$type=ticker$count=12$cols=4$cate=0

विश्व सन्दर्भ: दक्षिण एसियामा शरणार्थी समस्या

SHARE:

- सञ्जय साह ‘मित्र’  
विश्वको एउटा कुनोको रूपमा रहेको दक्षिण एसियाको आफ्नै विशेषता र विशिष्टता छन् । जनसङ्ख्याको क्षेत्रमा यो भूभागले विश्वमा निकै ठूलो योगदान दिएको देखिन्छ । यो क्षेत्र भाषिक, सांस्कृतिक, जातीय, धार्मिकजस्ता मानवीय सम्पत्तिको सन्दर्भमा सम्भवत: सबैभन्दा ठूलो सङ्ग्रहालयको रूपमा रहेको छ । यस क्षेत्रमा अनेक विद्वान् र विदुषीहरूले जन्म लिएर विश्वलाई नयाँ उज्यालोको बाटो देखाएका छन् । सबैभन्दा पुरानो सभ्यता र संस्कृति पनि यसै क्षेत्रमा रहेको देखिन्छ । पूर्वीय दर्शन भनी विश्वमा परिचित यो भूभाग दर्शनको क्षेत्रमा पनि पवित्र मानिन्छ । यो क्षेत्र भौगोलिक विविधताको क्षेत्र पनि हो । संसारमा पाइने सबै किसिमका भौगोलिक अवस्था यहाँ पाइन्छ । आधुनिक विज्ञानको उपजलाई केही ढिलो स्वीकार गरेको क्षेत्रमा केही स्थान यस्ता पनि छन् जहाँ अझै अठारौं शताब्दीको जनजीवन रहेको छ । यसरी अनेकौं विविधताको जीवित सङ्ग्रहालयको रूपमा रहेको यो क्षेत्रका लागि यही विविधता कतिपय अवस्थामा अभिशापसमेत बन्ने गरेको छ । जातीय कट्टरता र अहम्ले गाँजेको यो क्षेत्रमा यसले अनेक विकृतिहरू जन्माएको छ । संस्कृतिमा मानवतालाई अहम् स्थान दिइएको भए पनि व्यवहारमा मानवता निकै गौण बनी जातीय आधारले प्रमुखता पाएको छ । सङ्कुचित सोचले ल्याएको विकृतिले जन्माएका अनेकौं समस्यामध्ये एक शरणार्थी समस्या पनि हो ।
    शरणार्थी भनेका ती व्यक्ति हुन् जो आफ्नो थातथलो छोडेर कुनै बाध्यतावश अन्यत्र भाग्दछन् । निजी बाध्यतालाई भने शरणार्थी मानिंदैन । प्राकृतिक वा मानवीय सङ्कटका कारण बाध्य भएर आफू बसेको ठाउँ छोडेर भाग्नुपर्ने अवस्था भनेको शरणार्थी बन्ने अवस्था हो । दैवी प्रकोपले वा महामारीले गर्दा कतिपय अवस्थामा निकै पहिलेदेखि बस्दै आएको ठाउँबाट बिना कुनै पूर्वयोजना अचानक सबैथोक छाडेर ज्यान जोगाएर भाग्नुपर्ने अवस्था नै शरणार्थी बन्ने अवस्था हो । राजनैतिक कारण, जातीय द्वन्द्व, सशस्त्र आन्दोलनजस्ता कारणले पनि मानिस आफ्नो ठाउ छाडेर भाग्न विवश हुन्छन् । शरणार्थी समस्याको मुख्य कारणमा आन्तरिक कारण जति जिम्मेवार हुन्छ, बाहय कारण पनि उत्तिकै जिम्मेवार हुन्छ तर सामान्यतया दक्षिण एसियामा वर्तमान अवस्थामा शरणार्थी बन्ने कारणमा बाहय समस्या त्यत्ति जिम्मेवार रहेको देखिंदैन । आन्तरिक कारणले दक्षिण एसियामा शरणार्थी समस्या निरन्तर बढिरहेको देखिन्छ । शरणार्थीहरूको सङ्ख्या निरन्तर बढिरहेको कारणले यो समस्या भित्रभित्रै विकराल रूप लिन थालिसकेको विश्लेषण गरिन थालिएको छ । यसतर्फ बौद्धिकवर्गको ध्यान विस्तारै तानिन थालेको छ ।
    दक्षिण एसियामा कम्तीमा दुई किसिमको शरणार्थी समस्या रहेको देखिएको छ । कतिपय अवस्थामा एउटै देशको कुनाबाट अर्को कुनामा शरणार्थी बन्ने गरेको पाइएको छ । नेपालमा समय–समयमा हुने सानातिना घटनाले केही क्षेत्रमा यस्तो समस्या आउला कि भन्नेजस्तो हुन्छ तर शरणार्थी समस्याको रूप लिन सकेको छैन । नेपालको हकमा सुखद कुरो हो । नेपालको तुलनामा भारतमा भने केही हदसम्म यो समस्या समय–समयमा देखा परेको छ । निकै ठूलो भूभाग र निकै ठूलो जनसङ्ख्याको देशको रूपमा रहेको भारतमा कहिलेकाहीं अत्यधिक क्षेत्रीय धारणा विकसित भएको प्रान्त वा शहरमा अल्प अवधिको लागि समस्या आउन लागेको जस्तो देखिन्छ तर समस्याकै रूप भने लिन सकेको देखिंदैन । लामो समय द्वन्द्व चलेको क्षेत्रमा यो केही हदसम्म देखिन्छ । उदाहरणको रूपमा श्रीलड्ढालाई लिन सकिन्छ । श्रीलड्ढामा लामो समयसम्म सरकार र तमिल टाइगर्स नामक स·ठनका गुरिल्लाबीच सशस्त्र युद्ध चलेको उत्तरी श्रीलड्ढाको जाफ्ना प्रायद्वीपबाट निकै मानिस विस्थापित भए । जाफ्ना प्रायद्वीपबाट विस्थापित हुनेमा सबै समुदायका मानिस थिए । एक किसिमले लामो समयको द्वन्द्वले त्यो क्षेत्र द्वन्द्वको पर्यायको रूपमा विश्वमा चिनिएको थियो । केही वर्ष पहिले सरकारले बल प्रयोग गरेर विद्रोहीलाई दबाउन सफल भयो, तर यसको आलोचना पनि अन्तर्राष्ट्रियस्तरमा भएको थियो ।
    पाकिस्तान र अफगानिस्तानमा पनि केही मात्रामा आन्तरिक शरणार्थीको समस्या देखिएको छ । यी दुवै देशमा जातीय कट्टरताबाट जन्मेको द्वन्द्वले निकासको अवसर प्राप्त गर्न नसकिरहेको अवस्था छ । यसले अल्पसङ्ख्यक जातीय समुदायमा यसको असर परेको सुनिन्छ । अल्पसङ्ख्यक क्षेत्रमा आक्रमणको सङ्ख्या बढ्दा विस्थापित हुनेहरूको सङ्ख्या बढ्छ । अफगानिस्तानमा निरन्तर आन्तरिक हमलाका समाचार सञ्चारमाध्यमहरूमा आइरहन्छ । कहिलेकाहीं पाकिस्तानमा पनि यस्तो आक्रमण हुने गरेको सुनिन्छ । यस्ता घटनाले आन्तरिक शरणार्थी समस्या बढाउँछ । यी दुवै देशमा द्वन्द्वग्रस्त क्षेत्रबाट कमजोर वा अल्पसङ्ख्यक तथा द्वन्द्व मन नपराउनेहरू शरणार्थीकै रूपमा नभएपनि आफ्नो जायजथा सस्तोमा बेचेर विस्थापित हुने र सानो विकल्प पाउनासाथ पलायन हुने प्रवृत्ति देखिएको छ ।
    दक्षिण एसियामा अरू देशबाट आउने शरणार्थी अर्को किसिमको शरणार्थी हुन् । नेपालमैं हेर्ने हो भने दुई दशकभन्दा पहिलेदेखि भुटानी शरणार्थीहरू रहेका छन् । हजारौंको सङ्ख्यामा रहेका भुटानी शरणार्थीहरू भारतको बाटो हुँदै नेपाल आएका हुन् । नेपालमा भुटानी शरणार्थीको सङ्ख्या एक लाखभन्दा बढी पुगिसकेको थियो । तर स्वदेश फिर्ती हुने संभावना नरहेपछि अन्य देशमा पुनर्वासका लागि जाने क्रम बढेको छ । अमेरिकाले झन्डै पचास हजार भुटानी शरणार्थीलाई लगेको छ । अरू देशले पनि यस्तै गरेका छन् । नेपाली मातृभाषी भएकै कारण विस्थापित हुनु परेको भनिए पनि यसका अरू पनि कारण होलान् । कारण जेसुकै होऊन् नेपालजस्तो गरिब देशको लागि शरणार्थी समस्या निकै विकराल समस्याको रूपमा रहेको छ । कहिलेकाहीं श्रीलड्ढाबाट पनि विस्थापित भएर भारतमा शरण लिन आउने गरेको सुनिन्छ । यसैगरी ब·लादेशबाट पनि केही शरणार्थी भारत आएको सुनिन्छ । ब·लादेशी विश्वप्रसिद्ध लेखिका तसलिमा नसरिन भारतमैं शरण लिन बाध्य भइन् । भारत र पाकिस्तानको सिमाना पनि लामो रहेको र दुवै देशबीच काँडेतार लगाइएको हुनाले यी दुवै देशबीच पनि यस्तो समस्या हुन सक्ने सम्भावनालाई अस्वीकार गर्न सकिन्न ।
दक्षिण एसियाबाहेक देशबाट पनि यहाँ शरण लिन आउनेहरू छन् । मुख्यरूपमा चिनियाँ शरणार्थीहरू नेपाल र भारतमा रहेका छन् । चीनको स्वशासित क्षेत्र तिब्बतमा चिनियाँ सरकारको विरोध र राजनीतिक स्वतन्त्रताको माग गर्दै आन्दोलन गर्ने वा आन्दोलनलाई समर्थन गर्नेहरू त्यहाँ बस्न नसकेर विस्थापित भएका छन् । नेपालमा तिब्बती शरणार्थीको सङ्ख्या दशौं हजार हुन सक्ने अनुमान छ । यहाँ समय–समयमा चीनविरुद्ध प्रदर्शन पनि हुने गरेको छ, यद्यपि सरकारले प्रदर्शनकारीलाई छुट दिएको छैन । यसैगरी भारतमा तिब्बती शरणार्थीहरू ठूलै सङ्ख्यामा छन् । तिब्बती धार्मिक नेता दलाइ लामा पनि भारतमैं लामो समय शरण लिएको देखिन्छ ।
    दक्षिण एसियाबाट अन्यत्र शरणार्थी बन्न जानेहरू पनि छन् । अहिले के प्रकाशमा आएको छ भने श्रीलड्ढाबाट समुद्रको बाटो हुँदै अस्ट्रेलियामा शरण लिन जानेहरू बढेका छन् । कतिपय निकै धेरै खर्च गरेर पनि शरणार्थी बन्न जाने प्रवृत्ति बढेको सार्वजनिक भएको छ । डुङ्गामा बसेर समुद्र पार गर्दै श्रीलड्ढालीहरू शरणार्थी बन्न जान्छन् । अझ श्रीलड्ढालीलाई अस्ट्रेलिया पुर्‍याउन केही दलालहरू सक्रिय रहेको पनि खुलेको छ । शरणार्थी बन्न चाहनेलाई ललाइफकाई गरेर मोटो रकम असुल गरेर डुङ्गामा बसाली अस्ट्रेलिया पुर्‍याउँछन् । यसले शरणार्थीको स्वरूपलाई बदलेको छ । पहिचानलाई बदलेको छ । शरणार्थी बनाएर फाइदा लुटनेहरूको पर्दाफास गरेको छ । शरणार्थीहरू पनि नक्कली हुन सक्नेतर्फ सोच्न बाध्य बनाएको छ ।
    शरणार्थी समस्या दक्षिण एसियाको साझा समस्या हो । यसलाई दक्षिण एसियाले साझा समस्या मानेर साझा समाधानको उपाय अवलम्बनतिर ध्यान दिनुपरेको छ । वर्तमानमा यो समस्या समाधान गर्न सकेमा भविष्यमा यस्तो समस्या आउन नसक्ने पनि हुन्छ । समस्याले विकराल रूप लिनुअघि समस्या जन्मने कारणतर्फ पनि दक्षिण एसिया सतर्क हुन जरुरी छ ।
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : विश्व सन्दर्भ: दक्षिण एसियामा शरणार्थी समस्या
विश्व सन्दर्भ: दक्षिण एसियामा शरणार्थी समस्या
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEg0r9Jdv5HJ7f0s2vRlEu-vrds3uVQjmyqqNZs_v_Aims8OpMdHJ1Ww2VOm7HkLPeOFFwJJFSsEpZEvQLZw0KYu_5FjFccZMM0PGFNaSMH-qE9TYtgx3vteZplj2cLjO3oSX5wA4qwBCy8/s200/sanjay.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEg0r9Jdv5HJ7f0s2vRlEu-vrds3uVQjmyqqNZs_v_Aims8OpMdHJ1Ww2VOm7HkLPeOFFwJJFSsEpZEvQLZw0KYu_5FjFccZMM0PGFNaSMH-qE9TYtgx3vteZplj2cLjO3oSX5wA4qwBCy8/s72-c/sanjay.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2012/08/blog-post_5230.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2012/08/blog-post_5230.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy