- राजेश महतो
कुवीरगंज नेपालको दक्षिणी ढोका हो । यस उपमहानगरापालिकामा १९ वटा वडा रहेका छन् । यो पर्सा जिल्लाको सदरमुकाम पनि हो । औद्योगिक शहरी क्षेत्र भएकोले यो तराईका जनताको सपनाको शहर हो । यहाँ कोही जागिरका लागि, कोही अध्ययन त कोही व्यापारको लागि, भने कोही पत्रकारिता गरी आफ्नो जीवन व्यतीत गरिरहेका छन् । रेडियो, टिभी, एफएम, पत्रपत्रिका आदि सञ्चारका माध्यममा समाचार वाचन गर्ने, समाचार सड्ढलन गर्ने व्यक्तिहरूको काम नै पत्रकारिता हो ।
यस उपमहानगरपालिकामा पत्रकारिताका लागि निकै सुअवसर छ । पत्रपत्रिकामा स्नातकोत्तर तह पूरा गरी समाचार सड्ढलन गर्ने यस उपमहानगरपालिकामा छैनन् । छन् भने पनि हातका औंलामा गन्न सकिने थोरै छन् । त्यसैले सच्चा पत्रकारको ठूलो अभाव छ तर फूटपाथ तथा खाते पत्रकारको ठूलो बोलवाला छ, हालीमुहाली छ । उनीहरू आफूलाई ठूलो पत्रकार ठान्छन् । राज्यले आफूहरूलाई तलब भत्ता नदिएको र उपेक्षा गरेको भन्छन् । एकातिर भोकै खट्नुपर्ने, सेवा सुविधाबाट वञ्चित रहेर समाचार तयार पार्नुपर्ने, अर्कोतिर पत्रकारमाथि साङ्घातिक आक्रमण भइदिंदा उनीहरू चुनौतीको सामना गरिरहेका छन् ।
सञ्चारका विभिन्न साधन तथा उपकरणहरूमध्ये समाचारपत्र वा अखबार पनि एक हो । रेडियो, सञ्चारको सशक्त माध्यम हो, किनकि यो अन्य सञ्चार भएको कारणले सुनेर नयाँ–नयाँ सन्देशहरू, खबरहरू थाहा पाउन सकिन्छ । टेलिभिजन श्रव्यदृश्य दुवै भएकोले यसलाई दर्शक तथा श्रोताले प्रत्यक्षरूपमा हेर्दै र सुन्दै मनोरञ्जनका साथ समाचारप्रति आकर्षित हुन्छन् । रेडियो तथा टेलिभिजनका समाचारहरू दर्शक तथा श्रोताका लागि क्षणिक हुन्छ । एकपटक प्रसारण भएपछि सुन्ने, हेर्ने वा बुझ्ने सबै काम सँगसँगै गर्नुपर्ने हुन्छ । समाचारपत्र वा अखबार साक्षरका लागि हो । साक्षर व्यक्तिले मात्र यसलाई अध्ययन, चिन्तन, मनन गर्न सक्छ भने निरक्षर व्यक्तिले साक्षरको सहयोग लिनुपर्छ । निरक्षर मानिस पनि समाचारपत्रतिर आकर्षित भएमा साक्षरको सहायताबाट हरेक प्रकारका समाचार, सन्देश, खबर तथा समसामयिक विषयवस्तु तथा सन्दर्भसँग समयसापेक्ष भइरहन सक्दछ ।
वर्तमान समयमा ‘सूचना तपाईंको अधिकार’जस्ता नाराहरू आइरहेका छन् । सूचना तथा मनोरञ्जनको प्रभावकारी माध्यम पत्रपत्रिकाहरू घटना तथा कार्यको सत्यतथ्यमा आधारित रही निष्पक्ष र स्वतन्त्ररूपमा प्रकाशन गरिनुपर्दछ । पत्रपत्रिकाहरू ताजा जानकारीहरू नवीनतम सूचना तथा सन्देशहरूका अतिरिक्त ज्ञानवद्र्धक, रोचक तथा मनोरञ्जनात्मक पाठ्यसामग्रीका साथ प्रकाशित हुन्छन् । घर, कार्यालय, बगैंचा आदि स्थानहरूमा समेत फुर्सतको समयमा पत्रपत्रिकाहरू अध्ययन गर्न सकिन्छ । यात्राको भरपर्दो साथीसमेत पत्रपत्रिकाहरू नै हुने गर्दछन् । नागरिकहरूलाई छापा तथा विद्युतीय माध्यमबाट सुसूचित गर्ने सञ्चारका माध्यम तथा पत्रकारिता एवं पत्रपत्रिकाहरू राज्यका प्रमुख अ·हरूमध्ये एक हो ।
आम नागरिकलाई देश–विदेशका नवीनतम तथा ताजा समाचार सम्प्रेषण गर्नु पत्रकारको प्रमुख उद्देश्य हो । पत्रपत्रिकामा समावेश हुने सामग्रीहरूमा ‘सम्पादकीय’ सबैभन्दा महत्त्वपूर्ण मानिन्छ । ‘सम्पादकीय’ शीर्षक र त्यसमा उठाइएका सवाल तथा सम्पादकीय लेखन शैलीका आधारमा नै पत्रिकाको श्रेणी निर्धारण गर्न सकिन्छ । खोजमूलक लेख रचनाहरूले पाठकहरूलाई उत्साहित बनाउँछ । त्यसैगरी व्यङ्ग्य स्तम्भ तथा यसले व्यङ्ग्य गरिएको पक्ष वा क्षेत्रबारे सूचित गराउँछ । अर्थतन्त्र, शिक्षा, खेलकूद, साहित्यसँग सम्बन्धित शीर्षकहरूमा प्रकाशन हुने लेख रचनाहरूले पाठकहरूलाई विविध शैलीका ज्ञान पस्किएका हुन्छन् । तसर्थ पत्रपत्रिकाहरूले विभिन्न शीर्षक–उपशीर्षक आदिमा विविध जानकारी दिने हुँदा पाठकहरूले एकै स्थानमा बसेर सबै क्षेत्रबारे जानकारी प्राप्त गर्न सक्दछन् ।
पत्रपत्रिकाहरू सूचना, सन्देश, खबर लगायत पक्षहरूको भरपर्दो लिखित दस्तावेज भएको हुँदा पाठकमा चेतना अभिवृद्धि गराउँछ । सचेत पाठकले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय, राजनीति, अर्थतन्त्र, विकास निर्माणलगायत पक्षसँग सम्बन्धित लेख रचनाको अध्ययनबाट चेतनाको ज्योति अझ फराकिलो पार्दै लैजान्छ । सूचना सम्प्रेषणको प्रभावकारी माध्यम भएकोले पत्रपत्रिकाले परिवर्तनतिर डोर्याउन सक्दछ । त्यसैगरी मानव सभ्यताको स्रोतको रूपमा रहेको भाषा साहित्यलाई कालान्तरमा जीवित राख्न सक्दछ ।
अत: वीरगंजको सन्दर्भमा पत्रकारितालाई नियाल्नुपर्दा अझै पत्रकारिता जगत् बाझो नै प्रतीत हुन आउँछ । थुप्रै चुनौतीहरू र सम्भावना दुवै समिश्रित रहेको सत्यतथ्य प्रमाणित हुन जान्छ ।
कक्षा: ९, श्री नेराविउमाावि श्रीपुर–१४
(प्रतीक रजत जयन्तीको अवसरमा आयोजित निबन्ध माविस्तरको प्रतियोगितामा तेस्रो स्थान प्राप्त गर्न सफल निबन्ध)