$type=ticker$count=12$cols=4$cate=0

लाल सलामसहित अलबिदा क. गणेश सर्राफ

SHARE:

- बालगोपाल थापा  
 मिति २०६९ साउन गते गणेश सर्राफले यस भौतिक संसारबाट बिदा लिनुभएको समाचारले मलाई सारै स्तब्ध तुल्यायो । म आफैं पनि बिरामी भई वीरगंजको आइसियुबाट स्थानान्तरण भई काठमाडौंस्थित ‘ब्लू क्रस’ अस्पतालको आइसीयुबाट दुई दिनपश्चात् जेनरल बेडमा सुतिरहेको थिएँ । त्यति बेला नै क. गणेश सर्राफको शोक समाचारले मेरो मन–मस्तिष्कमा थुप्रै कुराहरू चलचित्रझैं खेलिरहयो । तर मेरो बाध्यता भनेको गणेश सर्राफको अन्तिम यात्रामा सहभागी हुन नपाउनु र अन्तिम लाल सलाम दिन नपाउनु थियो । यसै दु:खको पीडाबोध गर्दै आफ्ना यिनै दुई शब्दमार्फत् अन्तिम लाल सलामको श्रद्धासुमन चढाउन चाहन्छु ।
    गणेश सर्राफसँग मेरो कम्युनिस्ट आन्दोलनको सहयात्रा २०४६ सालको जनान्दोलनपछि शुरु भएको हो । यसो त मेरो र उनको उमेरबीच १९/२० वर्षको फरक भए तापनि कम्युनिस्ट आन्दोलनमा उनी म जतिकै जोशिलो, सक्रिय र जिम्मेवार भएको पाएँ । गणेश सर्राफ २०३४ सालमैं नेपाल कम्युनिस्ट पार्टी
(मानन्धर समूह)को सदस्यता लिएर कम्युनिस्ट पार्टीमा क्रियाशील थिए । तत्कालीन निरङ्कुश पञ्चायती शासनकालमा कम्युनिस्ट पार्टीको सदस्य बन्नु र जनताप्रति समर्पित हुन खोज्नु कम जोखिमपूर्ण थिएन । तराईको स्वर्णकार जातिमा जन्म भई सुन, चाँदीको व्यापार गर्दै मध्यम वर्गमा हुर्किएका गणेश सर्राफले आफूलाई कम्युनिस्ट आन्दोलनमा समर्पित गर्नु कम साहसिलो थिएन । जनताको सेवालाई नै प्रधान उद्देश्य मानी निरङ्कुश पञ्चायती कालमा २०२२ साल देखि २०३४ सालसम्म वीरगंज उपमहानगरपालिकाको तीनपटकसम्म लगातार वडा अध्यक्षमा विजयी भई जनसेवामा कार्यरत गणेश सर्राफ पञ्चायतकालदेखि नै वामपन्थीहरूको सम्पर्कमा रही आर्थिक तथा भौतिक सहयोग गर्दै आएका थिए । २०३४ सालमा क.विष्णु मानन्धरबाट नेपाल कम्युनिस्ट पार्टीको सदस्यता प्राप्त गरी नेपाल कम्युनिस्ट मानन्धर समूहको पर्सा जिल्ला कमिटीको सदस्य भई कम्युनिस्ट आन्दोलनमा क्रियाशील रहे । यसै क्रियाशीलताको कारण २०४६ सालमा उक्त पार्टीको जिल्ला कमिटीको अध्यक्ष भई काम गर्न थाले । २०४६ सालको जनान्दोलनमा संयुक्त वाममोर्चाको एक सदस्य भई आन्दोलन सफल पार्न महत्त्वपूर्ण भूमिका निर्वाह गरे । संयुक्त वाममोर्चाको सदस्य भई उनी विस्तारै नेकपा एमालेप्रति आकर्षित भए र २०४९ सालमा उनले नेकपा एमालेमा प्रवेश गरे । नेकपा एमाले प्रवेश गर्ने श्रेय नेकपा एमालेको तत्कालीन जननेता स्व. मदन भण्डारी र एमालेको कार्यक्रम ‘जनताको बहुदलीय जनवाद’लाई छ । एमाले प्रवेश पछि नै उनको वास्तविक क्रान्तिकारी जीवन प्रारम्भ भएको हो । किनभने त्यसपछि एमालेको प्रत्येक धारणा, जुलुस, आन्दोलन, प्रजिअ कार्यालय घेराउ, एस.पी.कार्यालय घेराउ, कालो झन्डा प्रदर्शनमा सक्रिय सहभागी हुँदै उनले एमालेको क्रान्तिकारी जीवन यात्रा प्रारम्भ गरे । एमालेको सदस्य भई जिम्मेवारी लिने क्रममा उनी नेकपा एमाले पर्सा जिल्ला कमिटीको सल्लाहकार समितिको अध्यक्ष, मदन आश्रित भवन निर्माणको कोषाध्यक्ष एवं आर्थिक विभागको सदस्य भई जिम्मेवारी निर्वाह गरे । २०५२/१२/१४ गतेदेखि पर्सा जिल्ला स·ठन कमिटीको सदस्य र आर्थिक कमिटीको सदस्य भई जिम्मेवारी निर्वाह गरे । यस अतिरिक्त सरकारी तथा गैरसरकारी प्रतिष्ठानमा समेत भूमिका निर्वाह गर्ने गणेश सर्राफ एमनेस्टी इन्टरनेशनल ग्रुप सोर्‍हको संस्थापक सदस्य रही उपाध्यक्षसमेतको जिम्मेवारी निर्वाह गरे । उनले नारायणी उपक्षेत्रीय अस्पतालका अध्यक्ष, माईस्थान सञ्चालक समितिका उपाध्यक्ष, गीता मन्दिर सञ्चालक समितिका सदस्य, नेपाल सोभियत मैत्री सङ्घका सदस्य र नेपाल रूस मैत्री सङ्घको सदस्यको जिम्मेवारी सम्हाले । गणेश सर्राफलाई नेकपा एमालेले स्थानीय निर्वाचन २०४९ मा वीरगंज उपमहानगरपालिकाको उपमेयरको प्रत्याशी बनाएको थियो ।         यतिका जिम्मेवारी सम्हाल्दै आएका गणेश सर्राफको जन्म सनफुल देवी सर्राफको कोखबाट १९९५ साल पौष महिनामा भएको थियो । वीरगंजको त्रिभुवन हनुमान हाई स्कूलबाट दशौं कक्षासम्म शिक्षा प्राप्त मध्यम परिवारमा जन्मेका गणेश सर्राफको वैवाहिक जीवन यात्रा २०१५ सालमा शुरु भयो । पत्नी, ३ छोरा १ छोरी रहेका गणेश सर्राफका पिता स्व. शिवशड्ढरप्रसाद सर्राफ थिए । उनी आफ्ना समकालीन प्रमुख मित्रहरूमा क. बिकाउ गिरी, क. नीलाम्बर आचार्य र क. विष्णु मानन्धरलाई सम्झन्थे । उनी आफ्ना जीवनको सबैभन्दा दु:खपूर्ण घटना नेकपा एमालेको सरकारलाई अदालतको गैरसंवैधानिक फैसलाबाट राजीनामा गराएको क्षण र मदन भण्डारी एवं जीवराज आश्रितको षडयन्त्रपूर्वक जीप दुर्घटना मान्दथे । जीवनको सबैभन्दा रोमाञ्चक घटना तथा रमाइला क्षणहरू सम्झनुपर्दा नेकपा एमालेको बहुमतको सरकार, नौ महिने शासनकालमा एमालेप्रति जनसमर्थनको लहर, जनमानसको मस्तिष्कमा रहेको कम्युनिस्ट पार्टीको भ्रमपूर्ण भयबाट मुक्ति, विधवा भत्ता, वृद्ध भत्ता, आफ्नो गाउँ आफैं बनाउँ मान्दथे । प्रेरक तथा आदर्श व्यक्तिको रूपमा उनी स्व. मदन भण्डारी, माधव नेपाल, कृष्णप्रसाद भण्डारीलाई मान्दथे । पार्टीलाई सुझाव दिने क्रममा स्वच्छ एवं चरित्रवान व्यक्तिलाई मात्र पार्टी सदस्यता दिनुपर्ने, अवसरवादबाट सावधान हुनुपर्ने र अवसरवादीहरूलाई पार्टीबाट पन्छाउनुपर्ने मान्यता र आदर्श बोकेका गणेश सर्राफ आज हामीबीच छैनन् ।
    कम्युनिस्ट आन्दोलनको सहयात्रीको रूपमा मैले सम्झिनुपर्दा दुई दशक अघिको गणेश सर्राफलाई पाउँदा हामी तत्कालीन एमालेका सबैजसो कार्यकर्ताहरूको मनमस्तिष्कमा एउटै प्रश्न आउँथ्यो, गणेश सर्राफ एकजना व्यापारी, त्यसमा पनि दशै औंलामा विभिन्न रत्न पत्थरजडित औंठीहरू पहिरन, घाँटीमा मोटा–मोटा सुनको सिक्री कसरी कम्युनिस्ट हुन सक्छ ? तर हाम्रा ती सोचहरू गलत थिए । किनभने कम्युनिस्ट भनेको त विचारले र व्यवहारले प्रमाणित गर्ने कुरा हो ।
    त्यसैगरी सहयात्राको क्रममा उनको विचार, व्यवहार र हामीभन्दा जेठो कम्युनिस्ट आन्दोलनको इतिहास बोकेका गणेश सर्राफ कहिले पनि पद, प्रतिष्ठा, अवसर, अर्थको लोभमा परेनन् । सदैव निस्स्वार्थ भावले पार्टीप्रति समर्पित, पार्टीको निर्णयप्रति वफादार, जनसेवा प्रति सदैव क्रियाशील रहे । गणेश सर्राफले आफ्नो सम्पूर्ण जीवनकाल कम्युनिस्ट आन्दोलन, जनता र राष्ट्रका लागि पुर्‍याउँदै आएको योगदानलाई कदर गर्दै म अन्तिम लाल सलामको भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्न चाहन्छु । अलविदा क.गणेश सर्राफ १
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : लाल सलामसहित अलबिदा क. गणेश सर्राफ
लाल सलामसहित अलबिदा क. गणेश सर्राफ
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2012/08/blog-post_2086.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2012/08/blog-post_2086.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy