प्रस, वीरगंज, १२ भदौ/
वीरगंजस्थित लायन्स क्लब र लियो क्लबको संयुक्त आयोजनामा आज सम्पन्न रक्तदान कार्यक्रममा २२ महिलासहित २ सय २१ जनाले रक्तदान गरेका छन् ।
वीरगंजका २६ लायन्स र लियो क्लबको आयोजनामा टिवडेवाल धर्मशालामा आयोजित रक्तदान कार्यक्रममा १९५ जनाले रक्तदान गरे भने भगवती राइस मिलस्थित लायन्स भवनमा २६ जनाले रक्तदान गरेका रक्त सञ्चार केन्द्र वीरगंजका प्रवीण मानन्धरले बताए ।
रक्तदान गर्ने महिलाहरूमा पूजा जयसवाल, अनिता रौनियार, मुन्नी श्रीवास्तव, अमृता सुन्दास, राधाकुमारी, साधना चौधरी, सुजाता केसी, सुमन धामी, इन्दु चौधरी, उरौती सिंह, स·ीता जयसवाल, नमिता सर्राफ, रेशमा सुनुवार, बिनु तुलस्यान, रिड्ढु चौधरी, सुन्दरी अमात्य, रश्मी अग्रवाल, अञ्जु सिंह, लक्ष्मीदेवी शर्मा, अनिता क्षत्री, ज्योति गुप्ता, सम्झना थापालगायतले रक्तदान गरेको रक्तसञ्चार केन्द्रका धीरेन्द्र झाले बताए ।
रक्तदान कार्यक्रममा लायन्सका कार्यक्रम संयोजक मनोहर टिवडेवाल, जिल्ला सल्लाहकार भवरलाल पारिख, लायन्स नोर्थका अनुज रुँगटा, पत्रकार महासङ्घका केन्द्रीय सदस्य महेश दास, ब्लड डोनर्स एसोसिएसनका अध्यक्ष शत्रुघ्न नेपाल, सचिव सरोज खड्कालगायतको उपस्थिति थियो । रक्तदान कार्यक्रममा रक्तसञ्चार केन्द्रलाई तथ्याड्ढ अपडेट राख्नको लागि लायन्स क्लब अफ वीरगंज नोर्थले एक थान कम्प्युटर सेट र प्रिन्टर उपलब्ध गराएको छ । डिस्ट्रिक्ट गभर्नर सेम शाक्यले रक्तसञ्चार केन्द्रका प्रमुख प्रवीण मानन्धरलाई कम्प्युटर सेट, प्रिन्टर हस्तान्तरण गरेका थिए ।