प्रस, पथलैया, १२ साउन/
सशस्त्र प्रहरीको एपिएफ क्लब र नेपाल पुलिस क्लब चौधौ राष्ट्रिय एनसेल महिला फूटबलको उपाधिका लागि शनिवार प्रतिस्पर्धा गर्दैछन् । सिमरा र·शालामा अपराह्न तीन बजे दुई विभागीय टिमबीच प्रतिस्पर्धा हुन लागेको हो ।
राष्ट्रिय स्तरको प्रतियोगितामा दुई टिमबीच दोस्रोपटक भेट हुन लागेको हो । यसअघि नवलपरासीमा सम्पन्न राष्ट्रिय महिला फूटबलको तेर्हौ संस्करणमा पनि यी दुई टिम फाइनलमा पुगेका थिए । तेर्हौं संस्करणमा एपिएफले पुलिसलाई १–० ले पराजित गरेको थियो ।
चारपटक लगातार राष्ट्रिय महिला फूटबलको उपाधि जितिसकेको एपिएफले यस संस्करणको विजेता पनि आफ्नो टिम बन्ने दाबी गरेको छ । एपिएफका प्रशिक्षक मिलन राईले पुलिसलाई फाइनलमा दोस्रोपटक हराउँदै पाँचौंपटक उपाधि जित्ने बताए ।
एपिएफ क्लबमा १३ खेलाडी राष्ट्रिय टिमका छन् । पुलिसमा भने राष्ट्रिय टिमका तीन खेलाडी मात्र छन् । एपिएफले चन्द्रनिगाहपुरमा धनुषा, झापा र कलैलीमाथि जित हात पारेको थियो । पुलिसले पनि सिमरा र·शालामा धनकुटा, बारा र आर्मीलाई पराजित गरेको थियो ।
पुलिसका प्रशिक्षक सन्देश श्रेष्ठले भने फाइनलमा एपिएफलाई पराजित गर्ने बताए । एपिएफ राम्रो टिम हो भन्दै श्रेष्ठले आफ्नो टिम एपिएफको चुनौतीको सामना गर्न तयार रहेको बताए । उनले चौधौं संस्करणको उपाधी जित्नेमा आफू विश्वस्त रहेको बताए ।
प्रतियोगिताका विजेताले नगद तीन लाखसहित ट्रफी प्राप्त गर्नेछ भने उपविजेताले ट्रफीसहित डेढ लाखमा चित्त बुझाउने छ । प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने गोलरक्षक, डिफेन्स, मिडफिल्ड र फरवार्डलाई पनि २५ हजार पुरस्कार प्रदान गरिने छ भने उत्कृष्ट टिमका प्रशिक्षक पनि नगद २५ हजारबाट पुरस्कृत हुनेछन् । यस वर्ष प्रतियोगिताभरिकै उत्कृष्ट एक खेलाडीलाई भने आयोजक एन्फाले स्कुटर प्रदान गर्नेछ । असार ३० गतेदेखि सञ्चालित प्रतियोगितामा २७ टिमले सहभागिता जनाएका थिए ।