प्रस, पथलैया, ११ साउन/
नेपाल पुलिस क्लब चौधौं राष्ट्रिय एनसेल महिला फूटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । सिमरा र·शालामा बिहीवार भएको सेमिफाइनल खेलमा आर्मीलाई २–० ले पराजित गर्दै पुलिस फाइनलमा प्रवेश गरेको हो ।
अत्यन्त प्रतिस्पर्धात्मक खेलमा पुलिसलाई जित दिलाउनका लागि कप्तान चन्द्रा भण्डारी र निरू थापाले समान एक–एक गोल गरेका थिए ।
खेलमा दुवै टिमले गोल गर्ने अवसर गुमाएपछि पहिलो हाफ बराबरीमा सकिएको थियो । रोमाञ्चक खेलको दोस्रो हाफमा पुलिसकी चन्द्राले गोल गर्दै टिमलाई अग्रता दिलाएकी थिइन् । उनले खेलको ५१ औ मिनेटमा गोल गरेकी थिइन् । खेलमा अग्रता लिएपछि आक्रामक खेल खेल्दै पुलिसले ८९ औ मिनेटमा दोस्रो गोल गरेको थियो । पुलिसको गोल अन्तर बढाउने क्रममा निरू थापाले बललाई जाली चुमाएकी थिइन् ।
खेलको दोस्रो हाफमा केही अवसर बनाएको आर्मीले खेलको ६७ औ मिनेटमा गोल फर्काएपनि रेफ्रीले उक्त गोललाई फल घोषित गरेका थिए । कृष्णा खत्रीले गोल गरेपनि रेफ्रीले फल दिएपछि आर्मी स्तब्ध बन्न पुगेको थियो । आर्मीले खेलको समाप्तिपछि रेफ्रीको उक्त निर्णयप्रति असन्तुष्टि जनाएको थियो ।
प्रतियोगिताको अन्तिम दुईमा पुगेको पुलिसले उपाधिका लागि शनिवार एपिएफसँग प्रतिस्पर्धा गर्नेछ । एपिएफ कैलालीलाई हराउँदै फाइनलमा पुगिसकेको छ । १३औ संस्करणको विजेता र उपविजेताबीच फाइनल प्रतिस्पर्धा रोमाञ्चक हुने आशा गरिएको छ ।