- शीतलप्रसाद महतो
राजनीतिक अस्थिरता, आन्तरिक द्वन्द्व, रोजगारीका क्षेत्रहरूको सीमितता तथा औद्योगिक क्षेत्रमा छाएको शिथिलताका कारण विगत एक दशक यता वैदेशिक रोजगारीले मुलुकको अर्थतन्त्रमा ठूलो सहयोगीको भूमिका निर्वाह गर्दै आएको छ । दश वर्षे आन्तरिक द्वन्द्वका क्रममा पनि नेपाली अर्थतन्त्रलाई भरथेग गरेको रेमिन्ट्यास गणतन्त्रको स्थापना पछि पनि बढ्दै गएको छ । मुलुकमा गणतन्त्र स्थापना भए यता वैदेशिक रोजगारीको अवस्थालाई हेर्ने हो भन्ने यो अवधिमा रोजगारीका लागि विदेशिने नेपालीको सङ्ख्या झन्डै चार गुणाले वृद्धि भएको तथ्याङ्क छ । त्यस्तै नेपाल भित्रिने रेमिट्यान्स पछिल्लो पाँच वर्षमा करिब २५० प्रतिशतको दरले वृद्धि भएको छ ।
वास्तवमा सबैले चाहेको सङ्घीय नेपाल भनेको नै क्षमता अनुसारको काम र काम अनुसारको दाम सहितको समृद्ध र सम्पन्न नेपाल हो । तर विगत एक दशक यता देखिएको आन्तरिक द्वन्द्वका कारण स्वदेशमा रोजगारी सङ्कुचित हुँदै जाँदा विदेशी मुलुकहरू नेपाली युवाका लागि दरिलो गन्तव्य बन्न पुगेका छन् । सरकारी तथ्याङ्कलाई मात्र आधार मान्ने हो भने गत आर्थिक वर्षको अन्त्यसम्म विभिन्न मुलुकमा झन्डै साढे २२ लाख नेपाली वैधरूपमा रोजगारका लागि पुगेका छन् । अहिले दैनिक सरदर १ हजार ५ सय नेपाली युवा रोजगारका लागि विभिन्न मुलुक जाने गरेका र ती मध्ये १५ प्रतिशत महिला रहेका वैदेशिक रोजगार विभागको तथ्याङ्क छ ।
विदेशको भूमिमा श्रम, पसिना र बुद्धि उपयोग गर्दै उनीहरूले आफ्नो र भावी सन्ततिको भविष्य कोरिरहेका छन् । आफ्नो घर परिवारबाट टाढा रहेर पनि आर्थिकरूपमा सक्षम बनेका उनीहरू पुस्तैनी विकास क्रमलाई द्रुत गतिमा अघि बढाइरहेका छन् । तराई होस् वा मधेस वा पहाड, जुनसुकै ठाउँ भए पनि त्यहाँका गाउँ–टोलहरू यसका प्रत्यक्ष उदाहरण बनेका छन् । मलेसिया, खाडी वा जुनसुकै मुलुक पुगे पनि उनीहरूले त्यहाँको कमाईबाट आफ्ना बालबालिकालाई विद्यालय पठाएका छन् । पारिवारिक स्वास्थ्यका लागि रकम जोहो गर्न सफल भएका छन् । सरकारी विद्यालयमा पढ्नेहरूका लागि अहिले बोर्डिङ स्कूलका ढोका खुलेका छन् । यो विकासले निरन्तरता पाएमा खाडी मुलुक पुगेका बाबुका बालबच्चा अब उच्च शिक्षाका लागि अमेरिका र युरोपजस्ता विकसित मुलुक पुग्ने नै छन् ।
वैदेशिक रोजगारीमा जानेहरूको तथ्याङ्क हेर्ने हो भने आर्थिक वर्ष २०६०/०६१ मा १ लाख ६ हजार ६ सय ६० जना रहेकोमा आर्थिक वर्ष २०६४/०६५ मा यो सङ्ख्या बढेर २ लाख ४९ हजार ५१ पुगेको थियो । त्यस्तै आर्थिक वर्ष २०६५/०६६ मा २ लाख १९ हजार ९ सय ६५ जना वैदेशिक रोजगारीका लागि विभिन्न मुलुकमा गएकोमा आर्थिक वर्ष २०६६/०६७ मा यो सङ्ख्या बढेर २ लाख ९४ हजार ९४ पुगेको थियो भने आर्थिक वर्ष २०६७/०६८ मा ३ लाख ५४ हजार ७ सय १६ जना वैदेशिक रोजगारमा गएकामा गत आर्थिक वर्ष (२०६८/०६९) मा यसमा वृद्धि भई ३ लाख ८४ हजार ६ सय ६५ जना रोजगारका लागि विभिन्न मुलुक पुगेका छन् । रोजगारका लागि विदेशिने नेपालीहरूको सङ्ख्यामा आएको वृद्धिसँगै नेपाल भित्रिने रेमिट्यान्सको वृद्धि दर पनि क्रमश: उच्च हुँदै गएको देखिन्छ । नेपाल राष्ट्र बैंकका अनुसार पछिल्लो समयमा नेपाल भित्रिने विप्रेषणको वृद्धिदर झनै उच्च रहेको छ । आर्थिक वर्ष २०६४/०६५ मा रु. १ खर्ब ४२ अर्ब ६८ करोड विप्रेषण भित्रिएकोमा गत आर्थिक वर्ष
(२०६८/०६९) मा यसमा वृद्धि भई झन्डै रु. ३ खर्ब ५० अर्ब बराबर विप्रेषण नेपाल भित्रिएको अनुमान गरिएको छ । यसैगरी अघिल्लो आर्थिक वर्ष
(२०६७/०६८) मा रु. २ खर्ब ५३ अर्ब ५५ करोड विप्रेषण नेपाल भित्रिएकोमा आर्थिक वर्ष २०६५/०६६ मा रु. २ खर्ब ९ अर्ब ७३ करोड बराबरको विप्रेषण नेपाल भित्रिएको थियो । नेपाल भित्रिने विप्रेषण कुल गार्हस्थ्य उत्पादनको करिब २२ प्रतिशतको हाराहारीमा रहेको छ । अर्थतन्त्रको आकारको अनुपातमा नेपाल विश्वमा विप्रेषण आय प्राप्त गर्ने प्रमुख १० मुलुकभित्र पर्दछ ।
२०४२ साल देखि औपचारिकरूपमा नेपालीका लागि खुलेको विदेशको बाटो हुँदै अहिले लाखौं नेपाली युवाहरू विभिन्न गन्तव्यमा पुगेका छन् । यसलाई निजी क्षेत्रको प्रयास र पहलमा फस्टाएको क्षेत्र भन्दा फरक नपर्ला । अहिले पनि आकर्षक गन्तव्य दक्षिण कोरिया नेपाली युवाको सहज पहुँचमा छैन । सम्झौता भएको लामो समय बित्दा पनि नेपालीहरू रोजगारका लागि सहजरूपमा जापान पुग्न सकेका छैनन् । विषेशगरी भारतीय बाटो हुँदै जोखिमपूर्ण क्षेत्र र देशमा काम गर्न गएका युवाहरूको अवस्था दयनीय छ । महिलाहरूले अझै पनि सुरक्षित अवसर पाउन सकेको छैनन् । सरकारको मौनता र व्यवसायीहरूको आफ्नै सक्रियताले फस्टाएको यो क्षेत्रमा सामाजिक उत्तरदायित्वको कमी देखिएको छ । स्पष्ट र ठोस आधार बिना अव्यवस्थितरूपमा तीव्र विकास भएको यो क्षेत्रमा हाल थुप्रै विकृति र विसङ्गतिहरू देखिएका छन् । खाडी मुलुकको ५५ डिग्री सेन्टिग्रेड तापक्रममा पनि नेपालीहरू कठोर श्रम गर्न बाध्य छन् । कतिपयले त तापक्रममा अनुकूलता नमिलेर ज्यानै गुमाएका पनि छन् । घरपरिवार र आफन्तलाई छोडेर अर्को मुलुकको भूमिमा आफ्नो अमूल्य श्रम र पसिना पोख्न उनीहरू बाध्य छन् । यसका लागि सरकारले दीर्घकालीनरूपमा स्वदेशमा रोजगारी सृजना हुने लगानी मैत्री वातावरण सिर्जना गर्न सक्नुपर्दछ । सरकारले अर्थतन्त्रलाई रेमिट्यान्समा बढी निर्भर पार्नुभन्दा दीर्घकालीनरूपमा स्वदेशमैं रोजगार सृजना गर्नका लागि गैरआवासीय नेपालीलाई लगानी गराउन तथा स्वदेशी बजार विकास र विस्तारका लागि अहिलेदेखि नै गम्भीर भएर जुट्नुपर्दछ । विदेशमा रहेका नेपालीलाई आफ्नो मातृभूमिमा रकम पठाउन प्रोत्साहन गर्न केही सकारात्मक कदम चाल्न सक्नुपर्दछ । मित्र राष्ट्र भारतले विदेशी भूमिमा रहेका भारतीय नागरिकलाई आफ्नो मातृभूमिमा रकम पठाउन ‘पिपुल अफ इन्डियन ओरिजिन’ कार्ड दिन्छ । यो कार्ड हुनेलाई भारतमा आउन भिसा लाग्दैन । त्यस्तै १९ भन्दा बढी मुलुकमा बस्ने भारतीय नागरिकलाई दोहोरो नागरिकतासमेत दिएर देशको अर्थतन्त्रलाई सबल पार्न उनीहरूको सहयोग भारतले लिइराखेको छ । नेपालले पनि दिगो आर्थिक विकासका लागि भारतले गरेको यस्ता राम्रा कामको अनुसरण गर्न ढिलाइ गर्नुहुँदैन र मुलुकमा दिगो अर्थतन्त्रको विकासका लागि यस्ता सहुलियत प्रदान गरेर विदेशमा बसेका नेपालीहरूको सहयोग लिन सक्नुपर्दछ ।
नेपालको अर्थतन्त्रको मूल आधार अहिले रेमिट्यान्स देखिए पनि यसलाई सधैं यही अवस्थामा राख्नुहुँदैन । किनभने यसले मुलुकलाई परनिर्भर बनाउँछ । यसको अर्थ रेमिट्यान्सको योग्दानलाई अवमूल्यन गर्ने भने कदापि होइन । अहिलेको अवस्था बिग्रन नदिई दीर्घकालीन रूपमा आत्मनिर्भरतातर्फ लैजानका लागि केही पाइला अगाडि सार्नु मात्र हो । त्यसपछि विदेशी मुद्रा आर्जनको अर्को महत्त्वपूर्ण क्षेत्र भनेको पर्यटन उद्योग हो । वास्तवमा नेपालको आर्थिक विकासको सशक्त मेरुदण्ड भनेको नै पर्यटन क्षेत्र हो । कुल गार्हस्थ्य उत्पादनमा थोरै भए पनि यसले रोजगारीको क्षेत्रमा ठूलो र महत्त्वपूर्ण योग्दान दिएको छ ।
नेपाललाई उच्चकोटीको समृद्ध राष्ट्र बनाउन र अर्थतन्त्रको आयाम फेर्न पर्यटनलाई आर्थिक क्रान्तिको आधारको रूपमा विकास गर्नैपर्छ । प्राकृतिक, ऐतिहासिक, धार्मिक र सांस्कृतिक सम्पदाहरूले भरिपूर्ण नेपालमा पर्यटकीय विकासका प्रशस्त सम्भावना छ । अनुपम प्राकृतिक सौन्दर्य, जीवजन्तु र वनस्पति लगायत पर्यावरणीय विविधताले भरिपूर्ण नेपालमा थुप्रै पर्यटकीय क्षेत्रहरू पनि छन् । जसले नेपाललाई विश्व सामु चिनाउने मात्र नभई विदेशी मुद्रा आर्जनमा ठूलो सहयोग पुर्याइरहेका छन् । पर्यटन क्षेत्रको दीर्घकालीन योजना बनाई त्यसको प्रभावकारी र व्यवस्थित कार्यान्वयन गरेमा रोजगारीका प्रशस्त अवसरहरू यही सृजना हुन सक्दछ ।
त्यसैगरी पर्यटन क्षेत्रको दिगो विकासका लागि विदेशी लगानी भित्र्याउन लगानीमैत्री वातावरणको सहज नीति अवलम्वन गर्नुपर्दछ । पर्यटकको आगमनले नेपाली बजार प्रतिस्पर्धात्मक हुनुका साथै रोजगारीका अवसरहरू बढ्ने छन् । यी र यस्ता थुप्रै कुराहरूमा ध्यान दिन सके निकट भविष्यमा नै नेपालले रेमिट्यान्समैं भरपर्नु पर्ने बाध्यात्मक अवस्था अन्त्य हुनेछ ।