प्रस, वीरगंज, ११ असोज/
नेपाल पत्रकार महासङ्घ, पर्सा शाखाको विवाद सम्बन्धमा आज पर्सा जिल्ला अदालतले भदौ १८ गते जारी गरेको अन्तरिम आदेश खारेज गरेको छ ।
पर्सा जिल्लाका माननीय न्यायाधीश लेखनाथ घिमिरेको इजलासले अशोक तिवारीले दिएको निषेधाज्ञा मुद्दामा भदौ १८ गते जारी गरेको अन्तरिम आदेश कायम रहन सक्ने अवस्था नरहेको भन्दै खारेज गरेको हो।
नेपाल पत्रकार महासङ्घ, पर्सा शाखाको ०६७/११/४ मा सम्पन्न नवौं अधिवेशनमा अध्यक्ष पदका उम्मेदवार अशोक तिवारी र कृष्णचन्द्र लामिछानेले ७५–७५ मत प्राप्त गरेपछि फागुन ५ गते सहमतीय प्रणालीबाट १८–१८ महिनाको आधा–आधा कार्यकाल सञ्चालन गर्ने सहमति भएको थियो। सोही सहमति अनुरूप तिवारीले पहिलो १८ महिना कार्यकाल पूरा गरेपछि गत भदौ ६ गतेदेखि दोस्रो कार्यकाल सम्हालेका लामिछानेविरुद्ध पहिलो कार्यकालका अध्यक्ष तिवारीले आफू गोलाप्रथाबाट निर्वाचित भएको भन्दै झूटा विवरण पेश गरेर अदालतमारिट गरेका थिए।
तिवारीको रिट निवेदनका आधारमा पर्सा जिल्ला अदालतका माननीय न्यायाधीश राजेश काफ्लेले गत भदौ १८ गते अन्तरिम आदेश जारी गरेका थिए। सो सम्बन्धमा लामिछानेले दिएको रिट निवेदनमा न्यायाधीश काफ्लेको इजलासले असोज २९ गते पेशी तोकेको थियो।
तर यसैबीच लामिछानेले पुनरावेदन अदालत हेटौंडामा इजलास परिवर्तनका लागि दिएको निवेदनका आधारमा पुनरावेदन अदालत हेटौंडाले असोज ८ गते निषेधाज्ञा बदर मुद्दामा पर्सा जिल्ला अदालतको एक नम्बर बेन्चका न्यायाधीश लेखनाथ घिमिरेलाई मुद्दा हेर्न तोकेको थियो।
सोही बमोजिम आज दुवैतर्फको कानुन व्यवसायीहरूको बहस जिकिरपछि न्यायाधीश घिमिरेले तिवारीले दिएको निषेधाज्ञाको रिट सम्बन्धमा जारी अन्तरिम आदेश कायम गरिरहन सक्ने अवस्था नभएको भन्दै खारेज गरेको हो । अदालतले अन्तरिम आदेश खारेज गरेपछि दोस्रो कार्यकालका अध्यक्ष लामिछानेलाई आफ्नो कार्यकाल सञ्चालन गर्ने अवस्था सिर्जना भएको छ।
यता आजै पर्सा जिल्ला अदालत बार एकाइले विज्ञप्ति जारी गर्दै गत भदौ २५ गते पर्सा जिल्ला अदालतबाट भएको आदेशपश्चात् अदालतमा घटेको घटना सम्बन्धमा सञ्चारकर्मी साथीहरूले दु:ख समेत प्रकट गरिसकेको अवस्थामा बार र पत्रकारबीच देखापरेको असमझदारी हटाएर अघि बढ्न इच्छुक रहेको जनाएको छ। बारका सचिव कमलमोहन पोखरेलद्वारा जारी विज्ञप्तिमा पत्रकार र बारबीच स्वस्थ र सुमधुर सम्बन्ध
रही सहकार्यसमेत भइआएको अवस्थामा उल्लिखित घटनाक्रमले दूरी बढाएको महसुस गर्दै असमझदारी हटाएर अगाडि बढ्न बार इच्छुक भएको बेहोरा उल्लेख छ।
भदौ २५ गते अदालतमा घटित घटना सम्बन्धमा पत्रकार महासङ्घ पर्साका अध्यक्ष लामिछानेले दु:ख व्यक्त
गरिसकेपश्चात् पर्सा बारले स्थानीय १३ जना सञ्चारकर्मीविरुद्ध अदालतको मानहानि भएको मुद्दा दायर गरेपछि बार र पत्रकारबीच टकरावको स्थिति सिर्जना भएपछि बारले आज विज्ञप्ति जारी गरेको हो।