भारतको उत्तर प्रदेशमा ३०० वर्ष पुरानो सुनको कुरान भेटिएको छ । जोनपुर शहरको रहट्टा मोहल्ला निवासी हामिद परिवारको पीढीले त्यस कुरानलाई जोगाउँदै आइरहेका छन् ।
परिवारको मुखिया साजिद हमीनले बताएका छन् आज हामीलाई गर्व महसुस भइरहेको छ हामीसँग भएको सुनौलो कुरानप्रति सरकारले पनि चासो राखेको छ । यस जिल्लामा यसको चर्चा धेरै पहिलेदेखि नै भइरहेको थियो । कुरानको प्रमुख आकर्षण भनेको सुनको गाता हो ।
१७५६ पृष्ठको यो कुरानको गातामा कलाकृतिहरू भरिएको छ । त्यस्तै यसको पानाहरू सुनको पत्तीको रूपमा रहेको छ । हामिद परिवारको अनुसार पाँच पुस्तादेखि यो कुरानलाई जोगाएर राखिएको छ । साजिदका बाजे वाजिद अलीलाई उनका बाजेले यो कुरान दिएका थिए । साजिदका अनुसार उनको परिवारको एक सदस्यको भाकल पूरा भएपछि उनले अल्लाहको सम्मानमा विशेष कारिगरबाट यो कुरान बनाउन लगाएका थिए ।
आफ्नो पूर्वजबाट पाएको यस कुरानको रेखदेखमा साजिदले विशेष ध्यान दिंदै आइरहेका छन् । यस कुरानको लागि उनले पारदर्शी दराज बनाएका छन् । कुरानको पन्ना बिग्रिने डरले उनी यसलाई पढ्दैनन् । उनले भने– मेरो पूर्वजहरूको पहिचान हो । मैले पनि आफ्नो छोरालाई कडा निर्देशन दिंदै भनेको छु म नरहेपछि यस कुरानलाई मेरो सम्झना सम्झेर जोगाएर राख्नु जुन हाम्रो परिवारले वर्षौदेखि गर्दै आइरहेको छ ।
साजिदका अनुसार केही समय पहिले केन्द्रीय पर्यटन मन्त्रालयले जिल्ला प्रशासनसँग सम्पर्क राख्दै केही दिनपछि मसँग भेट्न आएका थिए । सरकारले यो कुरान आफ्नो संरक्षणमा लिन चाहेको छ । अनौठो सुनौलो कुरानको कारण हामिद परिवार वर्षौदेखि गाउँमा मात्र हैन पूरै जोनपुरमा चर्चित छ । उनको घर हेर्न मानिसहरूको भीड लाग्छ भने कुरानलाई हेर्न मानिसहरूको ताँती लागिरहेको हुन्छ । साजिदका छिमेकी तौफीक अहमद भन्छन्– हामीलाई यस कुराको गर्व छ कि बहुमूल्य कुरान हाम्रो शहरमा छ ।