प्रस, वीरगंज, १४ भदौ/
अन्तर्राष्ट्रिय बेपत्ता दिवस आज वीरगंजमा पनि मनाइयो । नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाद्वारा साँझपख घण्टाघर चोकमा आयोजित समारोहमा सहभागीहरूले मैनबत्ती बालेर बेपत्ता भएकाहरूको सम्झना गरेका थिए ।
नेरेसो पर्सा शाखाका अध्यक्ष फुलमहम्मद मियाँको मुख्य आतिथ्यमा सम्पन्न कार्यक्रममा रेडक्रसका उपमन्त्री तथा कार्यक्रम संयोजक शैलेन्द्र चौरसियाले मुलुकमा अझै १४ सय एकजना बेपत्ताको सूचीमा रहेको उल्लेख गर्दै उनले पर्सा जिल्लामा पनि पाँचजना बेपत्ता रहेका बताए ।
अन्तर्राष्ट्रिय रेडक्रस संस्था आइसिआरसीको प्रतिवेदन उधृत गर्दै उपमन्त्री चौरसियाले सो सङ्ख्या माओवादी द्वन्द्वकालदेखि यताको भएको बताए ।
कार्यक्रममा रेडक्रस पर्साका उपसभापति मधु राणा, सदस्यहरू विनोद मेहता, दयाशङ्कर सिंह, रक्तसञ्चार केन्द्र वीरगंजका संयोजक मदन गुप्ता, ब्लड डोनर्स एसोसिएसन पर्साका अध्यक्ष शत्रुघ्न नेपाललगायतको सहभागिता थियो ।
प्रस, रौतहट/
अन्तर्राष्ट्रिय बेपत्ता दिवसमा आज नेपाल रेडक्रस सोसाइटी गौरको सभाकक्षमा अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला प्रशासन कार्यालय रौतहटका प्रशासकीय अधिकृत सूर्यप्रसाद दहालले राज्यको नीति नियम बनाउने राजनीतिक दल भएको हुनाले उसलेले बनाएको नीति नियम कार्यावन्यन गर्ने कर्मचारीहरूको दायित्व हो भनी बताए । बेपत्ताको प्रक्रिया अन्तर्गत जिल्ला प्रशासन कार्यालय रौतहटद्वारा राहत उपलब्ध गराइरहेको उनले बताए । नेपाल रेडक्रस सोसाइटी रौतहटका सभापति तथा केन्द्रीय सदस्य मोहम्मद मजरूल हकको सभापतित्वमा आइसिआरसीका प्रतिनिधि मनीष दासले रौतहटमा १९ जना बेपत्ता रहेको बताए । सशस्त्र द्वन्द्वकालमा ३ हजार ८ सय बेपत्ता भएकामध्ये १ हजार ४ सय १ अहिलेसम्म पत्तो नलागेको उनले बताए । बेपत्ता परिवारका सदस्य रमिता यादवले राहत पाए पनि अध्ययन–अध्यापनका लागि सहयोग नपाएको गुनासो गरिन् । स्थानीय शान्ति समितिका जिल्ला संयोजक मोहम्मद इसराइल अन्सारी, नेकपा एमालेका श्यामसुन्दर पटेल, नेपाली काङ्ग्रेसका नरेश यादव, एकीकृत नेकपा माओवादीका विन्देश्वर यादवलगायत वक्ताहरूले बेपत्ताहरूलाई सार्वजनिक गर्ने निकाय राज्य रहेकोले सार्वजनिक गर्न आग्रह गरेका थिए । रेडक्रस एनजिओ र आइएनजिओ होइन बताउँदै उनले अन्तर्राष्ट्रिय मानव अभियान हो भनी बताए । अन्तर्राष्ट्रिय संस्थासँग आबद्ध रेडक्रस युद्धको अवस्थादेखि अन्तद्र्वन्द्वको अवस्थासम्म मानवीय हितमा कार्य गर्ने संस्था रहेकोले आआफ्नो स्तरबाट सबैले सहयोग पुर्याउन आग्रह गरेका थिए ।