- ई. गोपाल श्रेष्ठ
केही दिन पहिले अर्थात् जुलाईको अन्त्यतिर उत्तर भारतमा अचानक पावर ग्रीड कोल्याप्स भई दुई दिनसम्म ब्ल्याआउटको स्थिति सृजना भयो । यस्तो स्थिति अन्य देशमा पनि नआएको चाहिं होइन । सन् १९९९ मा ब्रजीलमा पाँच घण्टा ब्ल्याकआउट भएको थियो भने सन् १९८९ क्यानाडामा ९ घण्टासम्म भएको थियो । त्यस्तै १९७७ मा न्युयोर्क अमेरिकामा २५ घण्टा लामो ब्ल्याकआउट भएको थियो भने सन् २००३ मा ईटलीमा १८ घण्टासम्म ब्ल्याकआउट भएको थियो । ग्रीस, इन्डोनेसिया तथा चीनजस्ता देशहरूले पनि यस्ता ब्ल्याकआउटको अनुभव गरिसकेका छन् । ब्लाकआउटबाट झेल्नुपर्ने दु:ख, पीडाबारे त सबै भुक्तभोगीहरू जानकार नै छन् । चलिरहेका सवारी साधनहरू अचानक रोकिन्छन्, रात्रिको समयमा भए मानिसहरू अचानक चुकअन्धकारमा फस्छन् । यस अवस्थामा विद्युत्को वैकल्पिक उपाय नभएका सबै सेवाहरू प्रभावित हुन्छन् ।
यस्तो अप्रिय अवस्था ग्रीड मेनेजमेन्टमा त्रुटि भएपछि सृजित हुन्छ । ग्रीडमा विद्युत्को माग धेरै भयो तर माग अनुसारको आपूर्ति ग्रीडले गर्न सकेन अर्थात् ग्रीडले विद्युत् पाउनुको तुलनामा धेरै दिनुपर्ने अवस्था आयो भने यस्तो परिणाम उत्पन्न हुन्छ । जस्तो: पानीको ट्याङ्कमा पानी कम गइरहेको छ तर ट्याङ्कमा पानी सङ्कलन हुन नपाई लगातार बगिरहेछ भने केही समयपछि ट्याङ्क रित्तो हुन्छ । यसरी नै ग्रीडलाई पानीको ट्याङ्क मान्यौ भने ट्याङ्क रित्तो हुनु भनेको ग्रीड कोल्याप्स भई ब्ल्याकआउटको स्थिति सृजना हुनु हो । हाम्रो विद्युत् प्राधिकरणको लोड डिस्पेच सेन्टरले विद्युत् लोडको व्यवस्थापन गर्छ । यस व्यवस्थापनमा त्रुटि हुने बित्तिकै तुरुन्त ब्ल्याकआउटको स्थिति आउँछ । हाम्रो देशमा पनि सिस्टम फेल भयो भनी आधा घण्टा, एक घण्टा वा सोभन्दा बढी विद्युत् प्रसारण कार्यमा अवरोध आइरहने गरेको हामीहरूले भोग्दै आएका छौं । यसको फुलप्रुफिङ गर्नु चुनौतीपूर्ण काम हो ।
ब्ल्याकआउट हुन नदिन अहिले स्मार्ट ग्रीडको अवधारणा आएको छ । यो अवधारणा अनुसार विद्युत् ग्रीड तथा विद्युत् उपभोक्ताबीच विद्युत् आपूर्ति तथा उपभोगको यथास्थिति लगातार अनुगमन हुन्छ । उपभोग कम भएको बेला विद्युत् ग्रीडले विद्युत् उपभोक्ताहरूलाई विद्युत्को माग बढाउन उत्प्ेररित गर्छ भने विद्युत् खपत बढी भइरहेको बेला छ भने विद्युत् खपत कम गर्न अभिप्रेरित गर्छ । यी सबै काम कम्प्युटराइज्ड भएकोले ग्रीड मेनेजमेन्ट भरपर्दो हुन जान्छ । सन् २०३० सम्ममा विश्वमा ३७८ अर्ब डलर स्मार्ट ग्रीड प्रविधि प्रयोगमा खर्च हुनेछ । हाल यो रकमको ८०५ प्रतिशत रकममध्ये चीनले ९९ अर्ब अर्थात् (३३५), अमेरिकाले ६० अर्ब अर्थात् (२०५) र बाँकी भारत, फ्रान्स, जर्मनी, ब्रजील, स्पेन, बेलायत, जापान अनि दक्षिण कोरियाले खर्च गरिरहेका छन् ।
ग्रीड अचानक कोल्याप्स हुँदा उत्तर पूर्व तथा पश्चिम भारतमा मात्र एक दिनमा डेढ करोड रेलवे पेसेन्जर प्रभावित भए भने अठार लाख टन सामान ढुवानीमा असर पर्यो र साथै दिल्लीमा २० लाख मेट्रो पेसेन्जर प्रभावित भए । भारतको १९ राज्यमा असर पारेको यो ग्रीड कोल्याप्सले ६० करोड भन्दा बढी भारतीयहरूलाई प्रत्यक्षरूपमा असर पार्यो । यत्रो नोक्सानी र सास्ती बराबर सहन अवश्य पनि गार्हो हुन्छ । हाम्रो नेपालमा पनि ग्रीड कोल्याप्सबाट हुन गएको नोक्सानीको मूल्याङ्कन गरियो भने अवश्य पनि हामीलाई गम्भीर हुन बाध्य गराउँछ । ग्रीड कोल्याप्स गम्भीर विषय हो । यसमा समयसापेक्ष सुधार गर्दै जानु आजको आवश्यकता बनेको छ । नियमित अनुगमन तथा सुधारात्मक कामहरू: ग्रीड उपकरणले काम गरेको, नगरेको (कोड, रेगुलेसन संशोधन गर्नुपर्ने–नपर्ने, कर्मचारीमा कामप्रति उत्तरदायित्व बोध भए–नभएको धेरै विषय छन्, जसमा सबैको ध्यान जानु जरुरी छ ।