Posts

Showing posts from September, 2012

चार दलको सहमति मान्दैनौं– अध्यक्ष थापा

Image
प्रस, वीरगंज, १३ असोज/     राप्रपा नेपालका अध्यक्ष कमल थापाले चार दलबाट वर्तमान सड्ढट निवारणका लागि भैरहेका प्रयासहरू आफ्नो दललाई स्वीकार्य नहुने बताएका छन् ।     आज वीरगंजस्थित वीपी उद्यानमा आयोजित आमसभालाई सम्बोधन गर्दै अध्यक्ष थापाले संविधानसभा अगाडि र पछाडिका शक्तिहरूबीच सन्तुलन नरहेको जिकिर गर्दै आफ्नो दल नयाँ शक्तिको रूपमा अगाडि आइरहेको दाबी गरे । उनले आफ्नो दललाई अलग गरेर अबका दिनमा गरिने कुनै पनि निर्णय मान्य नहुने पनि उनले बताए ।     राप्रपा नेपाल संविधानसभाको चुनाव आगामी चैतभित्र हुनुपर्ने अडानमा रहेको चर्चा गर्दै चैतमा चुनाव नगरिए सडक सङ्घर्षमा उत्रने चेतावनी दिए । उनले चार दलको नाममा राजनीतिक सिन्डीकेट सञ्चालन भइरहेको आरोप पनि लगाए ।     अध्यक्ष थापाले राप्रपा नेपालले राजासहितको हिन्दू अधिराज्य स्थापना गरी छाड्ने दाबी पनि गरे । हिन्दू अधिराज्य हटाउने आन्दोलनको माग थिएन तर पनि हटाइयो त्यसैले निर्वाचनबाट अथवा सङ्घर्ष गरेर भएपनि हिन्दू अधिराज्य स्थापना गराउँछौं, उनले भने ।     राप्रपा नेपालका सहअध्यक्ष पद्मसुन्दर लावतीले सत्ताधारीहरूका कारण मुलुक असफल हुने अवस्थामा पुगेको बत

वन हस्तान्तरणमा जिल्ला वनको ढिलासुस्ती

Image
प्रस, वीरगंज, १३ असोज/     जिल्ला वन कार्यालय पर्साको ढिलासुस्तीका कारण गादीमाई साझेदारी वन व्यवस्थापन समितिको अधिवेशन हुन नसकेको साझेदारीका पदाधिकारीहरूको आरोप छ ।     व्यवस्थापन समितिको अधिवेशन हुन नसकेको र समितिले संरक्षण गरिरहेको वन क्षेत्र पनि समितिलाई हस्तान्तरण नगरिएको भन्दै आक्रोशित गादीमाई साझेदारीका पदाधिकारीहरूले गत बुधवार जिल्ला वन कार्यालय १ घण्टा घेराउ गरेका थिए ।     तदर्थ समिति गठन भएर संरक्षण कार्यमा जुटेको चार वर्ष बितिसक्दा पनि जिल्लाले वन हस्तान्तरण नगर्नुमा जिल्ला वन कार्यालय पर्साका प्रमुखको नियत सफा नभएको साझेदारी तदर्थ समितिका सदस्य असर्फी साह तेलीको आरोप छ ।     अधिवेशन गराइ वनलाई समुदायको जिम्मा लगाए वन क्षेत्रबाट आफ्नो आधिपत्य समाप्त हुने डरले  समितिको साधारणसभा गराउन जिल्ला वन कार्यालयले आलटाल गरिरहेको  साहको आरोप छ ।     चेतमन चौधरीको नेतृत्वमा २०६५ सालमा साझेदारी वन व्यवस्थापन समितिको तदर्थ समिति गठन भएको थियो । उक्त समितिको अढाइ महिनाभित्र चुनाव गराइ साझेदारी सामुदायिक वन जिम्मा लगाउने सहमति भएको थियो ।     गठित तदर्थ समितिले गादीमाई वन क्षेत्रभित्रका ३

विवादको जड पर्सा बार– क्रान्तिकारी पत्रकार महासङ्घ

प्रस, वीरगंज, १३ असोज/     नेपाल पत्रकार महासङ्घ पर्साको अध्यक्ष पदका लागि भएको विवादको मुख्य जड पर्सा बार एसोसिएसन रहेको क्रान्तिकारी पत्रकार महासङ्घ पर्साले ठहर गरेको छ ।     पत्रकार महासङ्घ पर्साको विवाद र सृजित समस्याबारे आधिकारिक धारणा तय गर्न आज बसेको क्रान्तिकारी पत्रकार महासङ्घको बैठकले सो निष्कर्ष निकालेको हो । “कुनै पनि निर्णय वा सहमतिमा परस्पर पक्षधरले भोलिको दिनमा विवाद सृजना नगरून् भनेर नै साक्षी रोहबर राखिन्छ । यदि विवाद भएमा सही तथ्य बताएर विवाद समाधान गर्ने दायित्व साक्षी रोहबर बस्नेहरूको हुन्छ । यसर्थ साक्षी वा रोहबरमा सम्मानित वा निर्णायक व्यक्ति वा संस्थालाई राख्ने गरिन्छ ।”     क्रान्किारी पत्रकार महासङ्घको बैठकपछि जारी आधिकारिक धारणामा अगाडि भनिएको छ,“पत्रकार महासङ्घ पर्साको चुनावमा साक्षी वा रोहबरमध्येका पर्सा बारले आफ्नो गरिमामय सम्मानित स्थानलाई बिर्सेर झूट र किर्तेको मतियार बनेको कारण विवादले बल पाएको हो ।”     बराबर मत पाएका दुवै उम्मेदवारले आधा–आधा कार्यकाल अध्यक्षको जिम्मेवारी सम्हाल्ने सहमति बारका प्रतिनिधिको रोहबरमा भएको सत्यतथ्यलाई बारले साथ दिएको भए शुरू

पत्रिका पढौं, रेडियो सुनौं अभियानबारे

प्रधान सम्पादकज्यू,     पत्रिका पढौं, रेडियो सुनौं अभियानका लागि नयाँ पुस्ताका लागि चन्द्रकिशोर झा सरको नियमित स्तम्भ कबिरा खडा बजारमा प्रकाशित ‘पत्रिका पढौं, रेडियो सुनौं’ प्रति केही प्रस· जोड्न चाहन्छु । वास्तवमा पाठकको सङ्ख्यामा कमी र पत्रिका अध्ययनप्रति कमी आएको होइन यो बढेकै छ । तर, क्रेता पाठकको सङ्ख्यामा कमी आएको छ ।     विशेषत: बारा, पर्सामा पत्रिका पढ्ने बानीको विकास जुन अनुपातमा हुनुपर्ने हो त्यो भएको छैन । पत्रिका पढ्ने बानीको विकास एकैपटकमा हुने होइन अध्ययनको निरन्तरता, बालबालिकालाई विषयगत ज्ञानबाहेक पनि अध्ययनका साम्रगीहरू उपलब्ध गराउनुपर्दछ । कतिपय अभिभावकहरूले बालबालिकाका लागि पत्रपत्रिका घरमा लग्छन् । मासिक बालपत्रिका मुना, कान्तिपुरको कोपिला वा नागरिकको जुनकिरी हामी हाम्रा बालबालिकाका लागि लग्ने र उनीहरूलाई अध्ययनको बानी बसाले यसले भोलिको हाम्रो समाजमा अध्ययनशील पुस्ताको आगमन हुन्छ ।     अब स्थानीय पत्रिकाको सन्दर्भमा समाजले स्थानीय पत्रिकालाई पत्याएकै छ तर पत्रिकाले त्यो विश्वासअनुसारको साम्रगीहरू दिन सकेका छैनन् । केही पत्रिकाबाहेक अधिकांश पत्रिकाले दलगत, व्यक्तिगत आ

रासायनिक प्रदूषणबाट मन्दबुद्धि

    – विजय अधिकारी आजको युगलाई रसायनशास्त्रको युग पनि भनिन्छ । किनभने प्रतिवर्ष लगभग २ हजारदेखि ३ हजारसम्म नयाँ नयाँ रसायनहरू बन्दै आइरहेको छ । दोस्रो विश्वयुद्धपछि त लगभग ८० हजार नयाँ रसायन बजारमा आइसकेको छ । विश्वमा रसायनहरूको खपत सन् १९३० मा मात्र दश लाख टन थियो । अहिले ४० करोड टनभन्दा बढेर गएको छ ।     आखिर यी रसायनहरू कहाँबाट आउँछन् त ? क) उत्पादन ९एचयमगअत० हरूबाट हाम्रो तमाम उत्पादनहरूको निर्माणमा रसायनहरूको उपयोग हुन्छ । यो रसायनले उत्पादनका केही गुणहरूलाई बढाइ दिन्छ । दोस्रो प्रतिद्वन्द्वी कम्पनीहरू त्यससँग टक्कर गर्दै उत्पादन बढाउन जुट्दछ । सस्तो उत्पादन बढाउने होडले गर्दा यस्ता रसायनहरूको उपयोग बढ्न जान्छ, जसको फलस्वरूप यस्ता रसायन उत्पन्न हुन्छन्, जो स्वास्थ्यका लागि अत्यन्तै हानिकारक हुने गर्दछ । प्रदूषणको रूपमा :     विभिन्न उत्पादन प्रक्रियाहरूमा प्रदूषकको रूपमा रसायन उत्सर्जित हुन्छ जो हावा, पानी वा जमीनमा मिल्न जान्छ । आज विभिन्न देशहरूमा हजारौं टन यस्ता रसायन लगातार बढ्दै छन् । यसमध्ये धेरैजसोबाट प्रदूषण पदार्थ बढ्दै गइरहेको पाइन्छ । प्राणीहरूमा पर्ने प्रभाव :     उप

खर जीउतिया

Image
- उमाशड्ढर द्विवेदी    आश्विन मासको कृष्णपक्ष पितृपक्षको रूपमा प्रसिद्ध छ । यसलाई सोर्‍ह श्राद्धको पक्ष पनि भनिन्छ । आफ्ना दिव·त पितृहरूलाई पन्द्रह दिनसम्म विधिवत् स्मरण गर्नुका साथै परम तृप्तिको लागि पानी दिइन्छ । यस पक्षमा माछा, मासु, लसुन, प्याज खान वर्जित रहन्छ । दैनिक व्यवहारमा पूर्ण पवित्रता तथा ब्रह्मचर्यको पालन गर्नु अनिवार्य हुन्छ । हिन्दू धर्मशास्त्रहरूमा यस पक्षमा गया आदि तीर्थहरूमा पितृहरूका लागि पिण्डदान गर्नु विशेष फलदायी हुन्छ भन्ने लोकविश्वास रहेको पाइन्छ ।     भोजपुरीभाषी समुदायले यसै पक्षमा एउटा अत्यन्त महत्त्वपूर्ण व्रत गर्दछन्, जसलाई ‘जीउतिया’ भनिन्छ । आश्विन महिनाको कृष्णपक्ष अष्टमीको दिन सौभाग्यवती तथा पुत्रवती महिलाहरूले जीउतिया व्रत बस्ने गर्दछन् । भाद्र महिनामा गर्ने तीज व्रत अखण्ड सौभाग्य प्राप्तिको लागि गरिन्छ भन्ने जीउतिया व्रत पुत्रको दीर्घायु, आरोग्य, समृद्धि, शान्तिको लागि गर्ने गरिन्छ । तीज व्रत भैंm जीउतिया व्रत पनि निर्जला नै गर्ने परम्परा छ । तीजमा दर खाने चलन रहेपनि वास्तविक सरगही (दर) खाने परम्परा जीउतिया व्रतमा नै चलेको हो ।      आश्विन महिना कृ

स्वेच्छिक गाँजा नष्ट अभियान अन्तर्गत दुई गाविसमा २७ क्विन्टल गाँजा नष्ट

Image
प्रस, वीरगंज, १२ असोज/     जिल्ला प्रहरी कार्यालय, पर्साले यही असोज १ गतेदेखि शुरु गरेको स्वेच्छिक गाँजा नष्ट अभियान अन्तर्गत आज पर्सा जिल्लाको धोबिनी र निचुटा गाविसका बासिन्दाले करिब २७ क्विन्टल गाँजा नष्ट गरेका छन् ।     गत दुई वर्षदेखि पर्सा जिल्लामा गाँजा खेती न्यून भएको र गाउँलेहरूले सञ्चय गरेर राखेको गाँजा पक्राउ पर्दै आएको र पर्सा प्रहरीले शुरु गरेको स्वेच्छिक गाँजा नष्ट अभियान पुन: थालिएपछि स्वेच्छिक गाँजा नष्ट गर्न किसानहरू तम्सेका पर्साका प्रहरी उपरीक्षक पीताम्बर अधिकारीले बताए ।     प्रउ अधिकारीले गाँजाविरुद्ध अभियान सञ्चालन गर्नुपूर्व स्थानीय बासिन्दालाई स्वेच्छिक रुपमा नष्ट गर्न आह्वान गरिएको र हालसम्म चार गाविसका जनताले गाँजा नष्ट गरेको बताए । प्रउले पर्सा जिल्लाका सबै इलाका चौकी र पोस्टहरूलाई माइकि·बाट स्वेच्छिक गाँजा नष्ट गर्नका लागि सूचित गर्ने कार्य भएको बताए ।     उनले आफैं गाँजा नष्ट गर्नेहरूविरुद्ध कारबाई प्रक्रिया अवलम्बन नगरिए पनि सो उपरान्त गरिने अभियानमा दोषी पाइएपछि प्रचलित कानुन अनुसार कारबाई गर्ने जनाएका छन् ।     आज स्वेच्छिक गाँजा नष्ट अभियान अन्तर्गत धो

वीचिकालि र कृषि औजार सञ्चालनका लागि दोस्रो दिन पनि अनशन जारी

प्रस, वीरगंज, १२ असोज/     वीरगंज चिनी कारखाना र कृषि औजार कारखाना सञ्चालन सङ्घर्ष समितिले वीरगंज घण्टाघर चोकमा हिजोदेखि आयोजना गरेको अनिश्चितकालीन २४ घण्टे रिले अनशन आज दोस्रो दिन पनि जारी रह्यो ।     आज अनशनमा सङ्घीय सद्भावनाका केन्द्रीय सदस्य सञ्जय पाण्डे, वीचिकालि सङ्घर्ष समिति पर्साका सदस्यहरू सीताप्रसाद गुप्ता, सलाउद्दिन अहमद, गजेन्द्र पटेल, अब्दुलअजिम अन्सारी, जगन्नाथ साह कानू र समितिकै बारा संयोजक, अच्छेलाल यादव सहभागी थिए ।     यसैबीच वीरगंज चिनी कारखाना र कृषि औजार कारखाना सञ्चालन सङ्घर्ष समितिले आयोजना गरेको आन्दोलनप्रति स्वतन्त्र विद्यार्थी युनियन ठाराब क्याम्पस एकाइ र सानो पाइलाले एक्यबद्धता जनाएका छन् ।     स्ववियु सभापति मुकेश द्विवेदीले आन्दोलनप्रति एक्यबद्धता जाहेर गर्दै किसानहरूको आन्दोलनमा पर्सा, बारा, रौतहट, सर्लाहीका विद्यार्थीहरूलाई सहभागी हुन आह्वान गरेका छन् ।     सानो पाइलाले पर्सा जिल्ला हुने गाँजा र अफिम खेती निर्मूल पार्न सरकारी निकायसँग दुई वर्षदेखि सहकार्य गर्दै आएकोमा सोलाई सघाउ पुग्नेगरी वीचिकालि सञ्चालनका लागि शुरु भएको आन्दोलनमा आफ्नो पूर्ण समर्थ

थरुहटका बालबालिका अनन्त पर्व मनाउँदै

ओमप्रकाश चौधरी, सेढवा, १२ असोज/     पर्साको थरुहट क्षेत्रमा ‘अनन्त व्रत’ पर्व श्रद्धा र भक्तिका साथ आजदेखि शुरु भएको छ ।     उक्त पर्व खासगरी शिक्षा आर्जन गरिरहेका बालबालिकाहरूले मनाउने गरेका छन् भने शिक्षा आर्जन गरिरहेका विद्यार्थी अवस्थामा रहेका अन्य उमेर समूहकाले पनि व्रत बस्ने गरेका छन् ।     विद्यालयका बालबालिकाहरू व्रत बसेपछि थरुहट क्षेत्रका अधिकांश विद्यालय आज बन्द रहे । विद्यालय बिदा नरहे पनि विद्यार्थी अनुपस्थित भएकाले विद्यालयका पठनपाठन बन्द गर्नुपरेको शिक्षकहरूले बताएका छन् ।     हरेक आश्विन त्रयोदशीको दिन थारु विद्यार्थी अनन्त पर्व मनाउने गर्छन् । परम्परागतरूपमा मनाउँदै आएको यो पर्व अब थरुहट क्षेत्रका अन्य जातजाति तथा समुदायका बालबालिकाहरूले पनि श्रद्धा र भक्तिपूर्वक मनाउन थालेका छन् ।     व्रत बस्नुभन्दा एक दिन अगाडि नुहाई धुवाई बालबालिका दर खान्छन् । भोलि पल्ट दिनभर निराहार व्रत बसी विभिन्न मठ, मन्दिर र देवीदेवताको पूजा गर्ने र मठमन्दिरबाट फर्केपछि ‘अनन्त’ (धागोबाट बनेको डोरी) को पूजा गरी नुन बिनाको हल्का फलफूल खान्छन् ।     व्रतको भोलिपल्ट अनन्त डोरी फुकाएर मात्र खाना खा

बारामा जति दिन बसे पनि राम्रो गरेरै बस्नेछु : प्रजिअ पुष्कर

Image
उपेन्द्र यादव, बारा, १२ असोज/     बाराका प्रमुख जिल्ला अधिकारी कृष्णहरि पुष्करले बारामा जति दिन बसे पनि राम्रो काम गरेर देखाउने प्रतिबद्धता गरेका छन् । बुधवार कार्यभार सम्हालेपछि पहिलोपल्ट जिल्लाका सञ्चारकर्मीहरूसँग जिल्ला प्रशासनको सभाहलमा आयोजना गरिएको भेटघाट कार्यक्रममा बोल्दै उनले बाराबाट सरुवा हुने डरले थालेको कार्य नरोकिने बताए ।         बाराका सञ्चारकर्मीहरूले समाचार मार्फत् उठाएका गैरकानुनी क्रियाकलाप नियन्त्रण गर्न पछि नहटिने बताउँदै जिल्लाको चुनौतीको रूपमा रहेको शिक्षा कार्यालयको समस्या, विद्युत् चुहावट, बारा क्षेत्रबाट हुने राजस्व चुहावट नियन्त्रण गर्न प्रजिअले सञ्चारकर्मीहरूबाट सहयोगको आशा गरेको बताएका थिए ।         कार्यक्रममा बाराका सञ्चारकर्मीहरूले वीरेन्द्र साहका हत्याका अभियुक्तहरू अहिले पनि निर्धक्क घुमिरहेकाले तिनीहरूलाई कारबाई गर्न माग गरेका थिए । कार्यक्रममा नागरिक समाज बाराका अध्यक्ष सुखप्रसाद चौधरी, जिविस बाराका पूर्व सभापति छठुप्रसाद यादव, पत्रकार महासङ्घ बाराका अध्यक्ष लक्ष्मी साह, उपाध्यक्ष राकेश पण्डे, सचिव जयनारायण यादव, सत्य श्रेष्ठ, सुभाष साह, भैयाराम सा

तीन सय वर्ष पुराना सुनको कुरान

Image
    भारतको उत्तर प्रदेशमा ३०० वर्ष पुरानो सुनको कुरान भेटिएको छ । जोनपुर शहरको रहट्टा मोहल्ला निवासी हामिद परिवारको पीढीले त्यस कुरानलाई जोगाउँदै आइरहेका छन् ।     परिवारको मुखिया साजिद हमीनले बताएका छन् आज हामीलाई गर्व महसुस भइरहेको छ हामीसँग भएको सुनौलो कुरानप्रति सरकारले पनि चासो राखेको छ । यस जिल्लामा यसको चर्चा धेरै पहिलेदेखि नै भइरहेको थियो । कुरानको प्रमुख आकर्षण भनेको सुनको गाता हो ।     १७५६ पृष्ठको यो कुरानको गातामा कलाकृतिहरू भरिएको छ । त्यस्तै यसको पानाहरू सुनको पत्तीको रूपमा रहेको छ । हामिद परिवारको अनुसार पाँच पुस्तादेखि यो कुरानलाई जोगाएर राखिएको छ । साजिदका बाजे वाजिद अलीलाई उनका बाजेले यो कुरान दिएका थिए । साजिदका अनुसार उनको परिवारको एक सदस्यको भाकल पूरा भएपछि उनले अल्लाहको सम्मानमा विशेष कारिगरबाट यो कुरान बनाउन लगाएका थिए ।     आफ्नो पूर्वजबाट पाएको यस कुरानको रेखदेखमा साजिदले विशेष ध्यान दिंदै आइरहेका छन् । यस कुरानको लागि उनले पारदर्शी दराज बनाएका छन् । कुरानको पन्ना बिग्रिने डरले उनी यसलाई पढ्दैनन् । उनले भने– मेरो पूर्वजहरूको पहिचान हो । मैले पनि आफ्नो छोरालाई

वीरगंजको पत्रकारिता: अवसर र चुनौती

- राजेश महतो कुवीरगंज नेपालको दक्षिणी ढोका हो । यस उपमहानगरापालिकामा १९ वटा वडा रहेका छन् । यो पर्सा जिल्लाको सदरमुकाम पनि हो । औद्योगिक शहरी क्षेत्र भएकोले यो तराईका जनताको सपनाको शहर हो । यहाँ कोही जागिरका लागि, कोही अध्ययन त कोही व्यापारको लागि, भने कोही पत्रकारिता गरी आफ्नो जीवन व्यतीत गरिरहेका छन् । रेडियो, टिभी, एफएम, पत्रपत्रिका आदि सञ्चारका माध्यममा समाचार वाचन गर्ने, समाचार सड्ढलन गर्ने व्यक्तिहरूको काम नै पत्रकारिता हो ।     यस उपमहानगरपालिकामा पत्रकारिताका लागि निकै सुअवसर छ । पत्रपत्रिकामा स्नातकोत्तर तह पूरा गरी समाचार सड्ढलन गर्ने यस उपमहानगरपालिकामा छैनन् । छन् भने पनि हातका औंलामा गन्न सकिने थोरै छन् । त्यसैले सच्चा पत्रकारको ठूलो अभाव छ तर फूटपाथ तथा खाते पत्रकारको ठूलो बोलवाला छ, हालीमुहाली छ । उनीहरू आफूलाई ठूलो पत्रकार ठान्छन् । राज्यले आफूहरूलाई तलब भत्ता नदिएको र उपेक्षा गरेको भन्छन् । एकातिर भोकै खट्नुपर्ने, सेवा सुविधाबाट वञ्चित रहेर समाचार तयार पार्नुपर्ने, अर्कोतिर पत्रकारमाथि साङ्घातिक आक्रमण भइदिंदा उनीहरू चुनौतीको सामना गरिरहेका छन् ।     सञ्चारका विभिन्न

दन्तिल र गोरम्भ

- उमाशड्ढर द्विवेदी वर्धमान नामक नगरमा दन्तिल नाम गरेका एकजना आभूषण व्यापारी निवास गर्दथे । नगरका प्रजा र राजा दुवैलाई आफ्नो राम्रो व्यवहारका कारण उनले प्रसन्न राखेका थिए । विशेष गरेर उनी राजाका प्रिय र नजिकका मानिस थिए ।     समय खुशीपूर्वक बितिरहेको थियो । कालक्रमानुसार दन्तिलकी छोरीको विवाह हुने अवसर आयो । त्यस विवाहको अवसरमा उनले सम्पूर्ण नगरवासी, राजकर्मचारी तथा राजालाई पनि निमन्त्रित गरेका थिए । विवाहको अवसरमा निमन्त्रित जम्मै पाहुनालाई दन्तिलले भव्य स्वागत सत्कार गरेका थिए । विवाह पछि राजा तथा रानी तथा तिनका परिजनलाई दन्तिलले आफ्नो घरमा आदर सत्कार गरेका थिए ।     राजाका सेवकहरूमध्ये गोरम्भ नाम गरेको एउटा अनुचर पनि थियो, जो राजदरबारमा कुचो लगाउने काम गर्दथ्यो । राजाका साथ ऊ पनि त्यस विवाहमा सामेल भएको थियो तर आफ्नो पदको प्रतिकूल कुनै उच्च आसनमा बसेको देखेर दन्तिलले उसलाई गलहत्याएर बाहिर निकालिदिएका थिए । यस प्रकारको अपमानबाट ऊ निकै दु:खी भएर दिनरात दीर्घ नि:श्वास लिरहन्थ्यो । त्यस अपमानबाट आहत भएर ऊ राति ओछ्यानमा सुत्न पनि सकिरहेको थिएन । कोल्टे फेरीफेरी ऊ निरन्तर सोचिरहन्थ्यो– क

गजल

डा. घनश्याम न्यौपाने ‘परिश्रमी’ जूनको चुम्बन मीठो लाग्यो प्रेम निवेदन मीठो लाग्यो स्वार्थी भाव नभएको त्यो माया बन्धन मीठो लाग्यो मन दुखेको बेला मेरो तिम्रो रोदन मीठो लाग्यो सम्झनामा आउने जाने सम्मोहन झन् मीठो लाग्यो कैलेकाहीा दिल टुटेको उनको गन्थन मीठो लाग्यो यार ! तिम्रो भित्री मनको त्यो भोलापन मीठो लाग्यो भन्दे तौले ए घनश्याम ! सादा जीवन मीठो लाग्यो

सिम्रौनगढका चण्डेश्वरा

–सुशील मुडभरी सिम्रौनगढ राज्यको करिब २२९ बर्से कर्नाटकवंशको शासनकालमा चण्डेश्वर र उनका पूर्वजहरूले महत्त्वपूर्ण योगदान दिएको देखिन्छ । राजा नान्यदेवले १०९७ मा यस भूभागको बागडोर हातमा लिएपछि उनले सिम्रौनगढलाई राजधानी बनाए । यस कार्यकालको शुरुमैं देवादित्य नामका व्यक्ति महासामन्त र मन्त्रीको रूपमा देखा परे । देवादित्य पछि उनका छोरा विरेश्वरा र विरेश्वरापछि उनका छोरा चण्डेश्वराले मिथिला क्षेत्रको सेवा गर्ने मौका पाए । शुक्र सिंह भन्ने शक्तिसिंहको पालामा तिनको दमन नीतिको हर्ताकर्ता चण्डेश्वर देखिए पनि उनले राजाको कार्य ठीक मानेनन् । राजालाई अंकुश लगाउन यी चण्डेश्वरा भन्ने चण्डेश्वरले सातजनाको भारदारीसभा बनाएर आफैंले नेतृत्व गरे । शक्ति सिंहको मृत्युपछि हरिसिंह देव (राजा)को पालामा प्रमुख कार्यकारी पदमा यी चण्डेश्वर नै देखा परे । यसबेला तुर्कहरूले चारैतिर वितण्डा मचाएका थिए । तीबाट बच्न युद्धशान्ति मन्त्रालय स्थापना भयो, जसको हर्ताकर्ता चण्डेश्वर नै बने । बेलाबेलामा यिनले मुख्य न्यायाधीश अर्थात् ‘प्राद्वाभिभेका’ ‘महाधर्माध्यक्ष’ आदि पद सम्हाले । विवाद रत्नाकर भन्ने पुस्तकमा लेखिए अनुसार पन

पत्रिका पढौ, रेडियो सुनौ

Image
- चन्द्रकिशोर    ‘पत्रिका पढौं, रेडियो सुनौं’  यो एउटा अभियानकै रूपमा अगाडि आउनुपर्छ । एउटा जागरुक समाज हुनको लागि सुसूचित पनि हुन जरुरी छ । उसको सेरोफेरोमा के भइराखेको छ त्यो जान्न जरुरी छ । व्यक्तिले आफ्नो बारे, आफू बसेको समाजबारे र समुदायको पक्षमा के कस्ता कुराहरू प्रकाशित वा प्रसारित भइरहेको छ त्यसबारे अवगत हुन जरुरी छ । वीरगंजकै सन्दर्भमा भन्ने हो भने यो मामिलामा त्यति उत्साहप्रद स्थिति छैन । पत्र–पत्रिका पढ्नुपर्छ वा चिठी लेख्नुपर्छ भन्ने सोचबाट अहिले पनि हामी बेखबर छोै जस्तो लाग्छ ।     पत्रिकाले समाजमा आफ्नो उपयोगिता स्थापित गर्न नसकेर हो कि, समाजले पत्रिकालाई नपत्याइदिएर हो, वीरगंजमा पत्रिकाको बजार खासै छैन । वीरगजको जुन जनसाङ्ख्यिक बनोट छ, यहाँका बासिन्दाहरूमा जुन प्रकारको क्रयशक्ति छ त्यस अनुपातमा यहाँ पत्रिकाको बजार न्यून छ । पत्रिकाहरू निस्कँदै छन्, पत्रिकाको स्तर र बजार व्यवस्थापन अनुसार बजार छ तर त्यो बजार वीरगंजको सम्भावनाको आधारमा एकदम कम छ । पाठक सङ्ख्या विस्तारबारे यहाँ खासै प्रयास भइरहेको पनि पाइँदैन । पाठकहरूको अभिरुचिबारे यहाँ अध्ययन र सर्वेक्षण पनि भएको छैन ।

कहीं तपाईंको छेउमा कोही डिप्रेसनको रोगी त छैन ?

Image
– डा. रवीन्द्रकुमार ठाकुर     हामीमध्ये धेरैजसो मान्छेले डिप्रेसन रोगको नाउँ अवश्यक सुनेका छौं र मनोचिकित्साको क्षेत्रमा यो एउटा प्रचलित रोगको नाम हो । आखिर डिप्रेशन के हो ? यो किन हुन्छ ? र यसलाई कसरी थाहा पाउने भन्ने जिज्ञासा हुनु स्वाभाविक हो । विश्व स्वास्थ्य स·ठनको आँकडा अनुसार हाल संसारभरि बार्‍ह करोडभन्दा बढी मान्छे यो रोगबाट पीडित छन्, जसमध्ये पचीस प्रतिशत मान्छेमात्र सही उपचार पाइरहेका छन् । वर्तमान समयमा यो रोग संसारको चौथो ठूलो स्वास्थ्य समस्या हो र सन् २०२० सम्म दोस्रो ठूलो स्वास्थ्य समस्या हुनेछ । हाम्रो देश नेपालमा पनि पुरानो आँकडा अनुसार चारदेखि छ प्रतिशत मान्छे यस रोगबाट पीडित छन् । अत: हामीकहाँ पनि यो ठूलो जनस्वास्थ्य समस्याको रूपमा देखा परिरहेको छ । देशको लागि एउटा आर्थिक बोझ हो किनभने यो रोग लागेमा उपचार खर्चबाहेक मान्छेमा काम गर्ने क्षमतामा धेरै कमी आउँछ । डिप्रेसन के हो ?     हाम्रो मन सदैव एकनासको हुँदैन । कहिले हामीलाई खुशी लाग्छ त कहिले निराश हुन्छौं । परीक्षामा फेल हुँदा, आर्थिक हानि–नोक्सानी हुँदा, पारिवारिक सम्बन्ध बिग्रँदा, परिवारमा कुनै सदस्यको मृत्यु हु

के गर्दैछन् झन्डावाल, के हेर्दैछन् डन्डावाल– ३

Image
- बैद्यनाथ ठाकुर    प्रदूषण आजको आधुनिक मानवलाई मन नपर्ने विषयहरूमध्ये एक हो । प्रदूषण अर्थात् शरीरलाई हानि नोक्सानी गर्नेगरी भइरहेको मानवजन्य मिसावट अथवा ती वस्तुहरू जसले पर्यावरणलाई क्षतिग्रस्त गर्दछ, त्यस्ता वस्तुहरूको उत्पादन र व्यवस्थापन, जुन गैरजिम्मेवार ढ·बाट प्रस्तुत भइरहेको छ त्यो नै प्रदूषण हो ।     प्रदूषणको आधुनिक परिभाषा वा क्षेत्र निकै फराकिलो छ । खाद्यान्न वस्तुमा निहित फाइदाको लागि अखाद्य वस्तुहरू मिसाइएको अवस्था, सस्तोको नाउँमा त्यसबाट उत्पन्न हुने परिणामहरूले गर्ने वायु प्रदूषण वा ध्वनि प्रदूषण आदि सबैले मानव समाजलाई अन्तत: रोगी तथा शारीरिकरूपले कमजोर (रोग प्रतिरोधक क्षमता कम भएको) बनाउँदै लगिरहेको छ । तर पनि त्यस्ता क्रियाकलापप्रतिको सतर्ककता जिम्मेवार निकाय र सरोकारवालाको चासोको विषय बनेको देखिंदैन ।     हामीकहाँ प्रदूषण मापन गर्ने साधन नभएको होइन, वा प्रदूषण फैलाउनेविरुद्ध कारबाई गर्ने संस्था (सरकारी/ गैरसरकारी) पनि नभएका होइनन् तर पनि प्रदूषण दिन दुई गुणा रात चौगुणाको दरले वृद्धि भइरहेको अवस्था छ र सर्वत्र मानिसहरू मौन छन् । मानौ तिनीहरूलाई प्रदूषणले केही गरि न

दिशा निर्देश आवश्यक

    देशमा यावत् कुराको व्यवस्था हुँदाहुँदै पनि कुनै काम हुन सकिरहेको छैन, भएको कामबाट प्रतिफल प्राप्त भइरहेको छैन । यसको विभिन्न कारणहरूमध्ये एउटा दिशा निर्देशको अभाव पनि हो । सबै कामचोर नै हुँदैनन्, धेरैमा आफ्नो देश, समाजका लागि केही गर्ने उत्कट भावना हुन्छ तर काम गर्ने परिपाटीको अभाव, उपयुक्त दिशा निर्देशको अभाव तथा अनुकूल वातावरण नहुँदा इच्छित काम पनि गर्न सकिन्न । प्रायश: स्थानीय निकायहरूमा यस प्रकारको अन्योल देखिएको छ । किनकि स्थानीय निकाय दशकौंदेखि जनप्रतिनिधिविहीन छ । जनप्रतिनिधि हुँदा विधि र प्रविधिको अभावमा पनि जनतासँग प्रत्यक्ष सम्पर्क र सम्बन्ध भइरहन्छ जसले गर्दा जनचाहनाको काम धेरथोर भइरहन्छ । अहिले सरकारको प्रतिनिधिको भरमा काम भइरहेकोले स्थानीय समस्या, स्थानीय वातावरण र स्थानीय मनोविज्ञानसँग अपरिचित रहँदा, स्थानीय आवश्यकताको सही मूल्याड्ढन गर्न नसक्दा खोला एकातिर बगिरहेको र कुलो अर्कोतिर बनाउँदै गरेको कतिपय अवस्थामा देखिएको छ । यसको निराकरण सरकारबाट नै हुनुपर्ने हो । सरकारका सम्बद्ध निकायहरूले यस कुराको खोजखबर राखेर तात्कालिक पाइला चाल्नुपर्ने हो ।     यसै सन्दर्भमा स्थानीय

महासङ्घको मुद्दामा जारी निषेधाज्ञा खारेज

प्रस, वीरगंज, ११ असोज/     नेपाल पत्रकार महासङ्घ, पर्सा शाखाको विवाद सम्बन्धमा आज पर्सा जिल्ला अदालतले भदौ १८ गते जारी गरेको अन्तरिम आदेश खारेज गरेको छ ।     पर्सा जिल्लाका माननीय न्यायाधीश लेखनाथ घिमिरेको इजलासले अशोक तिवारीले दिएको निषेधाज्ञा मुद्दामा भदौ १८ गते जारी गरेको अन्तरिम आदेश कायम रहन सक्ने अवस्था नरहेको भन्दै खारेज गरेको हो।     नेपाल पत्रकार महासङ्घ, पर्सा शाखाको ०६७/११/४ मा सम्पन्न नवौं अधिवेशनमा अध्यक्ष पदका उम्मेदवार अशोक तिवारी र कृष्णचन्द्र लामिछानेले ७५–७५ मत प्राप्त गरेपछि फागुन ५ गते सहमतीय प्रणालीबाट १८–१८ महिनाको आधा–आधा कार्यकाल सञ्चालन गर्ने सहमति भएको थियो। सोही सहमति अनुरूप तिवारीले पहिलो १८ महिना कार्यकाल पूरा गरेपछि गत भदौ ६ गतेदेखि दोस्रो कार्यकाल सम्हालेका लामिछानेविरुद्ध पहिलो कार्यकालका अध्यक्ष तिवारीले आफू गोलाप्रथाबाट निर्वाचित भएको भन्दै झूटा विवरण पेश गरेर अदालतमारिट गरेका थिए।

विकास निर्माणबारे मन्त्रालयको अनुगमन टोली जिल्लामा

Image
प्रस, वीरगंज, ११ असोज/     स्थानीय विकास मन्त्रालयका सहसचिव दिनेश थपलियाको नेतृत्वमा आएको टोलीले पर्सामा भएका विकास निर्माण कार्यको स्थलगत निरीक्षण तथा स्थानीय निकायका कर्मचारीहरूबीच जिल्ला विकास समिति पर्साको सभाहलमा अन्तक्र्रिया कार्यक्रम सम्पन्न गरेका छन् ।     अन्तक्र्रिया कार्यक्रममा श्री थपलियाले गत वर्षको तुलनामा जिल्लाको विकासको काम सन्तोषजनक देखा परेकोले जनगुनासो आउन नदिन जनतासँग सहकार्य गरी काम गर्न निर्देशन दिएका थिए। स्थानीय स्तरमा भएको काम ठीक हो भन्ने कर्मचारीहरूले आपैंm सार्वजनिक गरी सरोकारवालाहरूलाई सामाजिक परीक्षण गराए जनगुनासो कम हुने उनले बताएका थिए।     गाविस सचिवहरू गाउँ पुग्नु अहिलेको अवश्यक्ता रहेको बताउँदै तर धेरै गाविस सचिवहरू आफ्नै कारण कार्यक्षेत्रमा कुटिनु, अपहरणमा पर्नु सुन्दा चिन्ता लागेको उनले बताए। आफ्नै कारण गाविस नजाने सचिवहरूको सङ्ख्या मधेसमा बढी देखा पर्नु जनता र कर्मचारीबीच पारस्परिक समन्वयको कमी रहेको बताए। उपेन्द्र यादव, बारा/     सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले बारा र पर्साका स्थानीय बासिन्दाको विचार अनुगमन गर्न गठन गरेको टोली यहाँ

वीरगंज भन्सार तथा पथलैया राजस्वमा करोडौंको सवारी साधन अलपत्र

Image
प्रस, जीतपुर, ११ असोज/      वीरगंज भन्सार कार्यालय तथा मध्यमाञ्चल राजस्व अनुसन्धान कार्यालय पथलैया परिसरमा करोडौं मूल्य बराबरको सयौं थान सवारी साधनहरू अलपत्र परेका छन्।     विभिन्न मितिमा सुरक्षाकर्मीले पक्राउ गरेर बुझाएका महँगो मूल्य पर्ने कार, जिप, एस्कारपियो, सुमो, मोटरसाइकललगायत सवारी साधनहरू  खुला आकाशमुनि अलपत्र परेका छन्।     सरकारी सवारी साधन तथा सम्पत्ति लिलाम बिक्रीका लागि  मूल्य निर्धारण गर्न जिल्ला, क्षेत्रीय, राष्ट्रिय स्तरमा मूल्याङकन समिति गठन गर्नुपर्ने सरकारी नीति छ। सो नीति बमोजिम लिलाम बिक्रीकर्ता, सरकारी कार्यालयका प्रमुखको संमयोजकत्वमा लिलाम गर्ने सम्पत्ति सम्बन्धी विषेशज्ञ एकजना, उद्योग वाणिज्य सङ्घका प्रतिनिधि एकजना, कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रतिनिधि एकजना र जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि वा सो कार्यालयले तोकेको सरकारी प्रतिनिधि एकजना गरी ५ सदस्यीय मूल्याङकन समिति गठन गरिन्छ। उक्त समितिले मूल्याङकन गरे बमोजिम सरकारी सवारी, साधन, सम्पत्तिको लिलाम बिक्री गर्ने व्यवस्था रहेको मध्यमाञ्चल पथलैया कार्यालयले जनाएको छ।     मूल्याङकन समितिका पदाधिकारीहरू

विद्यालयस्तरीय दौड प्रतियोगिता हुने

प्रस, वीरगंज, ११ असोज/     नेपाल खेलकुद महासङ्घ, जिल्ला कार्यसमिति पर्साको आज सम्पन्न विस्तारित बैठकले यही असोज २७ गते प्रथम विद्यालयस्तरीय दौड प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको छ।     हिन्दूहरूको महान् पर्व बडादशैं, तिहार र छठको अवसर पारेर प्रतियोगिताको आयोजना गर्न लागेको महासङ्घ जिल्ला कार्यसमिति पर्साका सदस्य एवं कार्यक्रम संयोजक विश्वेश्वर पटेलले बताए। बैठक कार्यवाहक अध्यक्ष दीपक तिवारीको अध्यक्षतामा बसेको थियो।

कृषि औजार कारखानाको व्यावसायिक सञ्चालनको खाँचो

Image
शीतल महतो     नेपालको आवधिक योजना र विकास रणनीतिमा कृषि क्षेत्रलाई अर्थतन्त्रको महत्त्वपूर्ण अधारस्तम्भको रूपमा लिने गरिएको छ। कृषि क्षेत्रको यथोचित वृद्धिबाट मात्रै नेपालको बृहत् सामाजिक तथा आर्थिक समृद्धि हासिल गर्न सकिने वास्तविकता कसैबाट छिपेको छैन। तर विगत झन्डै तीन दशकदेखिका आवधिक योजनामा कृषि क्षेत्रलाई उच्च प्राथमिकतामा राखिएको भएपनि यस क्षेत्रको वृद्धिदर र प्रगतिको स्तर ज्यादै निराशजनक रहेको देखिन्छ। नेपालको आर्थिक उन्नतिका लागि विद्यमान प्रशस्त सम्भावनाहरूमध्ये सबैभन्दा महत्त्वपूर्ण र सशक्त सम्भावना भएको क्षेत्र कृषि आज पनि उपेक्षित र अपहेलित पेशाको रूपमा रहेको छ। यसरी कृषि विकासमा देखिएको अवरोध नै नेपालको गरिबी र विपन्नताको मुख्य आधार र कारण पनि हो।     कृषिप्रधान मुलुक नेपालले कृषि उत्पादनका लागि अति आवश्यक वस्तु उत्पादन गर्न नसक्नु आफैंमा दुर्भाग्यपूर्ण त छँदैछ, त्यसमा पनि कृषि क्रान्तिको माध्यमबाट आर्थिक क्रान्ति गर्ने सरकारी प्रतिबद्धतामा समेत प्रतिकूल प्रभाव पार्ने प्राय: निश्चित छ। संसारमा कृषि क्रान्तिको इतिहासलाई राम्ररी केलाएर हेर्ने हो भने हरित क्रान्ति नभई क

वीचिका सञ्चालनको आन्दोलन र नेताहरूको भूमिका

Image
वीरेन्द्रप्रसाद यादव     रूसको सहयोगमा २०२१ सालमा स्थापना भएको वीरगंज चिनी कारखाना आन्तरिक कारणले २०५९ साल फागुन १६ गते खारेजीमा पर्‍यो। खारेजीमा परेको झन्डै दश वर्षपछि पुन: सञ्चालनको लागि अवाज उठ्न थालेको छ। बारा, पर्सा, रौतहट, सर्लाहीजस्ता तराईका प्रमुख जिल्लाको आर्थिक विकास तथा रोजगारीलगायतमा टेवा पुर्‍याउँदै आएको उद्योगको पुन: सञ्चालनका लागि जनस्तरबाट आवाज उठ्नु स्वाभाविक मात्र होइन, अपरिहार्य पनि छ। पुन: सञ्चालनका लागि सरोकारवाला सबै क्षेत्रबाट आवाज उठ्नुपर्छ। तर यस आन्दोलनले विचिका पुन: सञ्चालन हुने सम्भावना छ छैन ? छ भने आन्दोलनको कार्यदिशा कस्तो हुनुपर्छ भन्ने विश्लेषण हुनुपर्छ।     आन्दोलनको अगुवाइ केही राजनीतिक नेताले गरेको देखिन्छ। राजनीतिक नेतृत्व आन्दोलनको अगुवा हुनु स्वाभाविक पनि छ किनभने अत्यधिक आर्थिक लाभ पुर्‍याउँदै आएको कारखानासित यथेष्ठ सम्पत्ति हुँदाहुँदै पनि एकाएक सरकारले खारेजीको निर्णय गर्दा स्थानीय नेता तथा जनदबाबको कमी भएकै थियो। यसर्थ राजनीतिक नेतृत्वको अगुवा र जनदबाबको अपरिहार्यता छ। वर्तमान आन्दोलन कारखाना सञ्चालन भन्दा असफल राजनीति सफल बनाउने रणनीति हो क

विमानस्थल निर्माणका लागि दबाब र त्यसको सकारात्मक प्रभाव

Image
विश्वराज अधिकारी     २०४६–४७ सालको राजनैतिक परिवर्तन पछिको स्थितिको मूल्याङकन गर्ने हो भने नेपालमा बन्द हडताल खासगरी केवल कुनै राजनैतिक दल वा त्यस दलका नेताहरूको फाइदाका लागि मात्र भएको पाइन्छ। बन्द हडतालका कारणहरू पर्दा अगाडि जे देखाइए पनि पर्दा पछाडि भने राजनैतिक र नितान्तरूपमा व्यक्तिगत वा दलगत लाभका लागि हुने गरेको यथार्थमा कसैलाई कुनै किसिमको भ्रम नहुनु पर्ने हो। सामान्य नागगरिकलाई समेत पनि, प्रत्यक्ष वा अप्रत्यक्ष किसिमले आर्थिक फाइदा हुने किसिमको कार्यको लागि वा आर्थिक उद्देश्यले बन्द हडताल भएको ज्यादै नै कम देख्न पाइन्छ। अहिले यो लेख तयार पार्दासम्म पोखरेलीहरूले आफ्नो शहरमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि तत्काल निर्णय लिन सरकारलाई दबाब दिने उद्देश्यले गरेका बन्दलाई सर्वसाधारणको हित र मुख्यगरी आर्थिक हितका लागि गरिएको बन्द हडतालको रूपमा लिन सकिन्छ। हुनत बन्द वा हडताल कुनै पनि उद्देश्यका लागि गरिए तापनि त्यसबाट विपन्न जनता नै बढी प्रभावित हुने वा उनीहरूले नै आर्थिक क्षति बढी बेहोर्नुपर्ने भएकोले यस किसिमका कार्यहरूलाई आजको यो आर्थिक जागरणको युगमा राम्रो मान्न सकिं

वर्तमान अवस्थामा मधेसवादी राजनीति

Image
श्रीमन्नारायण     एकीकृत नेकपा (माओवादी) का वरिष्ठ नेता डा. बाबुराम भट्टराई नेतृत्वको वर्तमान साझा सरकारमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा एक महत्त्वपूर्ण घटकको रूपमा काम गरिरहेको छ तर यसले मधेसीका निम्ति कुनै उपलब्धिमूलक कार्य गर्न सकेको छैन। गत एक वर्षको कामकाजको मूल्याङकन गर्ने हो भने वर्तमान सरकार ए. नेकपा (माओवादी) को एकमना सरकारको जस्तो काम गरिरहेको स्प्ष्ट बुझ्न सकिन्छ।     हालै प्रहरी महानिरीक्षकको नियुक्तिमा उपप्रधान एवं गृहमन्त्री विजयकुमार गच्छेदारको चर्काे धम्की र अडानका बावजुद प्रधानमन्त्रीले आफूले रुचाएको व्यक्तिलाई छाने। यसभन्दा अघि पनि मुख्य सचिवको नियुक्तिमा मधेसवादी दलहरूको अडान बालुवाको पर्खाल साबित भयो र प्रधानमन्त्रीले आफ्नो रुचिका व्यक्तिलाई मुख्य सचिव बनाए । यस्ता कतिपय उदाहरण र घटनालाई प्रस्तुत गर्न सकिन्छ जसबाट यो साबित हुन्छ कि वर्तमान सरकारमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको अवस्था निरीह याचकजस्तो छ।     संविधानसभा निर्वाचनपछि बनेका प्राय: सबैजसो सरकारमा मधेसवादी दलको सहभागिता रहेको छ। सरकारलाई बाहिरबाट समर्थन दिएर राजनीतिक दबाब सृजना गरी मोर्चाले आफ्