$type=ticker$count=12$cols=4$cate=0

वातावरण तथा पर्यावरण संरक्षण समितिले दाबी गरेको प्रदूषण चाचान समूहको उद्योगमा छैन– अध्यक्ष केसी

SHARE:

प्रस, वीरगंज, १४ भदौ/
    वातावरण तथा पर्यावरण संरक्षण समिति भवानीपुर सुखचैना पर्साले लिपनीमाल–८ मा रहेका उद्योगहरूबाट हुने प्रदूषण टुङ्गो नलागेको भन्दै आन्दोलन घोषणा गरेपछि आज चाचान समूहले पत्रकार सम्मेलनको आयोजना गरेर आफ्नो उद्योगले वातावरण प्रदूषण नगरेको दाबी गर्नुका साथै अनाहकमा बदनाम गराउने काम भएको आरोप लगाएको छ ।
    चाचान समूहका अध्यक्ष बाबूलाल चाचानले नारायणी सिमेन्ट उद्योग प्रालि परिसरमा पत्रकार सम्मेलनको आयोजना गरी सर्वोच्च अदालतको फैसलाको सम्मान गर्दै आफूले नारायणी छाला उद्योगलाई लिपनीमाल गाविसबाट रामपुर टोकनीमा सारेको र हाल त्यहाँ रहेका नारायणी आयल रिफाइनरी, नारायणी दाल मिल र नारायणी सिमेन्ट उद्योग प्रालिमा अत्याधुनिक १७ वटा ब्याग फिल्टर करिब पाँच करोडको लागतमा जडान गरेको, त्यस्तै खरानी नियन्त्रण गर्ने अत्याधुनिक प्रविधि अपनाएको र १०८ फिट लामो चिम्नीबाट हावामात्र बाहिर निस्कने गरेको बताए । उनले स्थानीय पर्सा–बाराका प्रशासन, वातावरण विज्ञान तथा प्रविधि मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय समेतको टोलीले उद्योगको स्थलगत निरीक्षण गरी प्रतिवेदन पेश गरेको र सो प्रतिवेदनमा प्रदूषण व्यवस्थापन सन्तोषजनक भएको उल्लेख हुँदाहुँदै प्रदूषण नियन्त्रणको सबै मापदण्ड पूरा गरेको उद्योगलाई बदनाम गर्ने हिसाबले दुष्प्रचार भएकोमा चिन्ता व्यक्त गरे । 
    अध्यक्ष चाचानले उद्योगमा स्थानीय युवकहरू रोजगारमा सम्मिलित रहेको र उनीहरूबाट कुनै पनि किसिमको टीका–टिप्पणी नभएको तथा उद्योगका आधिकारिक ट्ेरड युनियन कर्मचारीहरूले उद्योगमा प्रदूषण नपाएको तर उद्योगलाई बदनाम गर्ने हिसाबले केही व्यक्ति लागिपरेको बताए । उनले प्रदूषणको कारण बालीनाली नष्ट भएको जस्ता आरोप मनगढन्ते भएको बताए ।
    पत्रकार सम्मेलनका प्रमुख अतिथि वीरगंज उद्योग वाणिज्य सङ्घका अध्यक्ष अशोक टेमानीले वातावरण प्रदूषण सम्बन्धमा संवेदनशील हुनु राम्रो पक्ष भए पनि हुँदै नभएको प्रदूषणको कुरा उठाएर मापदण्ड पूरा गरेको उद्योगलाई बदनाम गर्न खोज्नु असल कार्य नभएको बताए । उनले उद्योग वाणिज्य सङ्घ, असल उद्योगी व्यापारीको हकमा सदैव साथ रहेको बताएका थिए ।
    पत्रकार महासङ्घ पर्साका अध्यक्ष केसी लामिछानेले आफूलगायत पत्रकारहरूको टोलीले निरीक्षण गर्दा उद्योगमा प्रदूषण प्रभावित अवस्था नदेखेको बताए । उनले प्रदूषणको मापदण्ड पूरा नगरेका उद्योगहरूको हकमा आन्दोलन जायज हुने तर मापदण्ड पूरा गरेको उद्योगहरूको हकमा आन्दोलनको औचित्य नरहेको बताए ।
    पत्रकार सम्मेलनमा नारायणी सिमेन्टका कार्यकारी निर्देशक उमेशचन्द्र ठाकुर, इन्जिनियर बलराम यादव, रिपोर्टर्स क्लबका कन्हैया गुप्तालगायतको सहभागिता थियो । पत्रकार सम्मेलनपूर्व चाचान समूहका अध्यक्ष बाबूलाल चाचानले तीनवटै उद्योगहरू पत्रकारहरूलाई अवलोकन गराएका थिए । सम्मेलनमा छापा, श्रव्य दृश्यका गरी करिब ५० जना पत्रकारहरूको सहभागिता थियो ।
    यता वातावरण तथा पर्यावरण संरक्षण समितिले भदौ ६ गतेदेखि आन्दोलन घोषणा गरेको छ । घोषित आन्दोलन अनुसार उद्योगपति र स्थानीय प्रशासनलाई भदौ ६ गते ७२ घण्टे अल्टिेमटम दिएको छ भने ९–११ गतेसम्म वीरगंज, पथलैया, कलैयामा पम्पलेटिङ गरिएको छ । त्यस्तै सोही ठाउँमा १२ गतेदेखि आजसम्म भित्तेलेखन कार्य गरिएको छ । वीरगंज घण्टाघर र कलैया भरतचोकमा १५–१८ गतेसम्म हस्ताक्षर सङ्कलन गर्ने, २० गते विरोध र्‍यालीसहित जिप्रका पर्सा घेराउ गर्ने, पहिलो चरणको आन्दोलन तोकिएको छ भने दोस्रो चरणमा भदौ २२ गते चैनपुर चोकमा २ घण्टा राजमार्ग ठप्प पार्ने र २४–२६ गतेसम्म रिले अनशन र २७ गतेदेखि आमरण अनशनमा बस्ने जानकारी गराइएको छ ।
    समितिले नारायणी रिफाइनरी उद्योग, दाल उद्योग, त्रिशक्ति सिमेन्ट, चाबोसति, दुग्गड गु्रप, अमृत वनस्पति लगायत उद्योगहरूको चिम्नीबाट निस्कने धूवाँ, छाइलगायतले आसपासका गाउँबस्तीमा प्रदूषण फैलाएर मानिसको स्वास्थ्यमा प्रतिकूल असर पारेको भन्दै आन्दोलनको घोषणा गरेको हो
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : वातावरण तथा पर्यावरण संरक्षण समितिले दाबी गरेको प्रदूषण चाचान समूहको उद्योगमा छैन– अध्यक्ष केसी
वातावरण तथा पर्यावरण संरक्षण समितिले दाबी गरेको प्रदूषण चाचान समूहको उद्योगमा छैन– अध्यक्ष केसी
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgBfN1WRAzSlCT921dsg2X4RuFeGOsLHoJNH4J6x5Mfs2sKlAzExGuErOquH6kYvP9AkZA4FDIW4mAa_xLt0-I_7_fe399j-8v9cWfMlIlGPpD5tSY3cdy0S-fhzJ35CSZJEOaSktXK2LQ/s200/chachan.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgBfN1WRAzSlCT921dsg2X4RuFeGOsLHoJNH4J6x5Mfs2sKlAzExGuErOquH6kYvP9AkZA4FDIW4mAa_xLt0-I_7_fe399j-8v9cWfMlIlGPpD5tSY3cdy0S-fhzJ35CSZJEOaSktXK2LQ/s72-c/chachan.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2012/08/blog-post_8869.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2012/08/blog-post_8869.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy