प्रमुख शिवकुमार शर्माले एक भेटमा प्रतीकलाई बताए।
    कागजपत्र नभएका तथा नक्कली कागजपत्र र नक्कली नम्बर प्लेट भएका सवारी साधनहरू पक्राउ गरी लिलाम बिक्रीका लागि वीरगंज भन्सार कार्यालय र मध्यमाञ्चल राजस्व अनुसन्धान कार्यालय, पथलैया परिसरभित्र सयौं सवारी साधन खुला आकाशमुनि अलपत्र राखिएको स्थानीय सञ्चारकर्मी भूषण यादव र दिवाकार भण्डारीले समाचारमा जनाएका छन्।
    मध्यमाञ्चल राजस्व अनुसन्धान कार्यालय, पथलैयाका अनुसन्धान तथा सूचना अधिकृत सूर्यबहादुर कुँवरका अनुसार विगत वर्षमा यस कार्यालयबाट लिलाम बिक्री हुने मालसामान तथा सवारी साधनको लिलाम टेन्डर फारम खरिद र दिने यही एक ठाउँ मात्र थियो जसले गर्दा केही हुल्याहाहरूको क्रियाकपालले लिलाम मूल्यमा कमी आएको हो र गाडीको पार्टपुर्जा खोलेर बेवारिसे बनाई यस कार्यालयमा बुझाइन्थ्यो र पछि कम मूल्यमा लिलाम बिक्री हुँदा पार्टपुर्जा खोल्ने व्यक्तिले नै सो सवारी कम मूल्यमा सकार गरी पार्टपुर्जा जडान गरेर महँगोमा बेच्ने वा चढेर रमाउने गरेका थिए। तर आव २०६८–०६९ देखि यस कार्यालय, मध्य क्षेत्रीय सशस्त्र प्रहरी बल मुख्यालय रुद्रवाहिनी पथलैया, आन्तरिक राजस्व कार्यालय सिमरा, जिल्ला प्रशासन कार्यालय बारा, कलैयासहित ५ स्थानमा टेन्डर फारम खरिद तथा दर्ता गर्ने व्यवस्था गरिएको छ भने पार्टपुर्जा नभएको सवारी साधनलाई पत्रु (कबाड) मूल्यमा लिलाम बिक्री गर्ने व्यवस्था गरिएको छ, जसले गर्दा अघिलो आव २०६७–०६८ भन्दा करिब दोब्बर अर्थात् गत आव २०६८–०६९ मा रु. १५ करोड ८८ लाख ३९ हजार २ सय ६० राजस्व असुली भएको अनुसन्धान तथा सूचना अधिकृत कुँवरले बताए।
    राजस्व चुहावट नियन्त्रणको लागि गत वर्ष ७० वटा भन्सार बिन्दुबाट छुटेका सवारी तथा ढुवानी साधनको चेकजाँच, ४ सय २३ वटा आन्तरिक मालसामान ओसारपसार गर्ने सवारी साधनहरूको चेकजाँच, १३ वटा निकासी ढुवानी साधनको चेकजाँच, ४० वटा गोदाम तथा करोबार स्थलको चेकजाँच सहित २४ पटक राजमार्ग, ८ पटक सीमा क्षेत्र र २० पटक बजार अनुगमन तथा ११ पटक आकस्मिक गस्ती सञ्चालन गरिएको छ, जसले गर्दा राजस्व चुहावट गरेको मुद्दामा वीरगंज, हेटौडा, जनकपुरका १० जना बियर, किराना, विविध मालसामान, मदिरा, सप्लाई, मार्बल, निर्माण व्यवसायी तथा उत्पादकहरूलाई रु. ५ करोड १० लाख २ हजार ३ सय ८६ जरिवाना गरिएको पथलैया राजस्व अनुसन्धान कार्यालयका एक अधिकृतले बताए।
    नेपाल सरकारको नीति निर्देशन तथा ऐन नियम बमोजिम स्थानीय तथा सरोकारवाला प्रहरी, प्रशासन, व्यवसायी तथा जनप्रतिनिधि, सञ्चारकर्मीको सहयोगमा कामकारबाई भइरहेको छ। कार्यालय भवन अपर्याप्त तथा पुरानो र अव्यवस्थित भएकोले सवारी साधनसहित कहिलेकाहीं मालसामानसमेत खुला आकाशमुनि राख्नुपर्ने बाध्यता छ र लिलाम बिक्रीको कानुनी प्रक्रिया पूरा गर्न पनि करिब ३ महिना लाग्छ र पर्याप्त भवन निमार्णको लागि आव २०६८–०६९ मा अर्थ मन्त्रालय र राजस्व अनुसन्धान विभागको सहयोगमा पथलैया राजस्व चेकपोस्ट नजिक सडकको पूर्वपट्टि र मध्यक्षेत्रीय ट्राफिक प्रहरी कार्यालय पथलैयाको उत्तरी छेउमा पर्ने राष्ट्रिय वनको ९ कठ्ठा ७ धुर २ कनवा जग्गा प्राप्त भएको छ। चालू आव २०६९–०७० मा कार्यालय भवन, आवास भवन, सेड घर, पर्खाल निर्माण गर्नुपर्ने हो तर मुलुकको आंशिक (कामचलाउ) बजेटले पर्याप्त बजेट निकासा भएन र निर्माण काम अहिलेसम्म अवरुद्ध भएको मध्यमाञ्चल राजस्व अनुसन्धान कार्यालय पथलैयाका प्रमुख अनुसन्धान अधिकृत सूर्य प्रसाद सेढाईले प्रतीकलाई जानकारी दिए ।
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : वीरगंज भन्सार तथा पथलैया राजस्वमा करोडौंको सवारी साधन अलपत्र
वीरगंज भन्सार तथा पथलैया राजस्वमा करोडौंको सवारी साधन अलपत्र
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEibhtHUFA6wm3_vUvrduZ7qCV2vekSyJBP1o0Ot00GUxDFxDAJk3ciQbXBx5DAwVaHu1Xme7uvsVnBvcYeygjZltO61Mh98FcZb5PP62W0A-iPeondYJTg5kZphkO-L_YrDxybqhmKttiB5/s320/gadi.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEibhtHUFA6wm3_vUvrduZ7qCV2vekSyJBP1o0Ot00GUxDFxDAJk3ciQbXBx5DAwVaHu1Xme7uvsVnBvcYeygjZltO61Mh98FcZb5PP62W0A-iPeondYJTg5kZphkO-L_YrDxybqhmKttiB5/s72-c/gadi.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2012/09/blog-post_2563.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2012/09/blog-post_2563.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy