– उमाशङ्कर द्विवेदी ‘दधीचि’
नेपाली साहित्यका प्रखरचेता स्रष्टा निर्मोही व्यासद्वारा लिखित “साँचेको सम्झना” नामक संस्मरणसङ्ग्रह साझा प्रकाशनले हालसालै प्रकाशित गरेको छ । बहुमुखी प्रतिभाका धनी निर्मोही व्यासका यसअघि बेहुली अन्माएको घर
(कवितासङ्ग्रह), सरिता (काव्य), एलबमका पानाहरू (उपन्यास), नौ पाइला (यात्रासंस्मरण), स्वयम्भूका आँखाहरू
(कथासङ्ग्रह), ठोरीको एलबम
(यात्रासंस्मरण), झलझली आँखामा
(यात्रासंस्मरणसङ्ग्रह), सम्भवामि युगे युगे (संस्मरणसङ्ग्रह), सेरोफेरो सबै मेरो (यात्रासंस्मरणसङ्ग्रह) जस्ता साहित्यिक कृतिहरू विभिन्न प्रकाशनबाट पूर्वप्रकाशित छन्। सद्य: प्रकाशित “साँचेको सम्झना” मा गरिमा, मधुपर्क, समकालीन साहित्य, नवप्रज्ञापन, शब्दयात्रा, प्रतीक, द बड, दायित्व, मिर्मिरे जस्ता नेपाली साहित्यिक पत्र पत्रिकाहरूमा समयसमयमा प्रकाशित पन्ध्रवटा संस्मरणहरू सँगालिएका छन्। यो सङ्ग्रह संस्मरण विधाका क्षेत्रमा कोशे ढुङ्गाको रूपमा देखापरेको छ। मृत्यु–ईष्र्या, अतिथि देवो भव, मायालु सम्झना, बाँदर–भालूको नाच, प्लास्टरको पीडा, क ख ग घ ङ, एक सिसी पानी महाकालीको, रित्तिन सकूँ म, कानुनबमोजिम, एकादेशको एउटा कथा, घुम्तीहरूमा, कलैया–काठमाडौं–कञ्चनपुर, पुलिसको फन्दामा, ...ज्यान प्यारो ?,देवकोटा, कलैया र म शीर्षकमा लेखिएका आत्मपरक संस्मरणहरू साहित्य संस्कृति, यात्रा, बाल्यस्मृति आदि विविध विषय–प्रसङ्गमा केन्द्रित रहेका छन्। रोचक, रसमय, भावात्मक एवं रागात्मक प्रस्तुति तथा काव्यात्मक भाषा शैलीमा सृजित यी संस्मरणहरूमा व्यासजीको विशुद्ध मानवतावादी दृष्टिकोण र प्रखर राष्ट्रप्रेम मुखरित छ । त्यस्तै यिनमा सामाजिक, सांस्कृतिक, राजनैतिक क्षेत्रमा व्याप्त विसङ्गति–विकृतिको पर्दाफास गरिएको छ। यी संस्मरणहरू यथार्थपरक एवं कलात्मक छन् र लेखकीय इमानदारिताले ओतप्रोत रहेका छन्। अतिथिदेवो भव, मायालु सम्झना, एक सिसी पानी महाकालीको, देवकोटा, कलैया र म, बाँदर–भालूको नाच, रित्तिन सकूँ म, एकादेशको एउटा कथा लगायतका संस्मरणहरू विशेष संवेद्यसमेत रहेका छन्। यी मध्ये पनि मायालु सम्झना विशेष स्मरणीय छ। कथा, कविता, उपन्यास र निबन्ध आदि विभिन्न साहित्यिक विधाहरूमा कलम चलाए पनि व्यासज्यू विशेष गरेर नियात्रा तथा संस्मरणात्मक निबन्ध सृजनमा खप्पिस हुनुहुन्छ। मानवीय संवेग र करुणाको सम्प्रेषण तथा भावपूर्ण अभिव्यक्तिमा उहाँ विशेष दखल राख्नुहुन्छ। भाषासंयोजनमा रोचकता र मीठो नेपाली लेखनमा व्यासज्यूलाई भैरव अर्यालपछिका सशक्त स्रष्टाका रूपमा म मान्दछु। उहाँका लेख–रचनाहरूमा देशप्रेमको भावना उत्तरोत्तर शीर्षस्थानमा उक्लिएको पाइन्छ। “एक सिसी पानी महाकालीको” भन्ने रचनामा यसको विहङ्म चित्र देख्न सकिन्छ–“...महाकाली नदीको वारिकिनारमा शारदा बाँधमाथि आफ्नै नेपाली भूभागमा पनि भारतीय सशस्त्र प्रहरीहरूको निर्लज्ज कज्याइँले गर्दा निरीहभावले उभिनुपरेकोमा साह्रै साह्रै साह्रै दुख्यो सहयात्री साथीहरूकै सरह मेरो पनि अखण्ड राष्टवादी नेपाली मन। मन दुख्ने त संवेदनशीलहरूकै न हो। त्यसपछि म भावावेगमा बाँधबाट तल ओलें र हुर्रिंदै पुगें महाकालीको पानी चुम्न। र खल्तीबाट सिसीे झिकेर त्यसमा भरी हुनेगरी पानी भरें आफ्नो भएर पनि दिनानुदिन बिरानो तुल्याइँदै जान लागेको प्यारो महाकालीको। म पानी लिएर माथि तीरमा उहाँहरूसित मिसिन आएपछि सहयात्री मित्रहरूले सोध्नुभयो– “साँची, निर्मोहीजी – के गरेको यो तपाईंले ?” म भरी भएर छचल्किएँ –“केही वर्षअघि भद्रपुर गएको बेला मैले त्यहाँबाट एउटा सिसीमा मेचीको पानी भरेर ल्याई घरमा राखेको छु। अब अहिले यस सिसीमा महाकालीको पानी भरेर ल्याएँ। घर पुगेपछि मेची र महाकाली दुबैको पानीलाई एउटै सिसीमा मिसाएर मेची र महाकालीको आफ्नो प्यारो नेपाललाई अक्षुण्ण रूपले आफ्नो घरमा सजाएर राख्छु। अनि हेरौं त कसले टुक्रयाउन सक्तो रहेछ म बाँचुल्जेल मेरो प्यारो नेपाललाई ? म यसरी घरमा सधैं नै अनुभूत गर्न चाहन्छु आफ्नो प्यारो अखण्ड नेपाललाई। मैले परार एक सिसी पानी भरेर ल्याएको मेचीको त्यो भाग त गुमि नै सक्यो मेरो देशबाट, अब महाकालीको पनि यस्तो ताल छ भने महाकालीको यो एक सिसी पानी पनि मेरो भागमा पर्ने छैन, त्यसैले.....” मेरो यस भावाकुल अभिव्यक्ति सुनेर सम्पूर्ण सहयात्री मित्रहरू भक्कानिनुभयो ।.....
भारतीय भुस्तिघ्रेहरूको बलमिचाइले र नेपालका शासक भनाउँदा सरमछाडा, हुतीहारा र जनताको रगत–पसिनामारा धुन्धुकारीहरूको लबस्तर्याइँले गर्दा ँत्यताको (समेत) हजारौं हेक्टर नेपाली भूमि लुटिएर–लुछिएर अजिङ्गरको हन्तकाली हाब्रोमा स्वाहा भएको उही कटुतम यथार्थसितको असहनीय साक्षात्कार, अझै दिनानुदिन झन् झन् वरवर सारिंदै, ढालिंदै र बेपत्ता समेत पारिँदै गएका असङ्ख्य असङ्ख्य जङ्गेपिलरहरूमा आफ्नै मन–मुटु–कलेजाको उकुच पल्टिएको घाउ, दुब्लाएर ख्याउटे भएकी महाकालीको कन्तबिजोग, भारतीय नहरको हाँडीघोप्टे भँुडीमा उर्लिरहेको कञ्चन समुद्र र नेपाली नहरको ठन्डाराम आँतमा उर्लिरहेको काकाकुली तिर्खा। स्थानीय सहयात्रीहरूले सुनाएको “टनकपुरे नेपाली गाउँघरका बस्तुभाउ पानी खान महाकालीमा झरे भारतीय सुरक्षाकर्मीहरूले तिनलाई गोली हान्ने गरेको” प्रसङ्ग र त्यसमाथि लुम्सालीजीले थपेको “यहाँ नेपालीले चिता पखाल्न समेत पानी पाउँदैनन्” भन्ने संवाद सुन्दा मेरा आँखामा झल्झली झल्झलाएर आयो ठोरीका निरीह नेपालीको पीडा। हो, यस्तै पीडा, काटीकुटी यही पीडा। पानी लुिटने, अन्नबाली लुिटने, जग्गाजमिन लुिटने, वनका काठपात लुटिने, बगरका ढुङ्गाबालुवा लुटिने, गोठका बस्तुभाउ लुटिने, विद्यालय गएका बच्चाबच्ची लुटिने, घाँसदाउरा र मेलापात गएका छोरीबुहारी लुटिने, गोठाला र खेताला गएका भाइछोरा लुिटने र अझ ताक परे गाउँघरका सबैको जीउज्यानै समेत लुिटने। अनि रन्थनिनुबाहेक, थिल्थिनुबाहेक, बलकबलक बल्कनु–पाक्नु, उफ्रनु र छचल्किनु–पोखिनुबाहेक अरू के चाहिं हुन्थ्यो त नि यहाँ, यता मेरो मन १ हाम्रो मन १
यसरी त्यस दिन हामी ब्रह्मदेवमण्डीको ब्रह्मस्वहरण र लामो समयदेखि टन्टैटन्टाले टन्टनाइरहेको टनकपुरको दर्दपूर्ण दर्शनबाट अघिल्लो दिन गड्डाचौकीदेखि शारदाबाँधसम्मै भक्कानिए जस्तै गरी पुन: घनघोरसित भक्कानिंदै आमाको अस्मिताको चीरहरण र बाबुको स्वाभिमानको शिरच्छेदनको दारुण दृश्यले अमिलिंदै र कोक्किंदै अनि महाकालीपारिका नेपाली गाउँहरू दोधारा र चाँदनीको झन् महादुर्दशाको दुर्दान्त पीडाले हिरिकहिरिक हुँदै आफ्नो मुटु–कलेजो कञ्चनपुरमै छाडी रित्तो तन र रित्तो मन लिएर काठमाडौं फर्कियौं ।”