अति नै लाजलाग्दो, निन्दनीय र घृणित कार्य सामाजिक संस्थाको खोल ओडेर असामाजिक धन्दा चलाइरहेका सीमावर्ती क्षेत्र रक्सौलस्थित एक संस्था र तिनका प्रमुखको असली रूप पर्दाफास भएको छ । विपतमा परेकी चेलीहरूलाई उद्धारको बहानामा नियन्त्रणमा लिने र उनीहरूलाई विभिन्न प्रलोभन एवं धाकधम्कीमा पारी अनैतिक कार्य, गलत धन्दा गर्न बाध्य पार्ने । यसो गर्दा कुनै समस्या देखिएमा विवाहको नाटक रचेर आफ्नै सञ्जालभित्रका या त कुनै सीधासादा पुरुषसँग विवाह गराइदिने । रक्सौलस्थित महिला दलित जनकल्याण संस्थाका प्रमुख सुमन पासवानको आफू जोगिने यो गजबको चाल छ । महिला बेचबिखन गर्ने दलालले झुक्याएर रक्सौल पुर्याएकी एक नेपाली चेलीलाई उद्धारको नाममा तीन महिनासम्म आफ्नो कब्जामा राखेर अनैतिक कार्य गर्न दबाब दिएपछि कथित सामाजिक संस्था र त्यसका प्रमुख पासवानको राज बाहिर आएको हो । मुक्त भएकी नेपाली चेली सरिताले पासवानको धन्दालाई रक्सौलस्थित स्थानीय प्रहरी अधिकारीहरूले समेत सघाइरहेको आरोप लगाएकी छिन् ।
सामाजिक संस्था भन्ने बित्तिकै आपत्–विपत्, अप्ठ्यारा एवं विभिन्न प्रकोपमा परेकाहरूले सम्झने गर्छन् । सरकारप्रति भन्दा पनि सामाजिक सङ्घसंस्थाप्रति गहिरो आस्था र विश्वास जनसमुदायले लिएका हुन्छन् । केही सङ्घसंस्थाहरूबाहेक विशुद्ध सामाजिक संस्थाहरूले समाजका लागि हितकारी काम गरिरहेका छन् । अगाध विश्वास लिएर शरण परेका पीडितहरूलाई रक्षा गर्नुको साटो आपैंm भक्षक बनी थप पीडा दिने कार्यले सामाजिक संस्थाप्रतिको जनविश्वासमा आघात पारेको छ । हुनत महिला दलित जनकल्याण संस्था सामाजिक संस्थाको नाममा गठित असामाजिक तत्त्वहरूको संस्था रहेछ भन्ने कुरा पुष्टि भएको छ । तर सामाजिक संस्थाहरूको सञ्जालमा त्यस संस्था छ र हिजोका दिनमा विभिन्न सामाजिक संस्थाहरूसँग उसले सहकार्यसमेत गरेको छ ।
सुमन पासवान र उसको संस्थाविरुद्ध अहिलेसम्म लिखित उजुरी नपरेको बताइएको छ । उजुरीका लागि पीडितको मुख ताकेर बस्ने हाम्रो परम्परा छ । दोषीविरुद्ध कारबाई गर्ने र सामाजिक संस्थाको विश्वास र पहिचानलाई अझ उँचो पार्नका लागि वीरगंज र रक्सौल क्षेत्रका सामाजिक संस्थाहरूका लागि राम्रो मौका छ । त्यसको निम्ति जाहेरी दिन पीडितको मनोबल बढाउन र कारबाईका निम्ति सम्बन्धित पक्षलाई दबाब दिन सामाजिक संस्थाहरू अग्रसर हुन सक्नुपर्छ । अर्को पक्षबाट हेर्दा नेपाल–भारतबीचको आत्मीय एवं सुमधुर जनसम्बन्धलाई बिगार्ने किसिमका कार्य गर्ने पासवान र तिनका संस्थालाई कडा कारबाई गर्नका लागि यस्ता कलड्ढहरू जन्मने दुस्साहस नगरून् । अझ अगाडि भन्ने हो भने नेपाल–भारतका सरकार तथा सरकारी अधिकारीहरूले दोषीलाई कारबाई गर्न तत्परता देखाउनुपर्छ । रक्सौलका प्रहरीहरूसमेत मुछिएका कुरा आइसकेको छ । निष्पक्ष छानबिन हुनुपर्छ । सुरक्षा स·ठनको छवि धूमिल पार्न खोज्नेहरूलाई कठघरामा उभ्याउन सक्नुपर्छ । जाहेरीलाई पर्खेर बस्ने हो भने अपराधी उम्कन सक्छन् र प्रमाणहरू मेटाउन सक्छन् । घटनाको प्रकृति एवं पीडितको बयानको आधारमा प्रहरी प्रशासनले कारबाई चलाउन सक्छन् । त्यो अधिकार र विवेक प्रयोग गर्न पर्सा र रक्सौलस्थित प्रहरी प्रशासनका असल अधिकारीहरूले विलम्ब गर्नुहुन्न ।