उपेन्द्र यादव, बारा, १३ भदौ/
कलैया–५ स्थित बारा कारागारको जग्गा अतिक्रमण भएको छ । कारागारका तत्कालीन प्रहरी हवल्दार फजिल मियाँका आफन्त र केही स्थानीय बासिन्दाले सो जग्गामा घर बनाएर अतिक्रमण गरेका छन् ।
२०४३ सालतिर कारागारको नाउँमा लालपुर्जा कायम गरिएको कित्ता नं. १०२ को १२ धुर र कित्ता नं. १०३ को ११ कठ्ठा ९ धुर गरी लगभग १२ कठ्ठा क्षेत्रफल रहेको जग्गामा केही वर्ष पहिलेदेखि पक्की र फुसको घर बनाएर अतिक्रमण गरिएको छ ।
अतिक्रमणमा परेको जग्गा अहिलेको बजार मूल्य अनुसार रु. ३ करोडसम्म पर्ने जग्गा कारोबारीहरू बताउँछन् । कारागारको नाउँमा रहेको उक्त जग्गा बारा जिल्ला अदालत, जिल्ला विकास समिति, मालपोत कार्यलय र जिल्ला सरकारी वकील कार्यालयसँग टाँसिएर रहेको भएपनि अतिक्रमण भइरहँदा सरकारी निकायले चासो नदेखाइएकोमा स्थानीय बासिनदाले गुनासो गरेका छन् । प्रमुख जिल्ला अधिकारी वीरेन्द्र यादवले अतिक्रमण गीिएको कारागारको जग्गा सम्बन्धमा बुझ्ने कार्य भइरहेको बताएका छन् ।
अतिक्रमण गरिएको जग्गा खाली गराउन कलैयावासीले प्रहरी प्रशासनमा गुहारे पनि कुने प्रतिक्रिया आएका
छैन ।