–सुशील मुडभरी
सिम्रौनगढ राज्यको करिब २२९ बर्से कर्नाटकवंशको शासनकालमा चण्डेश्वर र उनका पूर्वजहरूले महत्त्वपूर्ण योगदान दिएको देखिन्छ । राजा नान्यदेवले १०९७ मा यस भूभागको बागडोर हातमा लिएपछि उनले सिम्रौनगढलाई राजधानी बनाए । यस कार्यकालको शुरुमैं देवादित्य नामका व्यक्ति महासामन्त र मन्त्रीको रूपमा देखा परे । देवादित्य पछि उनका छोरा विरेश्वरा र विरेश्वरापछि उनका छोरा चण्डेश्वराले मिथिला क्षेत्रको सेवा गर्ने मौका पाए । शुक्र सिंह भन्ने शक्तिसिंहको पालामा तिनको दमन नीतिको हर्ताकर्ता चण्डेश्वर देखिए पनि उनले राजाको कार्य ठीक मानेनन् । राजालाई अंकुश लगाउन यी चण्डेश्वरा भन्ने चण्डेश्वरले सातजनाको भारदारीसभा बनाएर आफैंले नेतृत्व गरे । शक्ति सिंहको मृत्युपछि हरिसिंह देव (राजा)को पालामा प्रमुख कार्यकारी पदमा यी चण्डेश्वर नै देखा परे । यसबेला तुर्कहरूले चारैतिर वितण्डा मचाएका थिए । तीबाट बच्न युद्धशान्ति मन्त्रालय स्थापना भयो, जसको हर्ताकर्ता चण्डेश्वर नै बने । बेलाबेलामा यिनले मुख्य न्यायाधीश अर्थात् ‘प्राद्वाभिभेका’ ‘महाधर्माध्यक्ष’ आदि पद सम्हाले । विवाद रत्नाकर भन्ने पुस्तकमा लेखिए अनुसार पनि यी सार्है चलाख र जाँगरिला थिए । यस बेला ज्ञानेश्वरले सामन्तको अध्यक्षता सम्हालेका थिए भने जटेश्वरा भन्ने व्यक्ति कोष खजानामन्त्री बनेका थिए । सरुवा अर्थात् सामान्य प्रशासन मन्त्रालय हरदत्तले सम्हालेका थिए, लक्ष्मीदत्त र चण्डेश्वरका भाइ देवेश्वर मन्त्री थिए । यी सबैका सर्वेसर्वा चण्डेश्वर थिए भने राजा सम्मानित मात्र मानिन्थे ।
हिन्दू जातिका पूर्व विद्वान्हरू मनु, शुक्र आदिले राज्य सञ्चालनको लागि अनेक नीति–नियम, विधि–विधान बनाएका थिए । यी सबैलाई अध्ययन मनन गरेर मिथिलाका विद्वान्हरूले ‘रत्नाकर’ नाम दिएर विभिन्न लेख रचना गरेका थिए । यस्ता रत्नाकर वर्णनको सागर भनिन्थे । जस्तो: कृत्य रत्नाकर, सप्तरत्नाकर, विवाद रत्नाकर, वर्णन रत्नाकर आदि । मैथिल साहित्यको रूपमा लेखिएका रत्नाकरमध्ये ‘वर्णन रत्नाकर’ बढी चर्चित छ । यसको पहिलो भागमा नगरको वर्णन, दोस्रोमा नायक, तेस्रोमा राजदरबार, चौथोमा ऋतुवर्णन, पाँचौंमा प्रणायक, छैटोमा भट्टादि, सातौंमा श्मशान र आठौंमा राजपुत्र कुलवर्णन आदि । यसलाई मिथिलाको प्रथम भाषाकोष पनि मानिएको छ ।
एक ठाउँमा लेखिएको छ– मिथिलामा जाति प्रथा र कुलीनहरूको हैकम यथावत रहेकोले बुद्धदेखि चैतन्यसम्मले यिनीहरूका विरुद्ध आवाज उठाएका थिए । तैपनि सुधार हुन सकेको थिएन, पछि भक्तिवाद प्रयोग गरेर सुधार भएपछि बाहिरबाट विद्वान्हरू आउन लागे । मगधको विकास अवरुद्ध भएपछि सभ्यताको विकास यसै थलोबाट भएको मानिन्छ । नालन्दा र विक्रमशीलाबाट विस्थापित भएका विद्वान्हरूको यो ठाउँ आश्रयस्थल भएको थियो । यो शाान्त क्षेत्रमा कन्नौज, मगध र गौडका ब्राह्मणहरू पनि आए र बौद्धिकता प्रदर्शन गर्न लागे । मैथिल जगत्मा साहित्यिक गतिविधि पनि प्रशस्तै भएको थियो । पद्यनाभदत्तको ‘सुपद्या’, रत्नेश्वरको ‘सरस्वती कण्ठवर्णन’, ज्योतिश्वराको ‘पञ्चशायक’ रंगशेखरको ‘वर्णन रत्नाकर’, धूर्तसठमागमत्रक’, भवदत्तको ‘नैषधिचरितम्’, पृथ्वीधर आचार्यको नाटक ‘मृच्छकटिका’, श्रीधर आचार्यको ‘अमरकोष’ उमापतिको पारिजातहरण’, विद्यापतिको ‘पुरुष परीक्षॉ, लिखनावली, कीर्तिलता आदि मिथिलाका गहना मानिन्छन् ।
सिम्रौनगढ राज्यको लागि चण्डेश्वराले ‘राजनीति रत्नाकर’ तयार गरेका थिए । चण्डेश्वरा राजनीति मामिलामा अनुभवी भएकाले आफ्ना अनुभवका साथै बुद्धिविवेक क्षमता र सुझबुझका साथै तत्कालीन मिथिला क्षेत्रको कानुनी, सामाजिक, आर्थिक र जागिरदारी अवस्थाको राम्ररी चित्रण गरेका थिए । कौटिल्यको अर्थशास्त्रबारे चण्डेश्वर राम्रा ज्ञाता थिए । कौटिल्यले एक ठाउँमा लेखेका थिए– वीरताबिनाको कूटनीति कायरता हुन जान्छ, नीतिबिनाको बहादुरी पशुसरहको आचरण हुन्छ । यस्ता विचारहरूलाई समेटेर उनले आफ्नो राजनीति रत्नाकरमा व्याख्या स्वरूप प्रस्तुत गरेका थिए । चण्डेश्वरले आफ्नो राजनीति रत्नाकरमा लेखेका छन्– ‘राजनीतिमा जात या वर्णको कुनै अर्थ रहँदैन । देश बचाउनु, जनताको रक्षा गर्नु, देशमा बस्ने हरेक जातको कर्तव्य हुन आउँछ आदि । उनको राजनीति रत्नाकर सोर्ह भागमा विभाजित छ । यसमा क्रमश: राजा, मन्त्री, सेनापति, न्यायाधीश, कार्यकारी अधिकृतलगायत सम्पूर्ण पदमा बसेकाहरूको कर्तव्य र जनताप्रति कार्यबोध गराइएको छ । उनले मनुको दैवीय शक्तिको परिभाषा अनुसार नै राजालाई सर्वेसर्वाकै रूपमा चित्रण गरेका छन् । उनी लेख्छन्– देशका जनताले राज्यलाई साझा सम्पत्ति र राजालाई रक्षक मान्नुपर्छ आदि । अगाडि लेख्छन्– राजासँग चौसठ्ठी गुण हुनुपर्दछ, उनले वाक्पटुता, क्षमता, योग्यता प्रदर्शन गर्नुपर्दछ । राजा धन प्राप्तिको लागि हाँसजस्तो गुणी, शक्ति सञ्चयको लागि सिंहजस्तो बलियो, कूटनीतिमा खरायोजस्तो चलाख, कुशाग्र बुद्धि आदि हुनुपर्दछ । राजा कल्पवृक्षजस्तो सर्वगुण सम्पन्न, शिष्टाचार नियम पालना गर्ने र देशलाई ईश्वर सम्झने हुनुपर्छ । पापी राजालाई सम्मान गरिनु हुन्न ... । साथै वृद्ध, दुर्बल, कमजोर राजाले राज्य त्याग गर्नु राम्रो हुन्छ आदि । दूतहरू निर्भीकतापूर्वक देशको लागि खट्नुपर्छ । भारदारहरूदेखि जनता सबैको अधिकार कर्तव्यलाई विस्तृत र व्यापकरूपले व्याख्यासहित प्रस्तुत गरेका छन् ।
चण्डेश्वरा मात्र होइन, उनका परिवारले पनि स्मृतिग्रन्थको अध्ययनका साथै राजनीतिदेखि साहित्य, कला, स·ीतको विकासको लागि प्रयास गरेको पाइन्छ । गयासुद्दीनले आक्रमण गरेर मिथिला क्षेत्र र सिम्रौनगढ तहसनहस गरेपनि यहाँको सामाजिक मर्यादा र मान्यता नष्ट भएन । तत्कालीन मिथिलाको कतिपय पद्धतिलाई पछि मुस्लिमहरूले पनि अनुसरण गर्न खोजेको देखिन्छ ।
मिथिलाको ऐतिहासिकतातर्फ विचार गर्दा यसको सिमाना पूर्वमा कोशी, पश्चिममा गण्डकी, उत्तरमा महाभारत पहाडी शृङ्खलाहरू र दक्षिणमा ग·सम्म फैलिएको एउटै राज्य थियो भने पछि बहुराज्यमा विभाजित भएको देखिन्छ । जेहोस्, यी सबै भूभाग समेट्न नसके पनि सिम्रौनगढलाई राजधानी कायम गरेर नान्यदेवले यो पूरै क्षेत्रको सामाजिक, राजनैतिक, धार्मिक, सांस्कृतिक, ऐतिहासिकताबाट भावनात्मक एकता कायम गर्न कोशिश गरेको देखिन्छ । यस्ता कार्यमा चण्डेश्वराजस्ता व्यक्तिले र उनका पूर्वजले विशेष योगदान पुर्याएको बुझिन्छ ।
अन्त्यमा एउटा भनाइ– हरिसिंह देव सिम्रौनगढबाट पलायन भएपछि केही युवाहरू लिई सिन्धुलीगढीमा गएर बसेका थिए । उनको मृत्युपछि ती युवाहरूले थुप्रै सम्पत्ति चोरेर भागेछन् । हरिसिंह देवकी विधवा रानी, वृद्ध चण्डेश्वरको शरणमा आइछन् । चण्डेश्वरले सेना तयार गरेर दोलखा कब्जा गरेर हरिदेव सिंहका छोरालाई गद्दीमा राखेछन् । शुरुमा उपत्यकासँग दुश्मनी भए पनि पछि उपत्यकाका राजपरिवारहरूसँग यिनीहरूको राम्रो सम्बन्ध हुन गएछ ।
सहयोगी ग्रन्थ: शड्ढर उपाध्यायको सिम्रौनगढको इतिहास ।
बालचन्द्र शर्माद्वारा सम्पादित ‘हाम्रो साहित्य’मा बाबुराम आचार्यको लेख ।