उपेन्द्र यादव, बारा, १२ असोज/
बाराका प्रमुख जिल्ला अधिकारी कृष्णहरि पुष्करले बारामा जति दिन बसे पनि राम्रो काम गरेर देखाउने प्रतिबद्धता गरेका छन् । बुधवार कार्यभार सम्हालेपछि पहिलोपल्ट जिल्लाका सञ्चारकर्मीहरूसँग जिल्ला प्रशासनको सभाहलमा आयोजना गरिएको भेटघाट कार्यक्रममा बोल्दै उनले बाराबाट सरुवा हुने डरले थालेको कार्य नरोकिने बताए । बाराका सञ्चारकर्मीहरूले समाचार मार्फत् उठाएका गैरकानुनी क्रियाकलाप नियन्त्रण गर्न पछि नहटिने बताउँदै जिल्लाको चुनौतीको रूपमा रहेको शिक्षा कार्यालयको समस्या, विद्युत् चुहावट, बारा क्षेत्रबाट हुने राजस्व चुहावट नियन्त्रण गर्न प्रजिअले सञ्चारकर्मीहरूबाट सहयोगको आशा गरेको बताएका थिए । कार्यक्रममा बाराका सञ्चारकर्मीहरूले वीरेन्द्र साहका हत्याका अभियुक्तहरू अहिले पनि निर्धक्क घुमिरहेकाले तिनीहरूलाई कारबाई गर्न माग गरेका थिए । कार्यक्रममा नागरिक समाज बाराका अध्यक्ष सुखप्रसाद चौधरी, जिविस बाराका पूर्व सभापति छठुप्रसाद यादव, पत्रकार महासङ्घ बाराका अध्यक्ष लक्ष्मी साह, उपाध्यक्ष राकेश पण्डे, सचिव जयनारायण यादव, सत्य श्रेष्ठ, सुभाष साह, भैयाराम साह, भोजराज भट्टराईलगायत दुई दर्जन सञ्चारकर्मीको उपस्थिति थियो ।