प्रस, निजगढ, ११ भदौ/
सामुदायिक वन क्षेत्रको बोट बिरुवालाई संरक्षण गर्न काँडे तारले घेराबार गरेपनि वन क्षेत्र चरिचरन बनेको छ । वन समूहबाट रेखदेखसँगै तारबार मरम्मत गर्न सामुदायिक वन उपभोक्ता समूहले चासो नदेखाएपछि दर्जनौं गाईवस्तु निषेधित वन क्षेत्रभित्र चर्ने गरेका छन् । यसरी गाईवस्तु चर्ने गरेपछि हुर्कंदो बोटबिरुवाको पात खाई दिने र साना बिरुवा कुल्चेर नष्ट हुने गरेका छन् ।
केही महिनाअघि बाराका अधिकांश सामुदायिक वन समूहले वन क्षेत्रका बोट बिरुवा संरक्षण गरी हरियाली बनाउन काँडेतार लगाई घेराबार गरेका छन् । तर मरम्मत सम्भारमा भने चासो दिएका छैनन् । बदलिंदो राजनीतिक तरल अवस्था, चोर तस्करहरूको उच्च मनोबलका कारण वन कर्मचारीबाट मात्रै राष्ट्रिय वन क्षेत्र सुरक्षित राख्न नसक्ने भएपछि राज्यले स्थानीय समुदायलाई वन क्षेत्र सुरक्षित गर्न–गराउन सामुदायिक, साझेदारी वन समूह, समिति गठन गरी हस्तान्तरण गरिदिएको हो ।
तर तराईका केही वन कर्मचारी, सामुदायिक वन समूह, साझेदारी वन समितिकै पदाधिकारीहरूको मिलेमतोमा ठूलो परिमाणमा काठ, गोलाइ तस्करी हुने गरेपछि डेढ/दुई वर्षदेखि राज्यले कडाइ गरिरहेको छ । बाराका केही वन समूहले तार घेराबार गरी आफ्नो वन क्षेत्र संरक्षण गर्दै हरियाली बनाए पनि केही वन समूह भने संरक्षण गर्न अझै सक्रिय छैनन् । जिल्ला वन कार्यालय बारा र मातहतका इलाका वन कार्यालयहरू रहेपनि वन क्षेत्र सुरक्षित गर्न गराउन लाखौं आर्थिक खर्च गरेको लगाइएको घेराबारभित्रै दर्जनौं गाईवस्तु चरिचरन गरिरहँदा पनि बेखबर बन्ने गरेका छन् ।
राज्यको निर्देशनअनुरूप नियमनकारी निकाय जिल्ला वन कार्यालय बाराले आफ्ना उपभोक्ताहरूलाई काठ दाउरा उपलब्ध गराउन सामुदायिक वन समूहमाथि कडाइ गरेपछि सामुदायिक वन समूहका जिम्मेवार पदाधिकारीहरू अतासिएका छन् । स्थानीय उपभोक्तालाई गुमराह पार्दै ठेकेदारसँग साठगाँठ गरी संस्थागत रूपमा सामुदायिक वन उपभोक्ता समूहमा बसी रकम कमाउने सोचमा पद सम्हाल्नेहरू अहिले बेचैन भएका छन् । कार्ययोजनाअनुसार स्थानीय उपभोक्ताहरूलाई सहजरूपमा सामुदायिक वन समूहले काठ, गोलाइ उचित दररेटमा उपलब्ध गराएपछि काठ चोरी तस्करी घटेको छ ।