देशमा अहिले अर्को अन्योल व्याप्त छ । हिजोको अन्योल संविधान बन्ने कि नबन्ने भन्ने थियो, त्यस अन्योलको पटाक्षेप भएको छ । पटाक्षेप संविधान बनिसकेर भएको होइन, अन्योलको थुप्रोमा एउटा विषय अरु थपिएर भएको हो । अहिले सरकारबारे अन्योल बढेको छ । हुन पनि संविधानभन्दा सरकार जरुरी भएको छ । संविधानसभा छँदा पनि देखिएको त्यही थियो । सरकार बनाउनैका लागि, सरकारमा पुग्नैका लागि पार्टीहरु फुट्ने, नयाँ पार्टी जन्मने खेलले निरन्तरता पाइरहेको थियो । आज झन् त्यो अन्योल बढेर गएको छ । अन्योल बढेको छ भन्दा पनि अन्योललाई बढाउने, गहिर्याउने काम भएको छ र भइरहेको पनि छ । सरकार बनाउनका लागि संविधानसभा–व्यवस्थापिका छैन । अब राष्ट्र प्रमुख अग्रसर भएर सरकार बनाइदिनुपर्ने हो कि ? भएको सरकारप्रति सरकारबाहिर रहेकाहरुको आपत्ति छ । सरकार कसले बनाउने भन्ने पनि दर्हो आधार कसैसँग छैन । संविधानसभा विघटन भइसक्दा पनि जारी रहेजस्तै सबै राजनीतिक दलहरुको सोच छ । सबै आफूलाई सभासद् ठानेर विभिन्न खेल गरिरहेका छन् । त्यसमाथि विडम्बना के छ भने सरकार बनाउने दावेदार प्रत्येक राजनीतिक दलमा विग्रह छ । प्रत्येक राजनीतिक दल समूहमा, गुटमा र उपगुटमा विभाजित छ । प्रत्येक समूह, गुट र उपगुटलाई सरकार प्रमुख अर्थात् प्रधानमन्त्री बन्नुपरेको छ । जो सरकारमा छ, ऊ त विभिन्न तर्क पेश गरेर आफ्नै सत्ताको निरन्तरता चाहि नै रहेको छ ।
सबै वर्तमान अवस्थाबाट वाक्क छन् । सबैलाई थाहा छ, अहिलेको निकास ऊबाट सम्भव छैन, तर पनि सबै सरकार प्रमुख बन्न आतुर छन् । प्रधानमन्त्रीले हिजो देशवासीलाई सम्बोधन गर्दै सरकार छाड्न आतुर भएको बताए, तर उनको भाषणले, अघि सारिएको तर्कले उनमा सरकार छाड्ने आतुरता पटक्कै नभएको सड्ढेत दिन्छ । उनले भनेका छन्–“दलहरुबीच राजनीतिक सहमति हुन्छ, निकास निस्कन्छ र अर्को वैधानिक सरकार बन्छ भने हामी एक सेकेन्ड पनि ढिलो नगरी बाटो खोल्न तयार छौं । प्रधानमन्त्री इन्जिनियर पनि हुन् । उनलाई गणितको राम्रो ज्ञान छ । गणितले भन्दछ दुई समानान्तर रेखा कहिले मिल्दैनन् । मिल्छन् तर अनन्तमा गएर । अनन्त कहाँ छ कसैलाई थाहा छैन । अर्थात् अनन्त त्यो हो, जुन कहिले फेला पर्दैन । सामान्य भाषा, साधारण मानिसले बुझ्ने पारामा यसैलाई न नौ मन तेल हुन्छ न राधा नाच्छिन् भनेर बुझाइन्छ । सरकारमा जान आतुर प्रत्येक राजनीतिक दलबीच राजनीतिक सहमति हुनु, निकास निस्कनु कसरी सम्भव छ, त्यो ठाउँ त संविधानसभा विघटन भएर निकै पर पछाडि छुटिसकेको छ । नेपालको अन्तरिम संविधानले र विधिको पालन गर्ने विश्वको कुनै पनि देशमा वैधानिक सरकार भनेको निर्वाचनबाट आएका प्रतिनिधिहरुबाट बन्ने सरकार हो ।
नेपाली काङ्ग्रेसमा विभाजन छ, नेकपा एमालेमा विभाजन छ, सरकारमा बसेको ए. नेकपा माओवादी भर्खरै विभाजित भएको छ, चौथो शक्ति भनिएको मधेसी शक्ति झन् विभाजित छ । रक्तबीजझैं मधेसी दलहरुको एक–एक सदस्य आफूमा दल छन् । कुन बेला के अत्तो थापेर बसेको दल छाडी अर्को दल बनाइदिन्छन् उनैलाई पत्तो हुँदैन । यस्तोमा कुनै दलको कुनै एक व्यक्तिको नेतृत्वमा सरकार बनाउने कुरा आकाशको फल हो । प्रखर विद्वान् प्रधानमन्त्रीलाई यो कटु तथ्य थाहा छ, उनले सरकार छाड्ने आतुरी भएको गुड्डी हाँकिदिए ।