प्रस, वीरगंज, १३ भदौ/
वीरगंज नगर क्षेत्रको आधा दर्जनभन्दा बढी वडाका टोलहरू अहिले पनि डुबानमा छन् ।
सामान्य वर्षात्मा पानीको उचित निकास नभएर वडा नं. १० पानीटड्ढी एरिया, वडा नं. १८ लक्ष्मणवा, भेडिहारी, वडा नं. १५–१६ मुर्ली, वडा नं. १९ नगवालगायत स्थान डुबानमा परेको स्थानीयवासीले गुनासो गरेका छन् ।
एक साताअघि परेको पानीको कारण पानीटड्ढी एरियाका करिब डेढ सय घर अहिलेसम्म डुबानमा छ । त्यहाँको दैनिकी निकै कष्टकर भएको स्थानीय बासिन्दा बताउँछन् । त्यहाँ घरहरूमा दुई फिट पानी अहिले पनि रहेको भन्दै निकासका लागि स्थानीय प्रेमशड्ढर सिंहले वीउमनपामा उजुरी दिएका छन् । सिंहलगायतको लिखित तथा मौखिक उजुरीका कारण वीउमनपाका कार्यकारी अधिकृत दिनेश घिमिरेले आज त्यहाँको स्थलगत अवलोकन गरे । स्थानीय बासिन्दाले यसै वर्षको मसान्ततिर करिब ४३ लाख रुपियाँको खर्चमा सडक, ढल निकासको कार्य सम्पन्न गरेकोमा झन् उल्टो पानीको निकास हुनुको साटो गत वर्षभन्दा पनि बढी पानी जमेको र थप समस्या उत्पन्न भएको बताएका छन् । वीउमनपामा पानीटड्ढी अलावा, लक्ष्मणवा, नगवा, मुर्ली क्षेत्रका मानिसहरूले पनि वर्षाको पानीभन्दा नालाको पानीले समस्या उत्पन्न गरेको बताएका छन् । उचित बहाव नहुँदा नालाको पानी जमेर ती क्षेत्रमा समस्या उत्पन्न गरेको स्थानीय बासिन्दाले गुनासो गरेका छन् ।
वीउमनपाका कार्यकारी अधिकृत दिनेश घिमिरेले प्राविधिक सल्लाह लिएर समस्या समाधानतर्फ पहल गर्ने बताएका छन् ।