प्रस, वीरगंज, १२ भदौ/
वीरगंज–१९ नगवा गाउँबीच कुट बनाउने फ्याक्ट्री स्थापना भएपछि स्थानीय बासिन्दाहरू विरोधमा उत्रेका छन् । सोही स्थान निवासी प्रभुप्रसाद चौरसियाले वातावरणीय परीक्षण नगराई र छरछिमेक, साँध–सँधियारसँग राय परामर्शसमेत नगरी फ्याक्ट्री स्थापना गरेको आरोप लगाएका छन् ।
सेलर मिल स्थापना गर्ने भन्दै साँध सँधियारलाई झुक्याएर कुट फ्याक्ट्री स्थापना गरेको स्थानीय सन्तोष चौरसियाले बताए ।
कुट बनाउन प्रयोग गरिने कच्चा पदार्थको दुर्गन्धले पाँच सय मिटर आसपासका व्यक्तिलाई साँस लिन समस्या भएको र उद्योगको मेसिन चलेको बेला थर्किएर आसपासका घरहरू भत्कने अवस्थामा पुगेको भन्दै नगवावासीले नगरपालिका, जिल्ला प्रशासन र घरेलुलगायत निकायमा जाहेरी दिएका छन् ।
उद्योग सञ्चालकले आफ्नो जग्गामा निर्माण गरेको फ्याक्ट्री जसरी पनि चलाउँछौ भनेर अड्डी कसेकोले प्रदूषण फैलाउने फ्याक्ट्री जसरी पनि बन्द गर्नुपर्छ भनेर प्रभावितहरूले अडान लिइरहेका कारण उक्त क्षेत्रमा कुनै पनि बेला मुठभेड निम्तिन सक्ने नगवा प्रहरी चौकीका सुरक्षाकर्मी बताउँछन् । गएराति १२ बजे फ्याक्ट्री र स्थानीयबीच सम्भावित झडपलाई प्रहरीले साम्य पारेको थियो ।
कुट फ्याक्ट्रीभित्र जमेको फोहर तथा दुर्गन्धित पानी मोटर लगाएर बाहिर फ्याँक्न थालेपछि फ्याक्ट्री व्यवस्थापनविरुद्ध टोल–छिमेकी एक भएर अगाडि बढेका थिए । सो अवस्थामा नगवा प्रहरी चौकीका सुरक्षाकर्मीहरू घटनास्थल पुगेर मोटर बन्द गराउँदै सम्झाइबुझाई गरेका थिए ।
नगवावासीले दिएको जाहेरीको आधारमा वीउमनपा–१९ वडा समितिले यस अघि नै स्थलगत निरीक्षण गरी उक्त स्थानमा कुट फ्याक्ट्री सञ्चालन गर्न उपयुक्त नभएको प्रतिवेदन बुझाइसकेको छ । त्यसैगरी जिल्ला घरेलु कार्यालय पर्साको टोलीले पनि आज उक्त क्षेत्रको स्थलगत निरीक्षण गरेको छ । जिल्ला प्रशासन कार्यालय पर्साले समस्याबारे अध्ययन थालिसकेको जनाएको छ ।
यता व्यवस्थापन पक्षले प्रचलित ऐन कानुनको परिधिमा रहेर फ्याक्ट्री सञ्चालन गरेको दाबी गरेको छ ।