प्रस, वीरगंज, १२ असोज/
वीरगंज चिनी कारखाना र कृषि औजार कारखाना सञ्चालन सङ्घर्ष समितिले वीरगंज घण्टाघर
चोकमा हिजोदेखि आयोजना गरेको अनिश्चितकालीन २४ घण्टे रिले अनशन आज दोस्रो दिन पनि जारी रह्यो ।
आज अनशनमा सङ्घीय सद्भावनाका केन्द्रीय सदस्य सञ्जय पाण्डे, वीचिकालि सङ्घर्ष समिति पर्साका सदस्यहरू सीताप्रसाद गुप्ता, सलाउद्दिन अहमद, गजेन्द्र पटेल, अब्दुलअजिम अन्सारी, जगन्नाथ साह कानू र समितिकै बारा संयोजक, अच्छेलाल यादव सहभागी थिए ।
यसैबीच वीरगंज चिनी कारखाना र कृषि औजार कारखाना सञ्चालन सङ्घर्ष समितिले आयोजना गरेको आन्दोलनप्रति स्वतन्त्र विद्यार्थी युनियन ठाराब क्याम्पस एकाइ र सानो पाइलाले एक्यबद्धता जनाएका छन् ।
स्ववियु सभापति मुकेश द्विवेदीले आन्दोलनप्रति एक्यबद्धता जाहेर गर्दै किसानहरूको आन्दोलनमा पर्सा, बारा, रौतहट, सर्लाहीका विद्यार्थीहरूलाई सहभागी हुन आह्वान गरेका छन् ।
सानो पाइलाले पर्सा जिल्ला हुने गाँजा र अफिम खेती निर्मूल पार्न सरकारी निकायसँग दुई वर्षदेखि सहकार्य गर्दै आएकोमा सोलाई सघाउ पुग्नेगरी वीचिकालि सञ्चालनका लागि शुरु भएको आन्दोलनमा आफ्नो पूर्ण समर्थन र ऐक्यबद्धता रह्ने जनाएको छ । लागू पदार्थको खेतीको विकल्पमा उखु खेती किसानहरूको लागि फलदायी हुने जनाउँदै सानो पाइलाले चिनी मिल सञ्चालनका लागि विश्वव्यापी मान्यता अनुरूपको पब्लिक प्राइभेट पार्टनरसिप अनुसार ५०/५० प्रतिशत सरकार र जनताको सहभागितामा काम गर्न अग्रसर हुने जनाएको छ । सानो पाइलाले वीचिकालि सञ्चालनका लागि आवाज बुलन्द गर्न पनि पर्सेली जनतासँग आग्रह गरेको छ ।