समाजमा व्याप्त विकृति, विस·ति रोक्न र पीडितलाई सहयोग गर्न स्थापित संस्था नै जब पीडा पुर्याउने माध्यम बन्न जान्छ अनि मानवताले आँसु मात्र चुहाउन सक्छ । रक्सौलमा स्थापित एउटा संस्थाका अध्यक्षले त्यस्तै गर्ने गरेका छन् । दलित महिला जनकल्याण संस्थाका सञ्चालकले महिलाको कल्याण गर्नुको साटो महिलालाई उत्पीडित गर्ने कार्य गरेको रहस्योद्घाटन भएपछि साधुको वेशमा शैतानहरू यस समाजमा निर्भय विचरण गरिरहेका छन् भन्ने पुष्टि भएको छ । निश्चय नै यो दु:खको कुरा हो । तर समाजमा सबै खालका मानिस हुन्छन् । कोही आडम्बररहित कार्य गरिरहेका हुन्छन् भने कोही भेंडाको छाला ओढेर ब्वाँसोको चरित्र निर्वाह गरिरहेका हुन्छन् । तर काम गर्ने व्यक्तिको नियत थाहा पाएपछि कानुन र समाजले तत्काल यस्ता व्यक्तिहरूको गतिविधिमाथि रोक लगाउन पाइला चाल्नुपर्छ । अन्यथा एउटाको देखासिकी अरूले पनि सेवा कार्यलाई स्वार्थसिद्धिको माध्यम बनाउन सक्छन् । किनकि मानव प्रवृत्ति असलको अनुकरण ढिलो र नचाहिंदो कार्य सिक्न शीघ्रता गर्दछ । रक्सौलस्थित जनकल्याण संस्थाका सञ्चालकको कुकृति थाहा पाइसकेपछि गर्नुपर्ने पहिलो काम उनलाई समाज र सरकार दुवैले यथाशीघ्र दण्डित गर्नु हो ।
रक्सौल रेल्वेका पदाधिकारीहरूले यस मामिलामा उपयुक्त निर्णय गरेका छन् । अबदेखि सामाजिक कार्यकर्ताको नाममा जो कोही रेल्वे परिसरभित्र छिरी, जथाभावी सोधखोज गर्न पाउने छैन । सामाजिक संस्थामा कार्यरत व्यक्तिले विशेष पोशाक पहिरेर, आधिकारिक परिचयपत्र लिएर तथा रेल्वे पदाधिकारीबाट अनुमति लिएर मात्र स्टेशनभित्र प्रवेश पाउने निर्णयलाई यस दृष्टिले उचित कारबाई भन्न सकिन्छ । पहिले जोकोही आफूलाई समाजिक कार्यकर्ता बताएर रेलका डब्बाहरूमा पस्ने र जोसुकैसँग अनावश्यक सोधखोज गर्ने परिपाटी थियो । नेपालमा बेरोजगारी र गरीबीले गर्दा मानिस भोकै बस्नुभन्दा जस्तोसुकै काम गरेर जीविकोपार्जन गर्नलाई प्राथमिकता दिन्छन् । यस अवस्थामा विपन्नतामा पिल्सेका नेपाली युवतीहरूलाई विभिन्न राम्रो कामको प्रलोभन दिएर फकाईफुल्याई भारत लगेर अनैतिक धन्दामा लगाइदिने आम चलन रहेको छ । यता सरकार पनि चनाखो भएको र विभिन्न सङ्घ–संस्थाहरू पनि त्यस्तो गलत धन्दाविरुद्ध सक्रिय भएकाले चेलीबेटी बेचबिखनमा कमी आएको पक्कै हो । त्यसले गर्दा सामाजिक सङ्घसंस्थाप्रति मानिसको विश्वास पनि बढेको हो । त्यसै विश्वासको गलत फाइदा उठाउन कुनै संस्था स्थापित हुन्छ भने त्यसको निदान शीघ्रातिशीघ्र गर्नु आवश्यक हुन्छ ।
समाजमा सबै व्यक्ति खराब हुँदैनन्, सबै संस्था पनि खराब हुँदैनन् । रक्सौलस्थित जनकल्याण संस्थाको सञ्चालकको कुकर्मको फल अब रक्सौलका अन्य संस्थाले आफूप्रति उठ्ने समाजको सशड्ढित नजरको माध्यमबाट पाउने छन् । रक्सौल रेलवेले गरेको निर्णय जनकल्याण संस्थाका सदस्यहरूमाथि मात्र लागू हुनेछैन, अपितु सबैले त्यो परिभ्राट बेहोर्नुपर्नेछ । कुनै पनि सामाजिक संस्थामा त्यस्तो प्रवृत्ति पलाउनुअगावै रोकथाम, नियन्त्रणको बलियो व्यवस्था गरिहाल्नुपर्दछ । अन्यथा बदमाशी गर्ने एउटा र त्यसको दुर्नामी भोग्ने सबै हुनेछन् । रेल्वेले एउटा निर्णय गरेको छ, त्यो जायज छ, अब समाज र सरकारले दोषी व्यक्तिलाई दण्डित गर्नुपर्छ जसले गर्दा गलत गर्नेलाई सबक र सही गर्नेलाई प्रोत्साहन प्राप्त हुन सकोस् ।