$type=ticker$count=12$cols=4$cate=0

बर्दिवास–सिमरा–वीरगंज रेल्वे लाइन डिजाइन काम शुरू

SHARE:

गम्भीरा सहनी, जीतपुर, ११ भदौ/
    नेपाल र भारत सरकारको सहमति बमोजिम नेपाल–भारतबीच ५ वटा सीमा नाकाहरूमा रेल्वे लाइन निर्माण गरी प्रस्तावित मेची–महाकाली रेल्वे लाइनको बर्दिवास–सिमरा–वीरगंज रेल्वे लाइन निर्माणको विस्तृत डिजाइन कार्य पहिलो चरणमा भइरहेको छ । डिजाइन कार्य सम्पन्न गर्ने लक्ष्य २०६९ साल पौष मसान्त भएको रेल्वे तथा मेट्रो विकास आयोजना काठमाडौंले जनाएको छ ।
    बर्दिवास–सिमरा–वीरगंज रेल्वे लाइन निर्माणले पर्न सक्ने सामाजिक तथा वातावरणीय प्रभावको विस्तृत अध्ययन गरी वातावरणीय प्रभाव मूल्याड्ढन प्रतिवेदन ३ महिनाभित्र पेश गर्नुपर्छ र त्यसपछि ३ महिनाभित्र  रेल्वे लाइनमा पर्ने जग्गाको मूल्याड्ढन, मुआब्जा वितरण, जग्गा अधिग्रहणको व्यवस्थापन आगामी ६ महिनाभित्र गरेर वर्ष २०७०–०७१ मा निर्माण काम शुरू गर्ने लक्ष्य रहेको सामाजिक तथा वातावरणीय अध्ययन टोलीका समाजशास्त्री मनोज लालले एक भेटमा प्रतीकलाई बताए ।
    नेपाल–भारत सीमामा निर्धारित ५ वटा रेल्वे लाइनहरू जयनगर–वर्दिवास ६८ कि.मि, जोगबनी– विराटनगर १८ कि.मि, नौतनवा–भैरहवा १५ कि.मि, रुपैडिया–नेपालगंज १२ कि.मि र न्यू जलपाईगुडी–काकडभिटा ४० कि.मि रेल्वे विस्तार काम भारत सरकारले आफैं गरिदिने जनाएको छ । पहिलो चरणमा जयनगर–बर्दिवास र जोगबनी–विराटनगर रेल्वे लाइन विस्तारका लागि नेरु १० अर्ब ४० करोडमध्ये जोगबनी–विराटनगर १८ कि.मि रेल्वे लाइन निमार्णका लागि रु. २ अर्ब ३८ करोड र जयनगर–बर्दिवास ६८ कि.मि रेल्वे लाइन निर्माणका लागि रु. ८ अर्ब २ करोड भारत सरकारले छुट्याएको समाचारमा जनाइएको छ ।

    जयनगर–बर्दिवास–सिमरा–वीरगंज रेल्वे लाइन अन्तर्गत  जयनगर–बर्दिवास ६८ कि.मि रेल्वे लाइन निमार्ण काम भारत सरकारको अनुदान सहयोगमा पूरा हुन्छ भने बर्दिवास–सिमरा १ सय २ कि.मि र सिमरा–वीरगंज ३४ कि.मि रेल्वे लाइन निर्माणका लागि नेपाल सरकारले कार्ययोजना सार्वजनिक गरी प्रारम्भिक काम शुरू गरेको छ । निर्माणाधीन सो रेल्वे लाइन एकल ट्रयाकको हुन्छ र यसमा द्रुत गतिको विद्युतीय रेल सेवा सञ्चालन हुन्छ । रेल सेवाको अधिकतम गति प्रतिघण्टा १६० किमि हुने जनाइएको छ ।
    बर्दिवास–सिमरा–वीरगंज १३६ कि.मि दूरीमा ५ जिल्लाका ३८ वटा गाविसहरू प्रभावित हुनेछन् । सो रेल्वे लाइनको निर्माणले पर्सा जिल्लाका ९ गाविस चोर्नी, बेल्वा, लालपर्सा, हरपतगंज, बगही, सिर्सिया, रामगढवा, भवानीपुर, उदयपुर घुर्मी, बारा जिल्लाको १० गाविस कोल्भी, परसौना, हरैया, करैया, सिहोर्वा, मनहर्वा, फत्तेपुर, डुमरवाना, सिमरा, जीतपुर, रौतहट जिल्लाका ५ गाविस पौराई, सन्तसुर, रङपुर, लक्ष्मिनिया, कनकपुर, सर्लाही जिल्लाका १० गाविस गौरीशड्ढर, भक्तिपुर, रानीगंज, ईश्वरपुर, लालबन्दी, लेकगंज, घुरकौली, हरिवन, ढु·ेखोला, कर्मैया र महोत्तरी जिल्लाका ४ गाविस किसान नगर, बर्दिवास, रामनगर र बेलगाछी प्रत्यक्ष प्रभावित हुने प्राप्त विवरणमा जनाइएको छ ।
    पूर्व–पश्चिम राजमार्गको दक्षिणी भागमा यो रेल्वे लाइन विस्तार गरिने यस रेल्वे लाइनको रेखाड्ढनमा सबभन्दा छोटो दूरी, कमभन्दा कम व्यक्तिगत घर जग्गाको क्षति, कमभन्दा कम वन विनाश तथा बढीभन्दा बढी सुविधाजनक स्थानमा स्टेशन निर्माण हुने, स्थानीय बासिन्दाको आवागमन तथा बसाइमा रेल्वे लाइनले कुनै समस्या नल्याउने गरी थप संरचना निमार्ण गर्ने, खतरा तथा जोखिम न्यून गर्ने सहित कम लागत एवं कम समयमा रेल्वे लाइन निर्माण गर्ने गरी रेखाड्ढन गरिएको जनाइएको छ ।
    बर्दिवास–सिमरा–वीरगंज रेल्वे लाइनको विस्तृत अध्ययन प्रतिवेदनसहित मूल्याड्ढन, डिजाइन, मुआब्जा वितरण, जग्गा अधिग्रहण चालू आव २०६९–०७० मा पूरा गर्ने लक्ष्य छ भने ५ वटै रेल्वे लाइनको निर्माण काम १५ वर्षभित्र पूरा गर्ने कार्ययोजना छ । बर्दिवास–सिमरा–वीरगंज रेल्वे लाइन निर्माण काम आगामी ३ वर्षमा पूरा गरेर वीरगंज सुखा बन्दरगाहको रेल्वे लाइनमा जोड्ने कार्ययोजना भएको रेल्वे तथा मेट्रो विकास आयोजना काठमाडौंका सुपरिन्टेन्डेन्ट इन्जिनियर ( सुई ) राजेश्वरमान सिंहले प्रतीकलाई फोन सम्पर्कमा बताए ।
    राजनीतिक, प्राविधिक, प्राकृतिक अवरोध तथा सरकारी कुनै किसिमको रोकछेक नभए तोकिएको समयभित्र सो रेल्वे लाइनको निमार्ण काम पूरा गर्ने फुल ब्राइट कन्सलटेन्सी प्रा.लि काठमाडौंका एक प्राविधिकले बताए ।
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : बर्दिवास–सिमरा–वीरगंज रेल्वे लाइन डिजाइन काम शुरू
बर्दिवास–सिमरा–वीरगंज रेल्वे लाइन डिजाइन काम शुरू
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgAqrGqmqgVpA3n9GQVSjxNe-IKKg5QFqc8OlrpLrppQnv9i1jnepn7z6OOjdbRdSQBaUvUe0N88tZJc-43a_jCa0bUGyfuoYzd5TkQS7d6tjyoOzSB8TIwxMw7vPw0nzuGoQ6NBL1trV4/s200/main.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgAqrGqmqgVpA3n9GQVSjxNe-IKKg5QFqc8OlrpLrppQnv9i1jnepn7z6OOjdbRdSQBaUvUe0N88tZJc-43a_jCa0bUGyfuoYzd5TkQS7d6tjyoOzSB8TIwxMw7vPw0nzuGoQ6NBL1trV4/s72-c/main.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2012/08/blog-post_8596.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2012/08/blog-post_8596.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy