म एउटा विद्यार्थी भएको कारण आफ्नो दु:खेसो पोख्दैछु । भदौ ११ गते सोमवारको दिन नाउक्षे अस्पतालमा आफ्नो दाइको दाँतको समस्या लिएर पुगेको थिएँ । त्यहाँ म र मेरा दाइ ठीक ८:५० बजे पुग्यौं । मैले पुर्जी लिएर जाँदा न कुनै कर्मचारी थियो न डाक्टर नै । त्यतिबेला ९:४७ बजेको थियो । त्यहाँ बस्दाबस्दै १० बज्यो तर न कर्मचारीहरू नै आए, न डाक्टरको अत्तोपत्तो थियो । केही समयपछि डाक्टरसाहेबहरू आफ्नो कक्षमा एक–एक गर्दै आउनुभयो, त्यसपछि म र मेरा दाइ चेकजाँच गर्ने कक्षमा पुग्यौं । जाँचपछि एक्सरे कोठातिर लाग्यौं, एक्सरे भयो । एक्सरे लिएर डाक्टरको कक्षमा जाँदा कुर्सी खाली थियो ।
डाक्टरसाहेबलाई खोज्दै गेटपाले दाइ नजिक पुगें । गेटपाले दाइसँग सोध्दा उनले भने– डाक्टर त घर गइसके । त्यो बेला ठीक ११:३९ बजेको थियो । डाक्टरको प्रतीक्षा गर्दागर्दै हामी दाजुभाइले निर्णय गर्यौं अब घर जाऊँ भोलि आएर रिपोर्ट देखाउने ।
विद्यार्थीहरुको समयको महत्त्व कति हुन्छ यो त भन्नु नै पर्दैन । यो हामी दाजुभाइको समस्या नभएर ग्रामीण क्षेत्र र शहरी क्षेत्रबाट आएका बिरामीहरूको समस्या हो । डाक्टर साहेब तपाईंहरू यो समस्यालाई सहानुभूतिको आँखाले हेरिदिएको भए यस्तो समस्या आउँदैन थियो होला । के बिरामीहरुको समयको कुनै महत्त्व छैन ? गरिब र दीनदु:खी बिरामी कहाँ जाने ? यस्तो समस्याको समाधान कसले गर्ने ? यसबारे सरकारले केही कदम उठाउँछ कि ?
उमेशप्रसाद कुशवाहा
सिद्धार्थ कलेज, ९८०४२६७३०४