रमेश पाण्डे, चितवन, १२ भदौ/
चितवनको माडीका बाढी पीडितहरू पाँच वर्षसम्म अस्थायी शिविरमा बस्न बाध्य भएका छन् । उनीहरू लामो समयदेखि पुनस्र्थापनाको माग गरिरहेका छन् । अस्थायी शिविरमा बस्दा खानलाई धौधौ परेको उनीहरू बताउँछन् ।
अस्थायी शिविरमा बस्दा दैनिक गुजारा गर्न समस्या परेको भन्दै उनीहरूले स्थायी वासस्थान उपलब्ध गराइदिन बारम्बार माग गरिरहेका छन् । अहिले उनीहरू कमाउने वैकल्पिक उपाय नभएपछि ज्याला गरी दैनिकी चलाउँदै आएका छन् ।
गत २०६४ सालमा आएको बाढीका कारण माडीको पौबारीबाट विस्थापित भएका ४० घरधुरी माडी माविको अस्थायी शिविरमा बस्दै आएका छन् ।
यस्तै २०६४ र २०६७ सालमा गर्दी गाविस–१ इमिलियाबाट विस्थापित भएका ७२ घरधुरी बाढी पीडित गाविस कार्यालय परिसरमा कष्टकर जीवन बिताइरहेका छन् ।
पौबारीका बाढी पीडित राजकुमार नेपाली आफूहरूलाई अन्यत्रै व्यवस्थापन गर्न भनेपनि कतैबाट सुनुवाइ नभएको र अहिलेसम्म शुरुमा सामान्य सहयोग उपलब्ध भएपनि अन्य सहयोग नपाएको गुनासो पोखे ।
पटक–पटक अस्थायी शिविरबाट हट्न दबाब आइरहेको बताउँदै उनले अन्यत्रै व्यवस्थापन गरिदिन माग गरेका छन् । सोही बस्तीकी १९ वर्षीया तारा बोटे बाढीको चपेटामा परेर घाइते नै भएकी थिइन् ।
बाढीबाट बच्न चोटाबाट हाम फालेकी उनी घरको बलोमा अडकिइन् । “कपाल र हात च्यापिएपछि गाउँलेले रुवाबासी गर्दै बाढीमैं पसेर बचाएको झल्झली सम्झन्छु”–उनले भनिन् ।
उनीजस्तै २६ वर्षीया कान्ती बोटे पनि बाढीमा परेर घाइते भएकी थिइन् । बाढी पसेपछि गाउँ दुई चिराको बगर बन्यो । लहलह हुँदै गरेको धानखेत र घरहरू बगरमा परिणत भए । लगाएको लुगाबाहेक कसैको कुनै जिन्सी जोगिएन ।
बोटे, थारू र दलितको सो बस्ती तत्कालका लागि स्थानीय निकायले माडी माविको खाली जग्गा, टमटा, भैरवपुर लगायत स्थानमा सार्यो । गाउँका एक सय ८२ जनाको परिवार छिन्नभिन्न भयो । गाँस, बास र कपास तीनै कुरा खोसिएपछि उनीहरू अहिलेसम्म ज्याला–मजदुरी गरी जीवन काटिरहेका छन् ।
इमिलियाका बाढी पीडित लालबहादुर विकले कहीं कतैबाट अहिलेसम्म सुनुवाइ नहुँदा पीडामाथि पीडा थपिंदै गएको बताए । गर्दी गाविसका सचिव केशवराज काफ्लेले उनीहरूका लागि माडीको भैरवपुरमा स्थानान्तरण प्रक्रिया शुरु भइसकेको बताए पनि कार्यान्वयन भने हुन सकेको छैन । गएको २०६७ साल भदौ ८ गते आएको बाढीमा यहाँ तीनजनाको ज्यान गएको थियो भने सयौं घरबारविहीन भएका थिए । हाल आएर यहाँका सुकुमबासीहरूलाई वासको व्यवस्था भएपनि गाँस जुटाउन भने धौधौ परेको छ ।